शुभकामना कविता
तीर्थराज भासित
कविता चित्त नदुखाउ
उत्सव र महोत्सवकी प्रिय हौ तिमी
घाट र चौतारीकी साहारा हौ
घाम पानी र अन्धकारमा रमाउने
अदालतदेखि खलियानसम्म
पुग्न सक्ने शक्तिशाली हौ कविता
हो तिमी सबैकी प्रिय हौ
कहिले रून सक्ने र हककास्न पनि
लेकवेसी धाउन सक्ने
भन्ज्यांग चौतारीमा रमाउन सक्ने
तर शहरका केही बुज्रुकहरू
पेवा बनाउन तम्सि रहेका छन् तिमीलाई
कथा लघु कथामा
लत्रिन थालेकाछन्
कतैकतै सककाडे झैं
डुक्राउन खोज्दै छन्
तर नडराउ तिमी
सबै की प्रिय छौ कविता
चालकदेखि शासकसम्म
सबैले मन पराउककछन्
तिमीलाई पिंजडामा छोप्नेहरू
हराउदै जानेछन्
अनि अझ सर्वत्र सबैकी प्रिय बनेर
मन मुटुमा राज गर्ने छौ
तिमीलाई स्वतन्त्रता छ
हामी जस्ता हजारौंले साथ दिनेछन्
उन्मुक्तिसँग हककास्ने र उत्सव मनाउने
हो यहि हो तिम्रो अधिकार
तर रून्चे स्वरमा चिच्याउनेहरू
तिमीलाई हककास्न र रून नदिनेहरू
खो...









