Friday, April 24News That Matters

Author: रुपाकोट खबर

दिक्तेलमा प्रदर्शन गरिएको लाखे नाँच (फोटो फिचर)

Banner News 3, ताजा अपडेट, धर्म संस्कृति, मल्टिमिडिया
खोटाङ, साउन २७ । खोटाङको सदरमुकाम दिक्तेलमा प्रदर्शन गरिएको लाखे नाँच,    
स्वर्गीय गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने

स्वर्गीय गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने

ताजा अपडेट, धर्म संस्कृति, मनोरञ्जन, समाचार
खोटाङ, साउन २६ । स्वर्गीय गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने भएको छ । गायक जनमसँग सम्बन्धित लेख रचना समेटेर जनम थुलुङ प्रतिष्ठानले स्मृति प्रकाशन गर्न लागेको जनाएको छ । भावी पुस्ताका निम्ति स्व. गायक थुलुङले नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानलाई दस्तावेजीकरण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । तसर्थ उक्त स्मृति ग्रन्थमा प्रकाशन गर्नका लागि गायक थुलुङसँगको सम्बन्ध, अविस्मरणीय पल, थुलुङको व्यक्तित्व, किराती समुदायको भाषिक तथा सांस्कृतिक क्षेत्रमा उहाँको योगदान लगायतका विषयमा लेख, रचना, गीत, कविता, संस्मरण, तस्विर एवं प्रकाशनयोग्य अन्य सामाग्री पठाउन प्रतिष्ठानले अनुरोध गरेको छ । लेख रचना भाद्र १५ गतेसम्म rai2049jasihav@gmail.com, janamthulungmemorialfoundation@gmail.com मा मेल गर्न सकिने छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा जन्मिएका गायक थुलुङको ३३ वर्षको उमेरमा वि....
हलेसी तुवाचुङका सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनै पनि शुल्क लिन नपाउने

हलेसी तुवाचुङका सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनै पनि शुल्क लिन नपाउने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २६ । नेपालको संविधान २०७२ को भाग ३, धारा (३१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने व्यवस्था उल्लेख गरिएको छ । तथापी सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा शुल्क उठाउने गरेका छन् । यसै सिलसिलामा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कुनै पनि बहानामा शुल्क नलिने निर्णय गरेको छ । सरकारी विद्यालयले विभिन्न बहानामा शुल्क असुल्ने गरेको अभिभावकले गुनासो गरेपछि नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । निजि शिक्षकलाई तलब दिने बहानामा पनि विद्यालयहरुले विद्यार्थीबाट शुल्क असुल्ने गरेका छन् । सामुदायिक विद्यालयमा माध्यामिक तहसम्मको शिक्षा पुर्णरुपमा निशुल्क गर्नेगरी चालु आर्थीक वर्ष २०७९/८० मा नगरपालिकाले रु १७ लाख बजेट विनियोजन गरेर (जेरो फि) कार्यक्रम लागू गरेको छ । माध्यमिक १२ वटा, कक्षा १–८ आधारभुत १३ वटा ...
नगरले निर्माण गरेको सपिङ कम्प्लेक्सको जग्गा अहिलेसम्म अर्कैको नाममा

नगरले निर्माण गरेको सपिङ कम्प्लेक्सको जग्गा अहिलेसम्म अर्कैको नाममा

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २५ । दिक्तल रुपाकोट मझुवागढी नगरपालिकाले आन्तरीक स्रोतकारुपमा चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्स निर्माण गरेर गत फागुन ३ गते तामझामकासाथ उद्घाटन गर्यो । भवनको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, झट्ट हेर्दा संरचना नगरपालिकाको गतिलो आम्दानीको स्रोत बन्नेमा ढुक्क हुनुपर्ने जस्तो । अझ सपिङ कम्प्लेक्सको पछाडिको भागमा तयार भएको केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड लगायतका संरचनाले सुनमा सुगन्ध थपिएको भने जस्तै देखिन्थ्यो । नगरले निर्माण गरेको उक्त संरचनाको चौतर्फी तारिफसमेत भएको थियो । विडम्बना उक्त चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्स अहिले विवादै विवादमा फसेको छ । निर्माण सम्पन्न भएको ६ महिना नबित्दै वर्षाले संरचना भासिएपछि केही समय अगाडि विवादमा आएको कम्प्लेक्सको जग्गा नेपाल बाल मन्दिरको नाममा रहेको खुलेको छ । नगरपालिकाले आफ्नो आन्तर...
ओखलढुंगा : सबइन्जिनियरले नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाएको खुलासा

ओखलढुंगा : सबइन्जिनियरले नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाएको खुलासा

ताजा अपडेट, समाचार, समाज
साउन २५ । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन नं. २ ओखलढुंगामा कार्यरत सबइन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर सबइजिनियरको जागिर खाएको खुलेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको अभियोगमा मुद्दा दायर गरेको छ । यादवविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो । उनले सुनसरी टेक्निकल कलेज, धरानबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेको प्रमाणपत्रहरू, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा पेस गरी २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म जागिर खाएका थिए । अख्तियारमा उनको प्रमाणपत्र नक्कली भएको विषयमा उजुरी परेको थियो । अनुसन्धान गर्दा उनले नक्कली प्र...
चुनावमा माओवादीसँग गठबन्धन हुनसक्छ : एमाले स्थायी कमिटि सदस्य गौतम

चुनावमा माओवादीसँग गठबन्धन हुनसक्छ : एमाले स्थायी कमिटि सदस्य गौतम

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन २५ । नेकपा एमालेका स्थायी कमिटि सदस्य राजेन्द्र गौतमले आगामि चुनावमा नेकपा माओवादीसँग गठबन्धन हुनसक्ने बताउनुभएको छ । नेपाल प्रेस चौतारी खोटाङले बुधबार (आज) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मंसिर ४ गते देशभर एकै पटक हुने संघीय र प्रदेश सभाको चुनावमा प्रगतिसिल, लोकतान्त्रीक र देशभक्त राजनीतिक पार्टी तथा संगठनसँग मिलेर एमाले जाने निर्णय भएको गौतमले बताउनुभयो । कांग्रेसको नेतृत्वमा समाजवादमा नपुगिने भन्दै नेपालमा वामपन्थीहरु एक हुनुपर्ने गौतमको भनाइ छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री स्विकारेर एमालेले माओवादीसँग गठबन्धन गर्नेहोलानी भन्ने पत्रकारको प्रश्नमा कोही व्यक्तिलाई प्रधानमन्त्री स्विकारर्न नसकिने तर माओवादीसँग गठबन्धन हुन सक्ने स्थिायी कमिटि सदस्य गौतमको जफाव छ । गौतमले भन्नुभयो, “कोही व्यक्तिलाई चुनाव अगाडिनै ...
खोटाङमा १२ सय बढी नयाँ मतदाता थपिए

खोटाङमा १२ सय बढी नयाँ मतदाता थपिए

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २४ । खोटाङमा १२ सय बढी नयाँ मतदाता थपिएका छन् । स्थानीय निर्वाचन पश्चात असार १ गतेदेखि साउन १९ गतेसम्म सञ्चालन भएको मतदाता अभियानमा १२ सय ७६ जना नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय खोटाङ बजार र ऐँसेलुखर्कबाट उक्त नयाँ मतदाताले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामवली संकलन स्थगित भएको उहाँको भनाइ छ । नयाँ मतदाता थपिएकासहित जिल्लामा १ लाख ४५ हजार २८ जना मतदाता भएका छन् । एक संघीय र दुई प्रदेश सभा रहेको यस जिल्लामा १ सय ३६ मतदान स्थल र १ सय ९४ मतदान केन्द्र रहेका छन् । पालिकाहरुबाट ४ मतदान स्थल थप गर्ने प्रस्ताव आएपनि प्राविधिक कारणले नयाँ मतदान स्थल थप नभएको सूचना अधिकारी र...
खोटाङमा पुनः कोरोना देखियो, २१ जनामा संक्रमण पुष्टि

खोटाङमा पुनः कोरोना देखियो, २१ जनामा संक्रमण पुष्टि

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २४ । खोटाङमा पुनः कोरोना भाइरस (कोभिड—१९) देखिन थालेको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा गरिएको ५८ जनाको एन्टिजेन परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ३६ प्रतिशतमा संक्रमण देखिएको हो । जिल्ला अस्पताल खोटाङका प्रमुख डक्टर नितु लामाका अनुसार हिजोसम्म गरिएको ४४ जनाको परीक्षणबाट १५ जनामा संक्रमण देखिएको थियो । मंगलबार (आज) १४ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनिहरुलाई होम आइसोलेशनमा राखिएको ड. लामाले बताउनुभयो । कोरोनाको लक्षण देखिनथालेपछि जिल्ला अस्पतालसँगै स्थानीय तहहरुमा पनि कोरोना परीक्षण सुरु भएको छ । सबै स्थानीय तहको तथ्यांक भने आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनुभयो । देशभर ५ हजार बढी सक्रिय संक्रमित नेपाल भर पछिल्लो...
जालपाका पहिरो पीडितलाई रेडक्रसको राहत, नगरले प्रत्येक परिवारलाई २० हजार दिने

जालपाका पहिरो पीडितलाई रेडक्रसको राहत, नगरले प्रत्येक परिवारलाई २० हजार दिने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २३ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१२ जालपाका १३ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी खोटाङले राहत प्रदान गरेको छ । गत असार १७ गते गएको पहिरोले बिस्तापीत परिवारलाई सोमबार जालपा वडाकार्यालयमा पुगेर रेडक्रसले गैर खाद्य सामाग्रीको सेट राहत प्रदान गरेको हो । पहिरोले घर बगाएका एवं घर उच्च जोखिममा परेका जालपाका ९ घरपरिवार अहिले घर नजिकै बारीमा वडाले प्रदान गरेको त्रिपाल टागेर बसिरहेका वडाध्यक्ष दान बहादुर राईले बताउनुभयो । पहिरोले बिस्तापीत भएका प्रत्येक ९ परिवारलाई १ थान त्रिपाल, २ थान कम्बल, १ थान भाँडा सेट, एउटा बाल्टिन, २ थान सारी, कपडा, डोरी, १ थान हाइजिन किट (सरसफाइका सामान) प्रदान गरिएको हो । बाकी सामान्य क्षति भएका चार परिवारलाई १ थान त्रिपाल प्रदान गरिएको रेडक्रस सभापति ज्ञानेन्द्र जोसीले बताउनुभयो । राहत पाउनेमा जालपास्थित साबालुङ, खरबारी, घलेगाउँ, लम्बर्खुका स्थानीयहरु...
खोटाङमा सुरु भयो अक्सिजन उत्पादन

खोटाङमा सुरु भयो अक्सिजन उत्पादन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २३ । अक्सिजन लिन खोटाङबाट सिलिन्डर लिएर काठमाडौं र बिराटनगर जानु पर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्टको स्थापना भएसँगै उक्त समस्याको अन्त्य भएको हो । प्लान्ट सञ्चालनका लागि अहिले विद्युतको समस्या रहेको बायो मेडिकल टेक्निसियन उषा देवि श्रेष्ठले बताउनुभयो । “४ सय भोल्टेज भन्दा माथी विद्युतको आवश्यक पर्छ तर, सधै आवश्यक अनुसार भोल्टेज आउदैन । त्यसैले जेनेरेटर जडान गरिएको छ । अहिले अक्सिजन उत्पादनमा समस्या छैन ।” टेक्निसियन श्रेष्ठले भन्नुभयो । प्लान्टले एक दिनमा २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने उहाँको भनाइ छ । प्लान्ट निर्माणभएसँगै जिल्लामा अब अक्सिजनको कुनै समस्या नहुने जिल्ला अस्पताल खोटाङका प्रमुख डक्टर नितु लामाले बताउनुभयो । “यस अगाडि अक्सिजन लिन सिलिन्डर लिएर काठमाडौं, बिराटनगर जानुपर्ने बाध्यता थियो । कोरोना भाइरस (कोभिड–१९) फैलिए...