Friday, April 17News That Matters

Author: रुपाकोट खबर

दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १५ : नेपाल टेलिकमले खोटाङका थप दुई स्थानमा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–८, दोर्पा र साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडामा फोरजी सेवा विस्तार गरिएको टेलिकमको खोटाङ कार्यालयका प्रमुख खगेन्द्र बलम्पाकीले जानकारी दिनुभयो । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, वुुइपा र साकेला गाउँपालिका–३, खिदिमामा पनि दसैँअघि नै फोरजी सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । सोझै प्रयोग गर्दा केही खर्चिलो हुने भएकाले डाटामार्फत फोरजी सेवा प्रयोग गर्न पनि उहाँले प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ । उच्च गतिको इन्टरनेट सेवा फोरजी विस्तारपछि नेटवर्क खोज्न डाँडाकाँडा पुग्नुपर्ने स्थानीयको बाध्यता हटेको दोर्पाका वडाध्यक्ष लिला चौहानले बताउनुभयो ।...
जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु भएको छ । दिक्तेलबाट साप्सुखोला हुँदै खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारसम्म जाने सडकको प्रारम्भिक स्तरोन्नतिको काम सुरु भएको हो ।   सडक विभागको ८ करोड लागतमा सडक स्तरोन्नतिको काम थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । आज (बुधबार) जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र नगरप्रमुख दिपनारायण रिजालले संयुक्त रूपमा सडक स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको हो । १० मिटर चौडाइ र ६ किलोमिटर लम्बाइको सडक आगामी पुस सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाले जनाएको छ ।...
गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ असोज १२ : खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौँसम्म नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाएका हुन् । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नेपाली नागरिकताबाट वञ्चित साकेला गाउँपालिकाका नागरिकहरूलाई घरैमा पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताउँनु भयो । नागरिकता प्राप्त गर्नेहरुमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई रहनु भएको छ । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उहाँहरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।...
खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ११ : जिल्ला प्रशासन कार्यालय खोटाङबाट पाँच महिनामा १६ सय ४७ जनाले नागरिकता लिएका छन् । कार्यालयको नागरिकता शाखाका अनुसार प्रतिलिपि, संशोधन र नयाँ गरी चालु वर्षको वैशाखदेखि भदौ मसान्तसम्मको अवधिमा सो संख्याको राहदानी वितरण भएको हो । दुई जनाले वैवाहिक अंगीकृत र बाँकीले वंशजका आधारमा नागरिकता लिएका हुन् । नागरिकता लिनेमा ९ सय ५३ पुरुष र ६ सय ९४ महिला रहेका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती खनाल पौडेलले जानकारी दिनुभयो । यस अवधिमा भदौ महिनामा सबैभन्दा बढी र जेठ महिनामा सबैभन्दा कमले नागरिकता लिएका छन् । भदौमा ३ सय ४९ पुरुष र २४७ जना महिला गरी ५९६ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठमा भने एक जना पुरुषले मात्र नागरिकता लिएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएकाले जेठ महिनामा नागरिकता वितरण प्रभावित भएको सहायक प्...
लिम्चुङबुङ गाउँपालिकाले गाईघाट र हलेसी सम्म सार्वजनिक बस सञ्चालन गर्दै

लिम्चुङबुङ गाउँपालिकाले गाईघाट र हलेसी सम्म सार्वजनिक बस सञ्चालन गर्दै

Banner News 1, ताजा अपडेट, समाचार, समाज
असोज ११ गते : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सार्वजनिक बस सञ्चालन गर्ने भएको छ । जनप्रतिनिधिहरुका लागि छुट्याइएको सेवाबाट सार्वजनिक बस खरिद गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको सार्वजनिक बस जिल्लाको सदमुकाम गाईघाट देखि लिम्चुङबुङ सम्म र लिम्चुङबुङ देखी छिमेकी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी मन्दिर सम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष मेजर राईले जानकारी दिनुभयो । सार्वजनिक बस सञ्चालनको सम्पुर्ण तयारी पुरा भएको र अबको एक साता भित्र बस सञ्चालनमा आउने अध्यक्ष राईले बताउँनु भयो । यस्तै, उक्त सार्वजनिक बसमा जेष्ठ नागरिक र पुर्णरुपमा अपाङगता भएकाहरुलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।...
यी हुन् खोटाङमा निर्वाचित कांग्रेस पालिका सभापति

यी हुन् खोटाङमा निर्वाचित कांग्रेस पालिका सभापति

Banner News 3, राजनीति
१० असोज, खोटाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न पालिका अधिवेशनबाट खोटाङका १० मध्ये ९ स्थानीय तहमा नेतृत्व चयन भएको छ । चार स्थानीय तहमा सहमतिमा र पाँच स्थानीय तहमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो । कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीका अनुसार ऐँसेलुखर्क गाउँपालिका, वराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । ऐँसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ, वराहपोखरी गाउँपालिकामा दीपक राई , रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ र साकेला गाउँपालिकामा विजय गुरुङ सभापति चुनिनुभएको छ । यस्तै चुनावी प्रक्रियाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकामा चक्रकुमार राई, केपिलासगढी गाउँपालिकामा हेमन्त राई, खोटेहाङ गाउँपालिकामा प्रेम थापा र जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र विष्ट पाल...
खोटाङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

खोटाङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

Banner News 1, समाचार, समाज, स्थानीय
खोटाङ/असोज ०९ । नजिकिँदै गरेको दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै खोटाङमा बजार अनुगमन सुरु गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र स्थानीय तहका प्रतिनिधिको संयुक्त टोलीले बजार अनुगमन थालेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य वृद्धि गर्ने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने लगायतका समस्या रहेकाले त्यसो हुन नदिन अगाडि नै अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसबीच हलेसी र दिक्तेलमा बजार अनुगमन गरिसकिएको छ । अनुगमनका क्रममा दुई स्थानमा गरेर करिब ४० हजार रकम बराबरको म्याद गुज्रिएका सामान नष्ट गरिएको छ । अनुगमन अगाडि नै कतिपय व्यापरीले सूचना चुहावटका कारण सामान लुकाउने गरेको प्रजिअ शर्माको भनाइ छ । सडकको अवस्था हेरेर यातायात आवागमन सहज भएका जिल्लाका अन्य स...
खोटाङका चार स्थानीय तह  कोरोना संक्रमणमुक्त

खोटाङका चार स्थानीय तह कोरोना संक्रमणमुक्त

Banner News 1, समाचार, समाज, स्थानीय
पवन खड्का/०८ असोज, खोटाङ । दुई नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको खोटाङमा चार स्थानीय कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका अनुसार हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र वराहपोखरी गाउँपालिका तत्कालका लागि संक्रमणमुक्त भएका हुन् । कोरोनाको दोस्रो लहरयता हालसम्म ३०१ जना संक्रमित देखिएको हलेसी तुवाचुङ नगरपालिका र १२४ जना संक्रमित देखिएको केपिलासगढी गाउँपालिकामा समान १–१ जनाको ज्यान जाँदा बाँकी निको भएका छन् । यस्तै २९५ संक्रमित देखएको दिप्रुङ चुइचुम्मा र ३१ संक्रमित देखएको वराहपोखरी गाउँपालिकामा सबै संक्रमणमुक्त भएका छन् । यी चार पालिकामा केही दिनयता संक्रमण शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । यसैगरी १० स्थानीय तहमध्ये सबैभन्दा बढी ११ सय ५८ संक्रमि...
खोटाङमा ट्राफिक नियम उल्लंघन बढ्दो : एक महिनामा ५८७ सवारी कारबाही

खोटाङमा ट्राफिक नियम उल्लंघन बढ्दो : एक महिनामा ५८७ सवारी कारबाही

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
पवन खड्का/०६ असोज खोटाङ । खोटाङमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले पछिल्लो दुई महिनामा कारबाही गरेका सवारी साधनको संख्याबाट ट्राफिक नियम उल्लंघन बढ्दो अवस्थामा रहेको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार भदौ महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने ५८७ सवारी साधनलाई कारबाही गरिएको छ । कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । भदौमा मात्र ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ३०८ मोटरसाइकल कारबाहीमा परेका छन् । यस्तै कार–जीप–भ्यान १३२, ट्रक ५०, ट्याक्टर ४९, टिप्पर १९, बस १५, अटो–टेम्पो १० र अन्य ४ वटा सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । ती सवारी साधन कारबाहीबाट ४ लाख ४४ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र नलिएका, हेल्मेट...
महामारीमा पनि युुवा बिदेसिने क्रम घटेन, खोटाङमा ५ महिनामा ४ सय ८७ जनाले लिए राहदानी 

महामारीमा पनि युुवा बिदेसिने क्रम घटेन, खोटाङमा ५ महिनामा ४ सय ८७ जनाले लिए राहदानी 

Banner News 1, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/असोज ०६, खोटाङ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना कहरकाबीच पनि युवाहरू बिदेसिने क्रम बढेको छ । स्वास्थ्यका हिसाबले नेपालबाहिरका मुलुक अति जोखिमयुक्त रहेको भनिए पनि रोजगारीका लागि बिदेसिने युवाको संख्या घट्नुको सट्टा बढ्दो अवस्थामा रहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय खोटाङको तथ्यांकअनुसार राहदानी बनाएर बिदेसिने युवाको लहर घटेको छैन । जिल्लामा पछिल्लो पाँच महिनामा ४ सय ८७ जनाले राहदानी लिएका छन् । चालु वर्षको वैशाखदेख भदौ मसान्तसम्म जिल्लाभित्रबाट सिफारिस भई आएका र जिल्ला प्रशासनबाट सिफारिस लिएर द्रूूत सेवामार्फत राजधानी पुुगेर १३२ महिला र ३५५ पुुरुषले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिनुुभयो । उहाँका अनुसार कोरोना कहरकाबीच पनि रोजगारीका लागि बिदेसिने बाध्यताले राहदानी बनाएको सेवाग्राह...