Sunday, October 25News That Matters

Banner News 2

खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार नगद सहित ५ जना पक्राउ

खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार नगद सहित ५ जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ काक्तिक ८ गते : खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार २० रुपैयाँ नगद सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल हस्पिटल चोकबाट तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । दिक्तेलको हस्पिटल चोक स्थीत हरी जोशीको घरमा डेरा लिएर बस्दै आएका साकेला गाउँपालिका ५ का २७ बर्षिय हिराधन राईको कोठामा जुवा (तास) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले आज (सोमबार) राती १ बजे पक्राउ गरेको हो । तास खेलिरहेको ठाउँबाट प्रहरीले ७१ हजार २० रुपैयाँ नगद र ५२ पत्ति तास बरामत गरेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । पक्राउ पर्नेमा राई सहित, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षका बसन्त राई, सोहि नगरपा...
बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
काक्तिक ४ गते : बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन । ५० घरमा पानी पसेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन्। इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ । खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन । नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाए...
बजार अनुगमन : दिक्तेलबजारमा ४५ हजार बढीको अखाद्य सामग्री नष्ट

बजार अनुगमन : दिक्तेलबजारमा ४५ हजार बढीको अखाद्य सामग्री नष्ट

Banner News 2, समाचार, समाज, स्थानीय
२४ असोज, खोटाङ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा खोटाङ सदरमुकाम दिक्तेलबजारमा कैफियत भेटिएका अन्दाजी ४५ हजार रकम बढीको सामग्री नष्ट गरिएको छ । शुक्रबार, शनिबार र आइतबार गरिएको बजार पसल अनुगमनबाट सो रकम बराबरको उपभोक्ता हित विपरीतका सामग्री नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । अनुगमनका क्रममा सडेको, प्रतिबिन्धित, म्याद गुज्रेका र उत्पादन मिति उल्लेख नभएका सामग्री नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । जफत गरिएका केही सामग्री कारबाहीमा पर्न सक्ने देखिएकाले छानबिनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । अनगुगमनका क्रममा उपभोक्ता हित विपरीतका व्यापारिक कार्य गर्ने पसल सञ्चालकहरूलाई आगामी दिनमा गल्ती नदोहो-याउन सचेत गराइएको पनि सहायक प्रजिअ श्रेष्ठले बताउनुभयो । साथै बजार अनुगमन कार्य नियमित सञ्चालन हुने पनि उहाँको भनाइ छ । चाडपर्वको बेल...
अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)

अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)

Banner News 2, मनोरञ्जन, स्थानीय
खोटाङ असोज १८ : अदृश्य कला केन्द्रको प्रस्तुतीमा “फाटेको रुमाल” बोलको पुर्वली लोक गीत युटुवमा सार्वजनिक भएको छ । चर्चित रियालिटि सो “द भोईस अफ नेपाल तीन” की फाईनालिष्ट तारा श्रीस मगर र खोटाङका गायक कुबेर राईको आवाज रहेको “फाटेको रुमाल” आज (सोमबार) तुवाचुङ टिभि युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । कुबेर राईको संगित र एकराज दोसाँधको शब्दमा तयार भएको “फाटेको रुमाल” पुर्वेली लोक गीत किङ रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । जसको एरेन्ज राजु कार्कीले गर्नु भएको छ । पाँच वटा गीतको सफलता पश्चात छैटौँ कोसेलीको रुपमा “फाटेको रुमाल” लिएर आएको अदृश्य कला केन्द्रले यो गीतले पनि दर्सक स्रोताको मन जित्ने आशा लिएको केन्द्रका महासचिव एवं गीतका रचनाकार एकराज दोसाँधले बताउँनु भयो ।   भिडियोको लागि यो लिंकमा क्लीक गर्नुहोस http://https://youtu.be/eLdzaaydNWE...
दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १५ : नेपाल टेलिकमले खोटाङका थप दुई स्थानमा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–८, दोर्पा र साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडामा फोरजी सेवा विस्तार गरिएको टेलिकमको खोटाङ कार्यालयका प्रमुख खगेन्द्र बलम्पाकीले जानकारी दिनुभयो । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, वुुइपा र साकेला गाउँपालिका–३, खिदिमामा पनि दसैँअघि नै फोरजी सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । सोझै प्रयोग गर्दा केही खर्चिलो हुने भएकाले डाटामार्फत फोरजी सेवा प्रयोग गर्न पनि उहाँले प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ । उच्च गतिको इन्टरनेट सेवा फोरजी विस्तारपछि नेटवर्क खोज्न डाँडाकाँडा पुग्नुपर्ने स्थानीयको बाध्यता हटेको दोर्पाका वडाध्यक्ष लिला चौहानले बताउनुभयो ।...
गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ असोज १२ : खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौँसम्म नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाएका हुन् । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नेपाली नागरिकताबाट वञ्चित साकेला गाउँपालिकाका नागरिकहरूलाई घरैमा पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताउँनु भयो । नागरिकता प्राप्त गर्नेहरुमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई रहनु भएको छ । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उहाँहरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।...
जनगणना २०७८ : खोटाङमा २० प्रतिशत घरपरिवारको सूचीकरण सकियो

