प्राविधिक र अडिट खर्चका नाममा रकम झ्वाम, योजना फछ्र्यौट भएको तीन वर्ष पुग्दा शौचालय अधुरै
राजकुमार भट्टराई (सरगम)
खोटाङ, वैशाख ३१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित पञ्चावतीदेवी प्राथमिक विद्यालयको शौचालय निर्माणको काम सम्पन्न नभइ भुक्तानी भएको पाइएको छ । विद्यालयमा शौचालय नहुँदा विद्यार्थी अहिले पनि पाखा भित्तामा दिसापिसाब गर्न बाध्य छन् । तर शौचालय निर्माण सम्पन्न गरेको भनेर विद्यालयले २०७७ सालमै रु १५ लाख पैसा लगिसकेको छ ।
२०७२ सालमा गएको भुकम्पले क्षति गरेका विद्यालयका संरचना पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई–शिक्षा कार्यालय करीब ०७४ सालदेखि दिक्तेलमा बसेको थियो । सोही कार्यालयको रु १५ लाख बजेटबाट पञ्चावतीदेवी प्रा.वि बाहुनीडाँडाको शौचालय निर्माण गर्ने गरी १३ असार २०७६ मा सम्झौता भएको देखिन्छ । बाहिर पानीको धारासहित तीन कोठे शौचालय २१ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौता म...









