Thursday, April 16News That Matters

Author: रुपाकोट खबर

रावाबेसी गाउँपालिकाद्धारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल वक्तृत्वकला

रावाबेसी गाउँपालिकाद्धारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल वक्तृत्वकला

कला, साहित्य, समाचार, स्थानीय
खोटाङको रावाबेसी गाउपालिकाले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तिर्थराज दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले आयोजना गरेको “नेपालको आर्थिक विकासमा कोभिड १९ ले पारेको सकारात्मक तथा नकरात्मक प्रभाव र त्यसको न्यूनिकरणमा युवाले खेल्नु पर्ने भुमिका” बिषयक वक्तृत्वकलामा ६ जनाले भाग लिएको उहाँले बताउँनु भयो । जसमा सुशिला तिमिल्सीनाले प्रथम, प्रतिक पोखरेलले द्धितिय र युवराज कटवालले तृतिय स्थान हासिल गरेको उहाँको भनाई छ । १६ बर्ष देखि २४ बर्ष उमेर समुहले भाग लिन पाउँने गरी आयोजना गरिएको वक्तृत्वकलामा प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमस १० हजार, ८ हजार र ६ हजार पुरस्कार प्रदान गरिएको शिक्षा शाखा संयोजक दाहालले बताउँनु भयो ।...
लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

ताजा अपडेट, राजनीति, समाचार
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र १ 'क' बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । हिजो बुधवार मुख्यमन्त्री पदबाट शङ्कर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर बहुमतसहित सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो ।...
भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिक्तेल रुपोकोट मझुवागढी नगरपालिकामा लकडाउन गरिने भएको छ । नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रणको लागि लकडाउन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख दिप नारायण रिजालको अध्यक्षतामा राजनीतिक दल, सुरक्षा निकाय, उद्योग ब्यबसायी, यातायात ब्यबसायी, होटल ब्यबसायी लगायतको बुधबार बसेको बैठकले नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भदौ १ गते बाट १० गते सम्म लकडाउन हुने नगर प्रमुख रिजालले जानकारी दिनुभयो । लकडाउनको समयमा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य सामग्रीको ब्यबस्था मिलाउन नगरबासीलाई नगरले आग्रह समेत गरेको छ । नगरपालिकामा हाल १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन । संक्रिय संक्रमित मध्ये ३ जनाको अस्पतालमा उपचार भईरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कर...
यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

खेलकुद, ताजा अपडेट
चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहान भएको खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो । यूईएफए सुपर कप आयरल्यान्डमा भएको हो । कोभिड-१९ को महामारी पछि पहिलो पटक १३ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको हो ।...
भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० जनाको ज्यान गयो

भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० जनाको ज्यान गयो

अन्तर्राष्ट्रिय, ताजा अपडेट
भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको ज्यान गएको छ । अहिलेसम्म १४ जना घाइतेको उद्धार गरिएको छ । त्यहाँको राष्ट्रिय राजमार्ग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सडकमाथिको पहाड खस्दा यस्तो हताहती भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । पहिरोमा गाडीसहित केही यात्रु पुरिएको आशङ्का गरिएको छ । पहिरो गएको जानकारी पाउना साथ राहत र उद्धारको टोली खटिएको त्यहाँको प्रशासनले जनाएको छ । पहिरो पछि पनि ठूला ढुङ्गा खसिरहेकाले उद्धारमा केही कठिनाइ भएको छ । हिमाञ्चल प्रदेशका मुख्मन्त्री जयराम ठाकुरले पहिरोमा पुरिएकाहरुको उद्धारका लागि हरसम्भव प्रयास गरिने बताउनु भएको छ ।...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार गराएको छ । योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ । नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । उनले प्रक्रिया पुरा गर्नुपर्ने बताएपछि मन्त्रिपरिषदमा पुगेको नियुक्ति प्रस्तावमाथि छलफल हुन पाएको थिएन । तर, न...
पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु

पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पोखरीमा डुबेर खोटाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ बसाहथान स्थीत आकाशे पानी जम्मा गर्न खनिएको पोखरीमा डुबेर बाहुनीडाँडाका अन्दाजी ४५ वर्षिय साबु राई (तुफान) को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । खेल्दै गरेका बालबालीकालाई पोखरीमा नखेल्न आग्रह गर्दै जाने क्रममा मंगलबार अपरान्ह ४ः३० बजे उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले जानकारी दिनुभयो । मृतक राईलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ । अपाङ्ग समेत रहेका मृतक राई बिगत ९ बर्ष देखि परिवार सहित हलेसीमा बस्दै आएको स्थानीयले बताएका छन । सोही पोखरीमा बि.स. २०५९ सालमा एक बालकको पनि डुबेर मृत्यु भएको थियो ।...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाएको छ । विभिन्न माध्यम र साधनको प्रयोग गरि रोडा ढुंगा उत्खनन र निकासी भैरहेको सूचना प्राप्त भएपछि नदिजन्य वस्तुको उत्खनन र निकासीमा स्थानीय प्रशासनले रोक लगाएको हो । गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन बिनै ढुङ्गा, बालुवा सकंलन, निकासी पैठारी भएको पाइएपछि गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै यस्तो कार्यमा रोकलगाएको हो । जथाभावी उत्खनन कार्य तिब्र रुपमा बढेकाले, धार्मिक सास्कृतिक परम्परा र जैविक विविधतालाइ नराम्रो असर पर्ने हँुदा प्रतिबन्ध गरिएको गाउँपालिकाले जनाएको छ । बातावरणमा पर्ने समभाबित प्रभावलाई मध्यनजर गर्दै उत्खननमा रोक लगाईएको गाउपालिका अध्यक्ष भुपेन्द्र राईले बताउँनु भयो ।...
खोटाङमा डढेलोबाट एक बर्षमा ६ सय बढी हेक्टर वन क्षेत्रफल प्रभावित

खोटाङमा डढेलोबाट एक बर्षमा ६ सय बढी हेक्टर वन क्षेत्रफल प्रभावित

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा आर्थिक बर्ष २०७७\०७८ मा ६ सय हेक्टर बढी वन क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लाको बिभिन्न सामुदायिक वनमा लागेको डढेलोले एक बर्षमामा ६ सय २९ हेक्टर क्षेत्रफल वन प्रभावित भएको डिबिजन वन कार्यलय खोटाङले जनाएको छ । डिबिजन वन कार्यलय खोटाङका अनुसार सबै भन्दा धेरै जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २ सय ९० हेक्टर क्षेत्रफल सामुदायिक वनमा डढेलो लागेको छ । यस्तै ऐसेलुखर्क गाउँपालिकाको १ सय ८७, केपिलासगढी गाउँपालिकाको १ सय २८, हलेसी तुवाचुङ नगरपालिकाको २२ र रावाबेसी गाउँपालिकाको २ हेक्टर वन क्षेत्रफलमा डढेलो लागेहो हो । बिभिन्न मितिमा लागेको डढेलो बाट रुख बिरुवासँगै ३ वटा घर र ४ सय मिटर पानीको पायप जलेर नष्ट भएको डिबिजन वन कार्यलय खोटाङले जनाएको छ ।...
अष्ट्रेलिया मात्र ६२ रनमा अल आउट

अष्ट्रेलिया मात्र ६२ रनमा अल आउट

Banner News 3, खेलकुद, ताजा अपडेट
अष्ट्रेलिया बंगलादेशसँगको पाँचौं तथा अन्तिम टि२० आई खेलमा मात्र ६२ रनमा अल आउट भएको छ । अष्ट्रेलियालाई अन्तिम खेलमा ६० रनले पराजित गर्दै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिज ४–१ ले जितेको छ । जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १३.४ ओभरमा ६२ रनमा अल आउट भयो । अष्ट्रेलिया ये टि२० आई इतिहासकै सवैभन्दा कम योगफल हो । यसअघि अष्ट्रेलिया टि२० आईमा सबैभन्दा कम योगफल इंग्ल्यान्डविरुद्ध २००५ मा ७९ रन थियो । अष्ट्रेलिया कप्तान म्याथ्यु वेडले २२ बलमा २ छक्का सहित सर्वाधिक २२ रनको योगदान दिए । बेन म्याकडेरमोट १६ बलमा १ छक्का सहित १७ रनमा आउट भए । अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ड्यानियल क्रिष्टिउन ३, मिचेल मार्श ४, एलेक्स केरी र मोइजेस हेनरिक्स ३–३ रनमा आउट भए । तल्लोक्रमका एश्टन टर्नर १ र एश्टन अगर २ रनमा आउट भए । बंगलादेशका स्पिनर सकिब अल हसन ३...