Friday, April 17News That Matters

Author: रुपाकोट खबर

हरि बिसि र गिता सेजुवालको “बनपाखामा न्याली कराउदा” युटुवमा सार्वजनिक

हरि बिसि र गिता सेजुवालको “बनपाखामा न्याली कराउदा” युटुवमा सार्वजनिक

मनोरञ्जन
कार्तिक ११ : चर्चित लोक गायक हरि बिसि र लोक गायिका गिता सेजुवालको आवाज रहेको “बनपाखामा न्याउली कराउदा” बोलको लोक गीत सार्वजनिक भएको छ । श्रीमानको मृत्यु पश्चात श्रीमतीलाई हुने पिडाको भाव समेटिएको उक्त गीतको भिडियो मान सिंह खड्का युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । गिता सेजुवालको शब्द र यज्ञ सापकोटाको लयमा तयार भएको “बनपाखामा न्याउली कराउदा” लोक गीतको एरेन्ज महेस बिक्रम पाण्डेले गर्नु भएको छ । गीतको भिडियोमा आश्था बिश्वकर्मा र आयुस भण्डारी लगायतको अभिनय देख्न सकिन्छ ।   भिडियो https://www.youtube.com/watch?v=ywKCKrFvPV0...
बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ हेक्टरको अन्नबालीमा क्षति

बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ हेक्टरको अन्नबालीमा क्षति

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/११ कात्तिक, खोटाङ । असोज ३१ देखि कात्तिक २ गतेसम्म भएको बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ दशमलव ९६ हेक्टर क्षेत्रफलको अन्नबालीमा क्षति पुगेको छ । स्थानीय तहका कृषि शाखाले ढिला गरी उपलब्ध गराएको विवरणका आधारमा सो क्षति पुगेको देखिएको कृषि ज्ञान केन्द्र खोटाङले जनााएको छ । बेमौसमी वर्षाले जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पु-याएको छ । १२ हजार ८ सय ९८ हेक्टरमा लगाइएको धानमध्ये ५ हजार ५ सय २२ दशमलव ६२ हेक्टरमा क्षति पुगेको केन्द्रका प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । यसैगरी २१ हजार ३ सय १५ हेक्टरमा लगाइएको कोदो बालीमध्ये २१ सय ७३ दशमलव ७९ हेक्टरमा क्षति पुगेको छ । ७ दशमलव ५ हेक्टरमा लगाइएको मकै, ३ हेक्टरमा लगाइएको जुनेलो, १ दशमलव ०५ हेक्टरमा लगाइएको फापर र १ हेक्टरमा लगाइएको गहतमा क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । बेमौसमी वर्षाले जिल्लामा लगाइएको तरकारी त...
एमाले पालिका अधिवेशन : खोटाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

एमाले पालिका अधिवेशन : खोटाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
कार्तिक १०, खोटाङ । खोटाङका सबै पालिकामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुंगो लगाएको हो । एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र सचिवमा चित्रकुमार राई साथै हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ र सचिवमा प्रमोद श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीको अध्यक्षमा खगेन्द्र राइ, सचिवमा नारायण राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, सचिवमा माधव राई, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल, सचिवमा यज्ञनारायण श्रेष्ठ (राजु) सर्वसम्मत चयन हुनुभएको नेकपा एमाले खोटाङले जनाएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँ कमिटिको अध्यक्षमा कृष्ण कार्की, सचिवमा मनोज राई, साकेला गाउँ कमिटिको ...
ब्वाईफ्रेण्ड बनाएर पैसा ठग्दै हिड्ने ओखलढुंगाकी एक युवती पक्राउ

ब्वाईफ्रेण्ड बनाएर पैसा ठग्दै हिड्ने ओखलढुंगाकी एक युवती पक्राउ

Banner News 3, ताजा अपडेट, समाचार, समाज
ब्वाईफ्रेण्ड बनाएर पैसा ठग्दै हिडेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । ब्वाईफ्रेण्ड बनाएर विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बल्खु, ओखलढुङ्गाकी देवी थापा पक्राउ परेकी हुन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो । परिसरको टोलीले उनलाई राजधानीको नक्सालबाट पक्राउ गरेको हो । आरोपीले कम्तीमा ६ जना युवाहरुलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएको छ । उनले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, नेपाल प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवासँग १३ लाख, जन्मजात अशक्त एक युवासँग २ लाख २१ हजार ठगी गरेको उजुरी परेको छ । त्यसैगरी ओखलढुङ्गाकै एक युवालाई खातामा नभएको चेक दिएर ठगी गरेको भन्दै चेक बाउन्सको उजुरी परेको थियो । खातामा रकम नभएको ज...
लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई

लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ कार्तिक ९ गते : खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेमा सम्पन्न खुल्ला वडा स्तरीय भलिबल प्रचियोगिताको उपाधी वाईसीएल नेपाल दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्माले जितेको छ । लिच्कीराम्चे खेलकुद समितिले दशै तिहार चाडको अवसरमा आयोजना गरेको प्रतियोगिताको उपाधी आज दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुलाई हराउदै वाईसीएल नेपालले जितेको हो । १५ समुह सहभागि भलिबल प्रतियोगिता आईतबार नेकपा एमालेका संसदिय दलका प्रमुख सचेतक एवं खोटाङका संघिय सांसद बिशाल भट्टराईले उद्धघाटन गर्नु भएको थियो । उपाधी जितेसँगै वाईसीएल नेपालले रु ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुले रु ३१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, खोटेहाङ गाउँपालिका २ वाप्लुखालाई हराउदै तेस्रो भएको आयोजक लिच्कीराम्चेले रु २१ हजार नगदक...
खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउने बढे

खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउने बढे

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ९ गते : जिल्लामा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट संकलन हुने राजश्वमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले पछिल्लो एक महिनामा ४ लाख ७० हजार राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार असोज महिनामा ५ सय ५० वटा सवारी साधन कारबाहीबाट उक्त परिमाणको राजश्व उठेको हो । अघिल्लो महिना भदौमा ५ सय ८७ सवारी साधन कारबाहीबाट ४ लाख ४४ हजार राजश्व संकलन भएको थियो । असोज महिनामा नेपालीहरूको महान चाड दसैँ परेकोले विगतमा भन्दा ट्राफिक सुरक्षा व्यवस्था कडा पारिएको तथा सोहीबीच बेमौसमी वर्षाले जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारी साधन कम चलेकाले कारबाहीको संख्या भने केही घटेको खत्रीको भनाइ छ । ट्राफिक प्रहरीका अनुसार जिल्लामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा पर्ने गरेका छन् । असोज महिनामा मात्र ३ सय २१ वटा मो...
सुमोसँग मोटरसाइकल ठोक्किँदा खोटाङमा एक जना गम्भीर घाइते

सुमोसँग मोटरसाइकल ठोक्किँदा खोटाङमा एक जना गम्भीर घाइते

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ८ गते : मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको बगालेचोकमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज दिउँसो करिब ३ बजे काठमाडौँबाट दिक्तेलतर्फ आउँदै गरेको ना. १ ज. ४६९१ को नं. को सुमो र विपरीत दिसाबाट जाँदै गरेको बा ८२ प ५३६० नं. को मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घनामा परी मोटरसाइकल चालक रावाबेँसी गाउँपालिका–१, कुभिण्डेका २६ वर्षीय सोम राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुयभो । घाइते राईको अनुहार र चिउँडोमा गहिरो चोट लागेको र उहाँलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । ठक्कर दिने सुमोसँगै सुमोका चालक राबावेँसी गाउँपालिका–३ का ३१ वर्षीय उमेश खत्री र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरह...
खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार नगद सहित ५ जना पक्राउ

खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार नगद सहित ५ जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ काक्तिक ८ गते : खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार २० रुपैयाँ नगद सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल हस्पिटल चोकबाट तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । दिक्तेलको हस्पिटल चोक स्थीत हरी जोशीको घरमा डेरा लिएर बस्दै आएका साकेला गाउँपालिका ५ का २७ बर्षिय हिराधन राईको कोठामा जुवा (तास) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले आज (सोमबार) राती १ बजे पक्राउ गरेको हो । तास खेलिरहेको ठाउँबाट प्रहरीले ७१ हजार २० रुपैयाँ नगद र ५२ पत्ति तास बरामत गरेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । पक्राउ पर्नेमा राई सहित, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षका बसन्त राई, सोहि नगरपा...
खोटाङ कोरोना संक्रमण उन्मुख, सक्रिय संक्रमितको संख्या १ मात्र

खोटाङ कोरोना संक्रमण उन्मुख, सक्रिय संक्रमितको संख्या १ मात्र

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ५ गते : जिल्लामा कोरोना भाइरसको सक्रिय बिरामीको संख्या १ मा झरेको छ । आज ८ जना संक्रमणमुक्त भएसँगै जिल्ला कोरोनामुक्त हुने दिशामा पुुगेको हो । अघिल्लो दिन हिजो जिल्लामा १० जना सक्रिय संक्रमित रहेकामा आज ८ जना निको भएको र १ जनालाई उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । यस्तै जिल्लामा आज थपिने संक्रमितको संख्या भने शूून्य रहेको छ । जिल्लाका विभिन्न स्थानमा १० जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको हो । हालसम्म जिल्लामा ५२ हजार ५ सय २५ जनाले पहिलो र ४० हजार ९ सय ७९ जनाले पूर्ण मात्रा कोरोना विरुद्धको खोप लगाएका कार्यालयले जनाएको छ ।...
खोटाङमा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या १०मा झर्यो

खोटाङमा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या १०मा झर्यो

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ४ गते : खोटाङमा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । हिजो १८ जना सक्रिय संक्रमित रहेकोमा आज ९ जना निको भएर १ जना नयाँ संक्रमित थपिदा सक्रिय संक्रमितको संख्या १० मा झरेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । यस्तै लगातार तिन दिन नयाँ संक्रमितको संख्या शुन्य रहेकोमा आज एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बिभिन्न ठाउँमा १० जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो । जिल्लामा हाल सम्म ३ हजार ४६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने १५ जनाको भाईरसको कारण ज्यान गएको छ ।...