जनगणना २०७८ : खोटाङमा २० प्रतिशत घरपरिवारको सूचीकरण सकियो

Banner News 2, समाचार, समाज, स्थानीय
असोज ०६, खोटाङ।  १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक चरणको तथ्यांक संकलन गर्न खोटाङमा घरघरमा सुुपरीवेक्षक परिचालन भएका छन् । भदौ अन्तिम साता दुुई दिने पुुनर्ताजगी तालिम दिएर खटाइएका ७१ जना सुुपरीवेक्षकले हालसम्म करिब २० प्रतिशत घर तथा घरपरिवारको सूचीकरण गरिसकेको जिल्ला जनगणा कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुुसार भदौ ३० गतेदेखि परिचालन गरिएका सुुपरीवेक्षकले असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरणको काम गर्ने छन् । असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या गणना गर्ने काम भइरहेको जिल्ला जनगणना अधिकारी जितबहादुर कोइराला (जेबी) ले जानकारी दिनुुभयो । यसका साथै घरको विवरण, घरमूूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपंक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायतका २० प्रश्नसमेत सुपरीवेक्षकले सोध्ने गरेका छन् । सुपरीवेक्षकले संकल...
खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङमा कोरोना बिरुद्धको थप खोप असोज ४ र ५ गते लगाईने भएको छ । ४५ बर्ष माथीका नागरिकले एस्ट्राजेनिका खोपको पहिलो मात्रा असाज ४ र ५ गते लगाउँन पाउँने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । ४५ बर्ष माथीका नागरिकसँगै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुले पनि लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस्तै १८ बर्ष माथीका बिद्यार्थीले पनि उक्त एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन सक्ने उहाँको भनाई । जसको लागि एस्ट्राजेनिका खोप ६ हजार ५ सय मात्रा जिल्ला आएको छ । खोटाङ जिल्लामा हाल सम्म कोरोना बिरुद्धको खोपको पहिलो मात्रा मात्र ३९ हजार ९ सय ८६ जनाले लगाएका छन भने २० हजार १ सय ७४ जनाले दोसो मात्राको खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।...
आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

Banner News 2, ताजा अपडेट, विचार, समाचार, समाज, स्थानीय
खोटाङ भदौ ३१ गते : खोटाङमा पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटना रोकथाम एवं न्युनिकरणको लागि स्थानीय तहले बिशेष भुमिका खेल्नु पर्ने मानव अधिकार आयोगले जनाएको छ । आत्महत्या रोकथामाको लागि स्थानीय तहले बार्षिक निति तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय दिक्तेलले पत्रचार गरेको कार्यलय प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिनुभयो । प्रमुख काफ्लेको भनाई अनुसार जिल्ला समन्वय समिति खोटाङ मार्फत स्थानीय तहहरू, जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य संघसंस्थाहरू, शिक्षा विकास तथा समन्वय इकाई मार्फत शिक्षण संघसंस्थाहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालत बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघलाई पत्राचार गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भदौ २५ गते दिक्तेलमा आ...
साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ भदौ २८ : पुर्वको पशुपती नामले परिचित त्रि–धार्मिकस्थल हलेसी मन्दिर लामो समय पछि खुला भएको छ । कोरोना भाईरस कोभिड—१९को दोस्रो लहरको कारण बैशाख १५ गतेबाट बन्द रहेको मन्दिर साडे चार महिना पछि सोमबार बाट खुला गरिएको हलेसी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । जिल्लामा कोभिड—१९को संक्रमण दर कम भएको भन्दै भदौ २७ गते बसेको (डिसिसिएमसी) को बैठकले जिल्ला भित्रका सबै धार्मिक स्थलहरु खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउँनु भयो । सोहि अनुसार हलेसी मन्दिरमा सोमबारबाट पुजाआजा सुरु गरिएको मन्दिरका ब्यवस्थापन समितिका अध्यक्ष राईले बताउँनु भयो । अध्यक्ष राईका अनुसार हप्ताको दुई दिन सोमबार र शनिबार मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । पुजाआजा खुला भएपनि कोरोना भाईरसको संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना ...