Sunday, October 25News That Matters

Banner News 2

खोटेहाङ गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा

खोटेहाङ गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २९ । खोटाङको खोटेहाङ गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसको दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको निर्णय अनुसार फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी तथा गैर सरकारी कार्यालय एवं संघ संस्थाहरु बन्द हुनेछन् । गाउँपालिकाले निर्माण गरेको वार्षिक शैक्षिक पात्रोमानै जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा उल्लेख गरिएको छ । सोही अनुसार बिदा दिइएको गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो । देशमा जनयुद्धको जगबाट हालको व्यवस्था अर्थात परिर्वतन आएकाले जनयुद्धमा साहदत प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको अध्यक्ष राईको भनाइ छ । जिल्लाका अन्य ९ स्थानीय तहले भने बिदा दिएका छैनन् । गृह मन्त्रालयले पनि सूचना जारी गर्दै फागुन १ गते...
स्थापना दिवसमा प्रेस चौतारी खोटाङको बिरामीहरुलाई फलफुल

स्थापना दिवसमा प्रेस चौतारी खोटाङको बिरामीहरुलाई फलफुल

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २२ । नेपाल प्रेस चौतारी खोटाङले बिरामीहरुलाई फलफुल दिएर आफ्नो स्थापना दिवस मनाएको छ । जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल दिएर सोमबार चौतारीले आफ्नो २६ औँ स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत १३ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्वाउ, केरा, अनार, अंगुर लगायतका फलफुल दिएर स्थापना दिवस मनाइएको चौतारी खोटाङका उपाध्यक्ष राजन ठटालले बताउनुभयो । वरिष्ठ पत्रकार कृष्ण आचार्य, पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री, प्रेस चौतारीका कोशी प्रदेश सहइन्चार्ज हरिबोल आचार्य लगायत जिल्लाका विभिन्न संगठनमा आबद्ध पत्रकारहरु, दिक्तेलका वडाध्यक्ष नवराज राई, नेकपा एमालेका जिल्ला अध्यक्ष राम प्रसाद दंगाल, सचिव कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष गोपाल आचार्य, अधिवक्ता ओम प्रकाश घिमिरे लगायतले बिरामीलाई फलफुल दिएर बिरामीको ...
हलेसीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, कानुन मन्त्री धनराज गुरुङद्धारा उद्घाट

हलेसीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, कानुन मन्त्री धनराज गुरुङद्धारा उद्घाट

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शनिबार उद्घाटन गर्नुभएको हो । संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाख लागतमा सञ्चालन हुने प्रतियोगितामा ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ । माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका १२ वटा सामुदायिक माध्यमिक विद्यालय र २ वटा संस्थागत गरी १४ वटा विद्यालय सहभागि रहेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले बताउनुभयो । वडा नम्बर १० अर्खौले विजुलेस्थित सालपा खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विधार्थी खेलाडी सहभागी रहेको उहाँको भनाइ छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने छ । दोश्र...
शुभकामना कविता

शुभकामना कविता

Banner News 2, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट
तीर्थराज भासित कविता चित्त नदुखाउ उत्सव र महोत्सवकी प्रिय हौ तिमी घाट र चौतारीकी साहारा हौ घाम पानी र अन्धकारमा रमाउने अदालतदेखि खलियानसम्म पुग्न सक्ने शक्तिशाली हौ कविता हो तिमी सबैकी प्रिय हौ कहिले रून सक्ने र हककास्न पनि लेकवेसी धाउन सक्ने भन्ज्यांग चौतारीमा रमाउन सक्ने तर शहरका केही बुज्रुकहरू पेवा बनाउन तम्सि रहेका छन् तिमीलाई कथा लघु कथामा लत्रिन थालेकाछन् कतैकतै सककाडे झैं डुक्राउन खोज्दै छन् तर नडराउ तिमी सबै की प्रिय छौ कविता चालकदेखि शासकसम्म सबैले मन पराउककछन् तिमीलाई पिंजडामा छोप्नेहरू हराउदै जानेछन् अनि अझ सर्वत्र सबैकी प्रिय बनेर मन मुटुमा राज गर्ने छौ तिमीलाई स्वतन्त्रता छ हामी जस्ता हजारौंले साथ दिनेछन् उन्मुक्तिसँग हककास्ने र उत्सव मनाउने हो यहि हो तिम्रो अधिकार तर रून्चे स्वरमा चिच्याउनेहरू तिमीलाई हककास्न र रून नदिनेहरू खो...
ठेकेदार पक्राउ गर्न भन्दै गृह–मन्त्रालयमा मेयरको उजुरी

ठेकेदार पक्राउ गर्न भन्दै गृह–मन्त्रालयमा मेयरको उजुरी

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ठेकेदार पक्राउ गर्न भन्दै गृह–मन्त्रालयमा उजुरी दिनुभएको छ । मेयर जमानी बसेर सडक ढलानको लागि खरिद गरिएको सामानको रकम नतिरेपछि ठेकेदारलाई पक्राउ गर्न भट्टराईले सोमबार गृह–मन्त्रालयमा उजुरी दिनुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हस्पिटल चोक–आहाले सडक खण्ड कालोपत्रेको जिम्मा लिएको याक्थुङहाङ/साप/सिरुवा जेभीले लामो समयसम्म सडक अलपत्र छाडेको थियो । रकम अभावको कारण देखाउदै निर्माण कम्पनी पन्छिएको थियो । विकासको लागि भन्दै मेयर भट्टराईले पसलमा जमानी बसेर सामान खरिद गरेपछि दिक्तेल बजार भित्रको सडक ढलान गरिएको थियो । ठेकेदार शिव चौंलागाईले १० दिनमा रकम दिने भन्दै असार ९ गते मर्केन्डाइज एण्ड कन्सल्ट प्रा.लिबाट रु १७ लाख ५० हजारको सामान लगेको बताइएको छ । पसलमा मेयर भट्टराईको १५ लाखको चेक राखिएको थियो...
खोटाङ : बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ

खोटाङ : बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । बैंकिङ कसूर मुद्दामा फरार एक प्रतिवादी महिलालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी जारी भएपनि फरार रहेकी सुनिता खड्कालाई पुस १७ गते प्रहरी वृत सातदोबाटोको समन्वयमा ललितपुर–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न समयमा रु ३५ लाख २५ हजार रकम लगेर खाली चेक दिएको भन्दै निर्माला भुजेलको जाहेरीको आधारमा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कार्कीले जानकारी दिनुभयो । उदयपुरको चुहाडेमा जन्म भइ दोलखाको फस्कु घर भएकी ४१ वर्षिया खड्का हाल काठमाडौं बस्दै आएको बताइएको छ । निज खड्काले भुजेलसँग विभिन्न प्रलोभन देखाएर मोटो रकम लगेको प्रहरीको भनाइ छ । खड्काले बैंक अफ काठमाडौंको चेक काटिदिएको र चेक साट्न जादा खातामा रकम नभएको भन्दै भुजेलले जाहेरी दिएको प्रहरी निरीक्षक कार्कीले बत...
हलेसी तुवाचुङमा, अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता

हलेसी तुवाचुङमा, अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवं अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनकालागि नगरपालिका र करुणा फाउण्डेसन संस्थाबीच सोमबार सम्झौता भएको हो । कोशी प्रदेश सरकार, हलेसी तुवाचुङ नगरपालिका र फाउण्डेसनको संयुक्त लगानिमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । सम्झौता अनुसार २०८० माघ १ गतेबाट ०८३ पुस मसान्तसम्म लागू हुने जनाइएको छ । यस बीचमा अपाङ्गता भएका ब्यक्तिहरुको लागि स्वास्थ्य उपचार र सहायक सामाग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामजिकीकरण, सशक्तीकरण जस्ता क्रियाकलापहरु पालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । अब पालि...
हलेसीमा आँखा शिविर सुरु, उपचारका लागि बृद्धबृद्धादेखि बालबालिकासम्मको उपस्थिति

हलेसीमा आँखा शिविर सुरु, उपचारका लागि बृद्धबृद्धादेखि बालबालिकासम्मको उपस्थिति

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सुरु भएको छ । आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि अप्रेसनसहितको शिविर हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारबाट सुरु भएको हो । शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका नागरिकहरु हलेसी आएका छन् । आँखाको समस्या भएका बृद्धबृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यहरुले शिविरमा लिएर आएका छन् । हलेसीका ७८ वर्षिया मनसरा राई अघिल्लो वर्ष सोही ठाउँमा भएको शिविरमा एउटा आँखाको मोतीविन्दु अप्रेसन गरेर केही सुधार भएपछि अहिले अर्को आँखा अप्रेसनका लागि आएको बताउनुहुन्छ । यस्तै, राजापानीका ८७ वर्षिय जनकप्रसादन घिमिरे पनि आँखामा...
हलेसीमा आँखा शिविर हुँदै, मोतीविन्दु भएकाहरुको निःशूल्क अप्रेसन गरिने

हलेसीमा आँखा शिविर हुँदै, मोतीविन्दु भएकाहरुको निःशूल्क अप्रेसन गरिने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सञ्चालन हुने भएको छ । पुस ५ देखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा आँखा सम्बन्धि समस्या भएकाहरुले निःशूल्क उपचार गराउन सक्ने छन् । हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । शिविरमा उपस्थित बिरामीहरुको निशुल्क आँखा जाँच हुने आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आँखा जाँचबाट मोतीविन्दु तथा माइनर अप्रेसन गर्नु पर्ने बिरामीहरुको छनोट गरी निःशूल्क अप्रेसनसमेत गरिने उहाँको भनाइ छ । आवश्यक अनुसार चस्मा ससुल्क र औषधी निशुल्क उपलब्ध हुनेछ । ४० वर्ष माथिका ब्यक्तिहरुलाई निःशूल्क रिडिङ चस्मा प्रदान गरिने श्रेष्ठले बताउनुभय...
दिक्तेलबारीमा शहरी स्वास्थ्य केन्द्र स्थापना

दिक्तेलबारीमा शहरी स्वास्थ्य केन्द्र स्थापना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको ग्रामिण क्षेत्र दिक्तेलबारीमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । दिक्तेलको साविक ३ नम्बर वडा दिक्तेलबारीमा स्वास्थ्य केन्द्रको स्थापनासँगै बुधबार औपचारिक उद्घाटन गरिएको हो । दिक्तेल बजारमा अवस्थित जिल्ला अस्पतालसम्म आउन उक्त क्षेत्रका मानिसलाई २ घण्टा लाग्ने गरेको छ । बाक्लो जनसंख्या रहेको त्यस क्षेत्रका मानिसलाई आधारभूत स्वास्थ्य सेवा सोही ठाउँबाट प्रदान गर्ने उद्श्यले शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र सञ्चालनकालागि नगरपालिकाले अघिल्लो वर्ष २ कोठे पक्की भवन निर्माण गरेको थियो । मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राई लगायतको उपस्थितिमा स्वास्थ्य केन्द्रको बुधबार औपचारिक उद्घाटन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले...