Monday, August 31News That Matters

Banner News 3

खस्कियो महुरेगढी प्राविधिक शिक्षालयको नतिजा, प्रथम सेमेस्टरमा सबै अनुत्तीर्ण

खस्कियो महुरेगढी प्राविधिक शिक्षालयको नतिजा, प्रथम सेमेस्टरमा सबै अनुत्तीर्ण

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ५ । खोटाङको महुरेगढी प्राविधिक शिक्षालयको नतिजा खस्किएको छ । एक समय सबै विद्यार्थी उतिर्ण गराउने प्राविधिक शिक्षालयको नतिजा हाल शून्यमा झरेको हो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर (नियमित)मा महुरेगढी प्राविधिक शिक्षालयको नतिजा ‘शुन्य’ छ । सिटिइभिटिले २०७९ जेठमा महुरेगढीका ४८ विद्यार्थीले परिक्षा दिएका थिए । उक्त परिक्षामा कुनै पनि विद्यार्थी उत्तिर्ण हुन नसकेको पाइएको छ । सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा महुरेगढी प्राविधिक शिक्षालय स्थापना गरिएको हो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजाका विषयमा समिक्षा गर्दै कमजोरी सच्याउने योजना बनाइएको शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताउनुभयो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा प्रदेशभरीका प्राविधिक शिक्षालयमध्ये गणेशमान मेमोरियल एकेडेमी, झापाले सबैभन्दा ...
बाक्सिलामा आयोजित निःशूल्क स्वास्थ्य शिविरको पहिलो दिन ८ सय बढीले लिए सेवा

बाक्सिलामा आयोजित निःशूल्क स्वास्थ्य शिविरको पहिलो दिन ८ सय बढीले लिए सेवा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ४ । खोटाङको केपिलासगढी गाउँपालिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकदेखि बालबालिकाले सेवा लिएका छन् । बाक्सीलामा सोमबारबाट सुरु भएको दुई दिने बृहत स्वास्थ्य शिविरको पहिलो दिन ८ सय ७५ जनाले लिए सेवा लिएका हुन् । जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक,कान, घाटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, मिर्गौला रोग, मुटु रोगसहित १५ किसिमको रोगको उपचार तथा पहिचान स्वास्थ्य शिविरमा गरिएको छ । विभिन्न भूगोलबाट आएका महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवायुवती लगायतले सेवा शिविरमा सेवा लिएका छन् । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली बाक्सिलामा आएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई गाउँपा...
नेताको आफन्तको करार जागिर जाने भएपछि स्थायी शिक्षकलाई विद्यालयमा हाजिर गर्न रोक

नेताको आफन्तको करार जागिर जाने भएपछि स्थायी शिक्षकलाई विद्यालयमा हाजिर गर्न रोक

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ३ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित भाषा आधारभुत विद्यालयमा खटिएर गएका स्थायी शिक्षकलाई हाजिर गर्न रोक लगाइएको छ । गाउँपालिकाले खटाएका दुई जना स्थायी शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले हाजिर गर्न रोक लगाएको हो । नेपाल सरकारले लिएको स्थायी परिक्षामा सफल भएर रावा बेसीमा गएका २१ जना शिक्षकलाई चैत २८ गते गाउँपालिकाले आवश्यकताका आधारमा विभिन्न विद्यालयमा खटाएको थियो । अन्य १९ जना शिक्षक खटाएको विद्यालयमा हाजिर भएर पठनपाठन गर्न थालिसकेका छन् । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय नेताको आफन्तको करारको जागिर जाने भएपछि भाषा आधारभुत विद्यालयमा स्थायी शिक्षकलाई हाजिर हुन् रोक लगाइएको बुझिएको छ । उक्त विद्यालयमा हाल प्रावि ४ दरवन्दी र निमावि १ राहत दरवन्दी छ । प्राविमा १ जना स्थायी र ३ जना करारका शिक्षक कार्यरत छन् । २ जना स्थायी शिक्षक आउँदा २ जना करारको शिक्षकको जा...
नेपाल नेत्र ज्योति संघद्धारा पत्रकार दमन राई सम्मानित

