Sunday, October 25News That Matters

Banner News 2

खोटाङका १८ हजार बालाबालिकाले लगाए मोडर्ना खोप

खोटाङका १८ हजार बालाबालिकाले लगाए मोडर्ना खोप

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २८ । खोटाङका करिब १८ हजार बालाबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । पुस १८ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका १२ वर्षदेखि १७ वर्षसम्मका करिब १८ हजार बालबालिकाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । दुई नगरपालिका र ८ गाउँपालिका गरी दश स्थानीय तह रहेको यस जिल्लामा रावाबेसी, खोटेहाङ, दिप्रुङचुइचुम्मा, वराहपोखरी, साकेला, ऐँसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा १८ गतेदेखि २१ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । यस्तै जन्तेढुंगा र केपिलासगढी गाउँपालिकामा पुस १९ गतेदेखि २२ गतेसम्म र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१ गतेदेखि २३ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । सबै स्थानीय तहले विद्यालयमै बालबालिकालाई खोप लगाएका हुन । मोडर्ना खोपको पहिलो मात्रा लगाएका ती बालबालिक...
भ्रष्टाचार र कालोबजारी विरुद्ध एमाले खोटाङ सशक्त रूपमा प्रस्तुत हुने

भ्रष्टाचार र कालोबजारी विरुद्ध एमाले खोटाङ सशक्त रूपमा प्रस्तुत हुने

Banner News 2, ताजा अपडेट, राजनीति, समाज, स्थानीय
खोटाङ, पुस २५ । नेकपा एमाले खोटाङले भ्रष्टाचार र कालोबजारी विरुद्ध सशक्त आवाज उठाउने भएको छ । आज दिक्तेलस्थित होटल शुभदिनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी जिल्ला सचिव कुमार आचार्यले पार्टीको नवनिर्वाचित कमिटीले भ्रष्टाचार र कालोबजारी विरुद्ध आवाज बुलन्द पार्ने बताउनुभएको हो । कार्यक्रममा सचिव आचार्यले २३औँ जिल्ला अधिवेशनले सर्वसम्मत पारित गरेका प्रतिवेदनहरू सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नको एमाले केन्द्रीय सदस्य उषाकला राई र जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जवाफ दिनुभएको थियो । दिक्तेल माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा हिजो सम्पन्न पार्टीको २३औँ जिल्ला अधिवेशनमा रामप्रसाद दंगालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, कुमार आचार्यले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन, दीपनारायण रिजालले प्रस्तुत गर्नुभएको ‘खोटाङ जिल्लाका समृद्धिका आधार...
नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचर्य

नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचर्य

Banner News 2, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २४ । नेकपा एमाले जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा राम प्रसाद दंगाल निर्वाचत हुनु भएको छ । शुक्रबारबाट दिक्तेल स्थीत माटिकोरे कर्भडहलमा सुरु भएको सातौँ जिल्ला अअधिवेशनले आज दंगाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै समितिको उपाध्यक्षमा देवबिक्रम राई, सचिवमा कुमार आचर्य, उपसचिवमा दिपनारायण रिजाल र सुरेन्द्र कुमार राई सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा एमाले खोटाङले जनाएको छ । एमालेको सातौँ जिल्ला अधिवेशनको प्रमुख अतिधिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियलका प्रमुख सचेतक विशाल भट्टराई, बिशेष अतिथिमा केद्रिय सदस्य एवं जनसांस्कृतिक महासंघका इञ्चार्ज खगेन्द्र राई, केन्द्रिय सदस्य एवं खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल र केन्द्रिय सदस्य एवं पुर्व प्रदेश सामाजिक विकास मन्त्री उषाकला राईको उपस्थीती रहेको थियो । अधिवेशनमा जिल्ला भरीका १ हजार प्रतिनिधिसँगै कर...
महिला घर बाहिर हिड्न सक्ने अवस्था अझै छैन, एमाले केन्द्रिय सदस्य राई

महिला घर बाहिर हिड्न सक्ने अवस्था अझै छैन, एमाले केन्द्रिय सदस्य राई

Banner News 2, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २३ । नेपालमा अझै पनि महिलालाई घरबाट बाहिर निस्केर हिड्न सक्ने अवस्था नरहेको एमालेको केन्द्रिय सदस्य एवं पुर्व सामाजिक विकास मन्त्री उषाकला राईले बताउनु भएको छ । नेकपा एमालेको सातौँ खोटाङ जिल्ला अधिवेशनको खुल्लासत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । देशमा धेरै परिर्वतनहरु भएपनि महिलामाथी हुने हिंसा अझै बढ्दै गएको उहाँको टिप्पणी छ । जातीय छुवाछुतको नाममा मान्छेले मान्छे भएर बाच्ने अवस्था नेपालमा अझै पनि सृजना नभएको उहाँको भनाई छ । समाजमा कायम रहेका यस्ता कुसंस्कार, विकृति र विसङगतिलाई जरै देखि उखलेर फाल्न र देशमै रोजगारीको सृजना गर्न नेपालमा एमाले पार्टीले मात्र सक्ने नेतृ राईले बताउनुभयो ।...
कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती

कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले शिक्षकहरूको हिउँदे बिदा ७ दिन कटौती गरेको छ । कोभिड–१९ का कारण चालुु शैक्षिक सत्रमा विद्यालयहरू समयमा खुलाएर पठनपाठन सुचारु गर्न नसकिएकाले उक्त समय पुर्ताल गर्न बिदा कटौती गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिनुभयो । कोभिडका कारण शिक्षा क्षेत्रमा भएको अपूरणीय क्षतिलाई मध्यनजर गरेर शिक्षकहरूले नियामानुसार पाउने १५ दिने हिउँदे पुरै बिदा दिन नसकिएको उहाँको भनाइ छ ।  अत्यधिक चिसो बढेपछि बालबालिकालाई पठनपाठनमा असहजता पैदा भएको भन्दै गाउँपालिकाले आज एक सूचना जारी गरेर आजदेखि माघ १ गतेसम्म गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । हेर्नुहोस् गाउँपालिकाले जारी गरेको सूचना...
जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । जिल्ला प्रशासन कार्यालय खोटाङले सशस्त्र द्वन्द्व र माओवादी जनआन्दोलनको क्रममा घाइते तथा अपांगता भएका व्यक्तिहरूको निवेदन माग गरेको छ । गृह मन्त्रालयको परिपत्रबमोजिम कार्यालयले घाइते तथा अपांगता प्रतिशत र श्रेणी निर्धारणका लागि निवेदन माग गरेको हो । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका तर हालसम्म घाइते तथा अपांगता प्रतिशत निर्धारण नभएका र साविकको घाइते तथा अपांगताको अवस्थामा हेरफेर भएका व्यक्तिले निवदेन दिन सक्ने कार्यालयले जनाएको छ । आजको मितिले तीन महिनाभित्र त्यस्ता व्यक्तिहरूले निवदेन दिन सक्ने घाइते तथा अपांगता निर्धारण एवं पुनरावलकोन सिफारिस समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । सरकारद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख भएको घाइते तथा अपांगता प्रतिशत र श्रेणीको आधारमा ...
माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । मगर जातिको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा खोटाङको वराहपोखरी गाउँपालिका–१ भञ्याङमा यो वर्ष पनि भव्य मेला लाग्ने भएको छ । मगर जातिको भाषा, कला र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ, वराहपोखरी गाउँपालिकाले यही माघ १ गते मेला आयोजना गरेको हो । सो अवसरमा सामूहिक मौलिक नृत्य र खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा प्रदेश नं १ का सांसद नारायणप्रसाद बुर्जा मगरको प्रमुख र नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज थापा मगरको विशेष आतिथ्यता रहने नेपाल मगर संघ खोटाङका सह–सचिव प्रकाश खपांगी मगरले जानकारी दिनुभयो । उहाँका अनुुसार भलिबल प्रतियोगिता पुस २९ र ३० गते र सामुहिक नृत्य प्रतियोगिता माघ १ गते सञ्चालन हुनेछ भने मेलाको मुख्य दिन माघ १ गते मगर जातिको मौलिक नृत्य हुर्रासहितका जातीय पहिचान झ...
प्रेस चौतारी खोटाङको जिल्ला अधिवेशन पुस २४ गते

प्रेस चौतारी खोटाङको जिल्ला अधिवेशन पुस २४ गते

Banner News 2, ताजा अपडेट
खोटाङ, पुस २१ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा खोटाङको पाँचौँ जिल्ला अधिवेशन पुस २४ गते हुने भएको छ । मंगलबार बसेको बैठकले जिल्ला अधिवेशन पुस २४ गते सदरमुकाम दिक्तेलमा गर्ने निर्णय गरेको हो ।
खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । खोटाङमा लामो समयसम्म विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटिएको छ । ५ हजार बढी बक्यौता तिर्न बाँकी रहेका र दुई महिनासम्म महसुल नतिरेका दिक्तेलबजार क्षेत्रका ती ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । आइतबार लाइन काटिएकामध्ये ८ जना ग्राहकले ४० हजार ७ सय २ रुपैयाँ बक्यौता रकम तिरेपछि पुनः लाइन जडान गरिएको छ । लाइन काटिएका अन्य ९ ग्राहकबाट अझै ८३ हजार ५ सय २२ रुपैयाँ ७१ पैसा महसुल उठ्न बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । महसुल असुली अभियान निरन्तर जारी रहने भएकाले बेलैमा बक्यौता तिरेर ग्राहक अनुशासन कायम गर्न पनि केन्द्रले आग्रह गरेको छ ।...
जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १७ । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित हुनु भएको छ । संघको चौथो अधिवेशन एवं साधारण सभाले आज चाहारको अध्यक्षतामा ११ सदस्सीय पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दिपेन्द्र राई, कोषाध्यक्षमा सरिता राई सर्वसम्मत निर्वाचित हुनु भएको छ । सदस्यहरुमा रघुनन्द राई, जेपि राई, पर्शुराम बिश्वकर्मा, मनोज बजिमय, गोपाल आचार्य निर्वाचित हुनु भएको छ भने अन्य दुई जना सदस्य पछि थप्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष चाहारले जानकारी दिनुभयो । यस्तै लेखा सुपरिवेक्षण समितिमा कबिकुमार राई र ध्रुव श्रेष्ठ निर्वाचित हुनुभएको छ । पुर्व जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष नुरकाजी सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाले आर्थिक बर्ष २०७८\७९ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आ.व २०७७\७८ को खर्च अनुमोदन तथा २०७८\७९ को लागि प्रस्ताबित ...