खोटाङमा अब बिरामीले रगत निशुल्क पाउने
खोटाङ, साउन १४ । खोटाङमा रगत निशुल्क पाइने भएको छ । रगत आवश्यक पर्ने बिरामीले जिल्लाका सबै स्वास्थ्य संस्थाबाट रगत निशुल्क पाइने व्यवस्था लागू भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोग र नेपाल रेडक्रस सोसाइटी खोटाङको व्यवस्थापनमा बिरामीलाई रगत निशुल्क गरिएको हो । नगरपालिकाले चालु आर्थीक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा रगत निशुल्क गर्ने घोषणा गरेको थियो । यस अघि १ पिन रगतको (३०० एमएलको १ पिन) ९ सय ५० रुपैयाँ लिने गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र बजिमयले बताउनुभयो । नगरपालिकाले आर्थीक व्यवस्थापन गरेसँगै साउन १ गतेबाटै रगत निशुल्क प्रदान गर्न थालिएको उहाँको भनाइ छ ।
“दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा रगत निशुल्क प्रदान गर्न थालिएको हो । जिल्ला अस्पताल खोटाङमा मात्र नभएर जिल्लाका अन्य जुनसुकै स्वास्थ्य संस्थामा रगत आवश्यक परेमा रेडक...









