Wednesday, April 29News That Matters

Banner News 2

दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १५ : नेपाल टेलिकमले खोटाङका थप दुई स्थानमा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–८, दोर्पा र साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडामा फोरजी सेवा विस्तार गरिएको टेलिकमको खोटाङ कार्यालयका प्रमुख खगेन्द्र बलम्पाकीले जानकारी दिनुभयो । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, वुुइपा र साकेला गाउँपालिका–३, खिदिमामा पनि दसैँअघि नै फोरजी सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । सोझै प्रयोग गर्दा केही खर्चिलो हुने भएकाले डाटामार्फत फोरजी सेवा प्रयोग गर्न पनि उहाँले प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ । उच्च गतिको इन्टरनेट सेवा फोरजी विस्तारपछि नेटवर्क खोज्न डाँडाकाँडा पुग्नुपर्ने स्थानीयको बाध्यता हटेको दोर्पाका वडाध्यक्ष लिला चौहानले बताउनुभयो ।...
गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ असोज १२ : खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौँसम्म नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाएका हुन् । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नेपाली नागरिकताबाट वञ्चित साकेला गाउँपालिकाका नागरिकहरूलाई घरैमा पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताउँनु भयो । नागरिकता प्राप्त गर्नेहरुमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई रहनु भएको छ । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उहाँहरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।...
जनगणना २०७८ : खोटाङमा २० प्रतिशत घरपरिवारको सूचीकरण सकियो

जनगणना २०७८ : खोटाङमा २० प्रतिशत घरपरिवारको सूचीकरण सकियो

Banner News 2, समाचार, समाज, स्थानीय
असोज ०६, खोटाङ।  १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक चरणको तथ्यांक संकलन गर्न खोटाङमा घरघरमा सुुपरीवेक्षक परिचालन भएका छन् । भदौ अन्तिम साता दुुई दिने पुुनर्ताजगी तालिम दिएर खटाइएका ७१ जना सुुपरीवेक्षकले हालसम्म करिब २० प्रतिशत घर तथा घरपरिवारको सूचीकरण गरिसकेको जिल्ला जनगणा कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुुसार भदौ ३० गतेदेखि परिचालन गरिएका सुुपरीवेक्षकले असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरणको काम गर्ने छन् । असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या गणना गर्ने काम भइरहेको जिल्ला जनगणना अधिकारी जितबहादुर कोइराला (जेबी) ले जानकारी दिनुुभयो । यसका साथै घरको विवरण, घरमूूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपंक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायतका २० प्रश्नसमेत सुपरीवेक्षकले सोध्ने गरेका छन् । सुपरीवेक्षकले संकल...
खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङमा कोरोना बिरुद्धको थप खोप असोज ४ र ५ गते लगाईने भएको छ । ४५ बर्ष माथीका नागरिकले एस्ट्राजेनिका खोपको पहिलो मात्रा असाज ४ र ५ गते लगाउँन पाउँने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । ४५ बर्ष माथीका नागरिकसँगै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुले पनि लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस्तै १८ बर्ष माथीका बिद्यार्थीले पनि उक्त एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन सक्ने उहाँको भनाई । जसको लागि एस्ट्राजेनिका खोप ६ हजार ५ सय मात्रा जिल्ला आएको छ । खोटाङ जिल्लामा हाल सम्म कोरोना बिरुद्धको खोपको पहिलो मात्रा मात्र ३९ हजार ९ सय ८६ जनाले लगाएका छन भने २० हजार १ सय ७४ जनाले दोसो मात्राको खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।...
आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

Banner News 2, ताजा अपडेट, विचार, समाचार, समाज, स्थानीय
खोटाङ भदौ ३१ गते : खोटाङमा पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटना रोकथाम एवं न्युनिकरणको लागि स्थानीय तहले बिशेष भुमिका खेल्नु पर्ने मानव अधिकार आयोगले जनाएको छ । आत्महत्या रोकथामाको लागि स्थानीय तहले बार्षिक निति तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय दिक्तेलले पत्रचार गरेको कार्यलय प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिनुभयो । प्रमुख काफ्लेको भनाई अनुसार जिल्ला समन्वय समिति खोटाङ मार्फत स्थानीय तहहरू, जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य संघसंस्थाहरू, शिक्षा विकास तथा समन्वय इकाई मार्फत शिक्षण संघसंस्थाहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालत बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघलाई पत्राचार गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भदौ २५ गते दिक्तेलमा आ...
साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ भदौ २८ : पुर्वको पशुपती नामले परिचित त्रि–धार्मिकस्थल हलेसी मन्दिर लामो समय पछि खुला भएको छ । कोरोना भाईरस कोभिड—१९को दोस्रो लहरको कारण बैशाख १५ गतेबाट बन्द रहेको मन्दिर साडे चार महिना पछि सोमबार बाट खुला गरिएको हलेसी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । जिल्लामा कोभिड—१९को संक्रमण दर कम भएको भन्दै भदौ २७ गते बसेको (डिसिसिएमसी) को बैठकले जिल्ला भित्रका सबै धार्मिक स्थलहरु खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउँनु भयो । सोहि अनुसार हलेसी मन्दिरमा सोमबारबाट पुजाआजा सुरु गरिएको मन्दिरका ब्यवस्थापन समितिका अध्यक्ष राईले बताउँनु भयो । अध्यक्ष राईका अनुसार हप्ताको दुई दिन सोमबार र शनिबार मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । पुजाआजा खुला भएपनि कोरोना भाईरसको संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना ...
खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर महिलाको हेलीकप्टर मार्फत उद्धार

खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर महिलाको हेलीकप्टर मार्फत उद्धार

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर एक महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आज हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २९ वर्षीया तारा राईको जिल्लामा उपचार सम्भव नभएको भन्दै जिल्ला अस्पताल खोटाङले जिल्ला प्रसाशनलाई पत्र पठाएको थियो । जस अनुसार प्रसव व्यथाका कारण गम्भिर राईको हेलिकोप्टरमार्फत बिराटनगर उद्धार गरिएको उहाँले बताउँनु भयो । बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जिल्लाबाट हालसम्म १५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको जिल्ला प्रसाशन कार्यलय खोटाङले जनाएको छ ।...
नगर सभापतीमा चक्र कुमार राईद्धारा उम्मेदवारी घोषणा

नगर सभापतीमा चक्र कुमार राईद्धारा उम्मेदवारी घोषणा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतीमा चक्र कुमार राईले उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिबेसनको लागि नेता राईले आज महादेवस्थान स्थीत एक होटलमा कृयसिल सदस्य र क्षेत्रिय प्रतिनिधिहरुको उपस्थितीमा सभापतीको उम्मेदवारी घोषणा गर्नु भएको हो । नगर सभापतीमा युवा नेता राईसँगै उपसभापतीमा काशिराज राई र देबेन्द्र राई, सचिवमा कमल गिरी र किश्वर बस्नेत, सह सचिवमा खेमराज कार्की र युवराज कार्कीले पनि उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेस खोटाङ जिल्ला सभापती नरेश कुमार श्रेष्ठ, नेता बिरकाजी राई, महाधिबेसन प्रतिनिधि सुबास पोखरेल, दिनेश राई, जितेन्द्र सिं ठकुरी, नेपाली कांग्रेसका जिल्ला सदस्य समिर राई र तरुणदलका जिल्ला सभापती भिषण राई लगाएतको उपस्थिती राईको समुहले उम्मेदवारी घोषणा गर्नु भएको हो । सभापतीमा उम्मेदवारी दिनु भएका राईको समुहलाई नगरपालिकाका ७० प्र...
बराहपोखरीमा भदौ २७ बाट भौतिक उपस्थितीमा पठनपाठन सुरु हुने

बराहपोखरीमा भदौ २७ बाट भौतिक उपस्थितीमा पठनपाठन सुरु हुने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २१ गते : खोटाङको बराहपोखरी गाउँपालिकाले बिद्यार्थीको भौतिक उपस्थितीमा बिद्यालय सञ्चालन गर्ने भएको छ । आज सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले कोरोना भाईरसको कारण लामो समय बन्द रहेको बिद्यालय भदौ २७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । अहिले बराहपोखरी गाउँपालिकामा कोरोना भाईरसको सक्रिय संक्रमित सङ्ख्या शुन्य रहेको छ । यस्तै संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै गाउँपालिकाले बिद्यालयमा पठनपाठन सुरु गर्न लागेको गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ । जिल्लाको खोटेहाङ गाउँपालिकाले पठनपाठन सुरु गरिसकेको छ भने जन्तेढुंगा गाउँपालिकाले पनि भदौ २७ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।...
दिक्तेलमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यलय स्थापना, समानान्तर कमिटी समाहित

दिक्तेलमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यलय स्थापना, समानान्तर कमिटी समाहित

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
मादव नेपालको नेतृत्वमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले खोटाङमा आफ्टो पार्टी कार्यलय स्थापना गरेको छ । आज एक कार्यक्रमका बिच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको पूरानो वेसक्याममा पार्टी कार्यलय स्थापननासँगै उद्धघाटन गरेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लगायतका पार्टी प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा प्रदेश समन्वय समिति संयोजक बीरबलकाजी राईले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । उपस्थित सबैले सफलताको शुभकमना दिएका छन । एमालेको २०७२ बैशाख १०–१४ गतेसम्म भएको छैटौ जिल्ला अधिबेशनबाट निर्वाचित ५९ जना जिल्ला कमिटीमध्येबाट २३ जना नेताहरु एमालेबाट एकीकृत समाजवादीमा आएको पार्टी सचिव जलशेर राईले बताउँनु भयो । यस्तै जिल्ला अध्यक्ष बबी चाम्लिङको अध्यक्षतामा आज बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार यस अघि जिल्लामा गठीत ६७ जनाको...