नेपाल नेत्र ज्योति संघद्धारा पत्रकार दमन राई सम्मानित

Banner News 2, Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २९ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सकृय खोटाङका पत्रकार दमन राई सम्मानित हुनुभएको छ । आफ्नो पाचौँ जिल्ला सभा तथा अधिवेशनको अवसरमा बुधबार नेपाल नेत्र ज्योति संघ खोटाङले पत्रकार राईलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द, विशिष्ट अतिथि प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्याम सुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान पत्रले पत्रकार राईलाई सम्मान गर्नु भएको हो । जिल्लाको आँखा सेवाका महत्वपुर्ण पक्षलाई उजागर गर्ने समाचारलाई स्थानीय देखि अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेलेको महत्वपुर्ण भूमिकाको उच्च मुल्याङकन गर्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो । २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल राई हाल नेपाल वाइड डटकमको सम्पादकसँगै, ग्यालेक्सी फोरके टेलिभिजन र हिमाल खबरकामा आवद्ध ...
खोटाङमा मोटरसाइकल दुर्घटनामा एक गम्भीर घाईते, उपचारका लागि काठमाडौं लगियो

खोटाङमा मोटरसाइकल दुर्घटनामा एक गम्भीर घाईते, उपचारका लागि काठमाडौं लगियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २८ । खोटाङमा मोटरसाइकल दुर्घटनाहुँदा एक ब्यक्ति गम्भीर घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको काँडेस्थित सडकखण्डमा मंगलबार दिउँसो दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा नुनथलाका अन्दाजी १८ वर्षीय निश्चल राई गम्भीर घाईते भएका हुन् । टाउको, अनुहार, हातखुट्टा र शरीरका अधिकांश भागमा चोट लागेर गम्भीर घाईते भएका राईको रत्नपार्कस्थित फेमेली केयर अस्पतालमा उपचार पश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । दिक्तेलबाट मुडेतर्प जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाईकल विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ६८६ नम्बरको मोटरसाईकलसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गम्भीर घाईते भएका निश्चल बा ६६ प १११४ मोटरसाइकलको पछाडी बसेका थिए । उनी चढेको मोटरसाइकल २७ वर्षीय अगम राईले चलाएका थिए । दुर्घट्नामा अगम र बा ६० प ...
जन्तेढुंगा गाउँपालिकाका पशुचौपायामा लम्पी स्किन रोग फैलियो

जन्तेढुंगा गाउँपालिकाका पशुचौपायामा लम्पी स्किन रोग फैलियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २८ । खोटाङको जन्तेढुंगा गाउँपालिका क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोग देखा परेको छ । जन्तेढुंगा गाउँपालिकाका ६ वटै वडाका किसानले पालेका पशुचौपायामा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखिएको हो । भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो ठाउँमा लम्पी स्किन रोग फैलिएको बताइएको छ । बिशेष गरी यो रोग ठुला पशुचौपाय गाई, गोरु, भैंसी, राँगोमा देखा पर्ने विज्ञहरुको भनाइ छ । गाई भैंसीमा लागेको उक्त रोगको समस्या लिएर करिब सय जना किसान जन्तेढुंगा गाउँपालिकाको कार्यालयमा आइसकेको पशु सेवा शाखा प्रमुख डा. सुशन ढकालले बताउनुभयो । गत माघ मसान्तदेखि गाउँपालिका क्षेत्र भित्रका पशुचौपायामा लम्पी स्किन रोग देखा पर्न थालेको उहाँको भनाइ छ । हालसम्म लम्पी स्किन रोगको ठोस उपचार र भ्याक्सिन विकास नभएकाले लक्षण अनुसार औषधि उपचारको व्यवस्था मिलाइएको डा. ढकालको भनाइ छ । लम्पी स्किन...
किराँती संस्कार अनुसार च्यास्मिटार वडा कार्यालय भवन शिलान्यास

किराँती संस्कार अनुसार च्यास्मिटार वडा कार्यालय भवन शिलान्यास

Banner News 3, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वडा कार्यालय भवन किराँती संस्कार अनुसार शिलान्यास गरिएको छ । किराँती संस्कार अनुसार सोमबार नछुङमार्फत मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले भवनको शिलान्यास गर्नुभएको वडाध्यक्ष भुपाल सिं राईले जानकारी दिनुभयो । नगरपालिकाको चालु आर्थीक वर्ष २०७९/०८० को बजेटबाट ४ वटा वडा कार्यालयका भवनहरु निर्माण हुँदैछन् । १ करोड ९ लाख ७९ हजारमा वडा नम्बर १ बाहुनीडाँडा, २ डिकुवा र ३ च्यास्मिटारको भवन निर्माणको जिम्मा ओजास निर्माण सेवा ललितपुरले लिएको छ । ३ वटै वडाको १ तले आरसिसि भवन निर्माण हुने नगरपालिकाले जनाएको छ । यस्तै, वडा नम्बर ७ महादेवस्थानको २ तले आरसिसि भवन निर्माणका लागि ५४ लाख ९८ हजारमा ब्रोदर्स युनाइटेट कन्ट्रक्सन निर्माण कम्पनीले ठेक्का लिएको नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख विजय विश्वकर्माले बताउनुभयो । नगरपालिकाको बजेटबाट न...
खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने जिल्लासभाको निर्णय

खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने जिल्लासभाको निर्णय

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत २७ । जिल्ला समन्वय समिति खोटाङको सातौं जिल्लासभाले जिल्लाका सबै पालिका जोड्ने सडक स्तरोन्नती तथा कालोपत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई, प्रदेशसभा सदस्य पाँचकर्ण राई र जिल्लाका १० वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न सभाले पालिका जोड्ने सडक कालोपत्रे गर्न पहल गर्ने नीतिगत निर्णय गरेको हो । जिल्ला सदरमुकाम दिक्तेलबाट सबै पालिका केन्द्रसम्म जोड्ने सडकहरु दिक्तेल–साप्सुखोला–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–रोक्सिङ–खोटाङवजार हुँदै चिसापानी–मौवावोटे–बंशीलासम्मको सडक खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्नको लागि सम्बन्धित मन्त्रालयमा पहल लिने, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड कालोपत्रे गर्न माग गर्ने, जालपा–बाक्सिला सडक खण्डलाई कालोपत्रेको लागि माग गर्ने सोल्मा–पाथेका–फेदीसम्मको सडकलाई कालोपत्रेको लागि माग गर...
खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ घाईते, ३ जनालाई काठमाडौं लगियो

खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ घाईते, ३ जनालाई काठमाडौं लगियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २६ । खोटाङमा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएका छन् । आइतबार ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको सानोडुम्रेस्थित मयुर आधारभुत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाईते भएका हुन् । गम्भीर घाइते भएका तीन जनालाई हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बिरामी भएकी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी रोमन अर्यालले बताउनुभयो । दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार...
सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो

सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक, समाचार, स्थानीय
खोटाङ, चैत २५ । खोटाङमा प्रदेश सांसद पाँचकर्ण राई बिरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा पक्राउ परेका छन् । कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै सांसद राई बिरुद्ध शनिबार समन्वय समितिको सभाहलमा भइरहेको जिल्लासभामा उनिहरु कालो झण्डासहित प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् । जिल्लासभा सञ्चालन भइरहकैबेला प्रवेश गरेर नाराबाजी गर्दै कालो झण्डा देखाइएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । यायोक्खाका अध्यक्ष बाहेक अन्य तीन जनालाई भने हतकडी हालेर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथ...