Wednesday, August 26News That Matters

स्थानीय

रावा बेसी गाउँपालिकाका कृषकलाई मौरी पालन तालिम

रावा बेसी गाउँपालिकाका कृषकलाई मौरी पालन तालिम

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
प्रेम श्रेष्ठ खोटाङ, पुस २३ । खोटाङको रावा बेसी गाउँपालिकाका कृषकलाई मौरी पालन तालिम प्रदान गरिएको छ । इको हिमाल नेपाल र गाउँपालिकाको संयुक्त आयोजनामा कृषकलाई सेरेना जातका मौरी पालनको तालिम प्रदान गरिएको हो । गाउँपालिका–५ दुवेकोलस्थित समान्तादेवी कृषि वन स्रोत केन्द्रको भवनमा प्रदान गरिएको ७ दिने तालिमको शनिबार समापन गरिएको छ । तालिममा हाल मौरी पालिरहेका एवं पाल्न इच्छुक ३५ जना कृषकको सहभागिता रहेको इको हिमाल नेपालका कृषि अधिकृत सुमन पराजुलीले जानकारी दिनुभयो । तालिमको सहजिकरण गोदावरी मौरी विकास केन्द्रमा लामो समय प्राविधिकको रुपमा कार्यरत अनुभवी पूर्व बाली संरक्षण अधिकृत सीताराम ढकालले गर्नुभएको थियो । आधुनिक तरिकाले मौरी पालन कसरी गर्न सकिन्छ भनेर तालिमबाट ज्ञान प्राप्त भएको सहभागि कृषकले बताएका छन् । आगामि दिनमा व्यवसायिकरुपमा मौरी पालन गर्न हौसला मिलेको उनिहरुको भनाइ छ । गाउँपालिका...
नेपाल दशनामी खोटाङको तेस्रो जिल्ला अधिवेशन भोली

नेपाल दशनामी खोटाङको तेस्रो जिल्ला अधिवेशन भोली

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २३ । नेपाल दशनामी जिल्ला कार्यसमिति खोटाङको तेस्रो जिल्ला अधिवेशन आइतबार अर्थात भोली हुँदैछ । हलेसीमा भोली हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको समितिका सचीव खगेन्द्र वनले जानकारी दिनुभयो । सचिव वनका अनुसार अधिवेशनको लागि केन्द्रीय अध्यक्ष रुद्र गिरि, महासचिव तुलसिराज गिरि कार्यक्रम स्थल हलेसी आईपुग्नु भएको छ । भोलि होटल हलेशि भिलेजमा हुने अधिवेशनबाट नयाँ कार्यसमिती चयन गर्ने कार्यक्रम रहेको छ । यस्तै, खोटाङ जिल्लामा निर्वाचित भई जनप्रतिनिधिको रुपमा काम गरिरहेका दशनामी जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम रहेको सचिव वनले बताउनुभएको छ ।...
युवा प्रतिभा पहिचानमा रुपेश र कविता प्रथम र दोस्रो हुँदै प्रदेशका लागि छनोट

युवा प्रतिभा पहिचानमा रुपेश र कविता प्रथम र दोस्रो हुँदै प्रदेशका लागि छनोट

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २३ । खोटाङको खोटेहाङ गाउँपालिकाले आयोजना गरेको युवा प्रतिभा पहिचान तथा प्रोत्साहन प्रतियोगिताको प्रथम र दोस्रो हुँदै रुपेश फुयल र कविता वन प्रदेशका लागि छनोट भएका छन् । शुक्रबार गाउँपालिकाको कार्यालयमा भएको जिल्ला स्तरीय युवा प्रतिभा पहिचान तथा प्रोत्साहन प्रतियोगितामा सोही गाउँपालिकाका फुयल प्रथम भएका छन् । उनले नगद रु १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको दोस्रो हुने ऐँसेलुखर्क गाउँपालिकाकी कविता बनलाई नगद रु ७ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रथम र दोस्रो हुँदै प्रदेशमा हुने प्रतियोगिताका लागि रुपेश र कविता छनोट भएका हुन् । यस्तै प्रतियोगिताको तेस्रो खोटेहाङ गाउँपालिकाका रोहित राई भएका छन् । उनले नगद रु ४ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा सहभागिहरुले आफ्ना उपाय (आइडिया) प्रस्तुत गरेका थिए । युवाहर...
अनुप स्मृति गोल्डकपको उपाधि लगातार नेर्पाको पोल्टामा

अनुप स्मृति गोल्डकपको उपाधि लगातार नेर्पाको पोल्टामा

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २३ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको फाइनल खेलमा आयोजकसमेत रहेको दिक्तेल फुटबल क्लब (डिएफसी) लाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक नेर्पाले उपाधि जितेको हो । यस अघि दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको सुरु देखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको थियो । विजेता नेर्पाले २ लाख ५१ हजार नगदको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता (डिएफसी)ले १ लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गर्नुभएको थियो । सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ ...
हलेसी तुवाचुङ : पाठेघर खसेकाहरुको उपचार गर्न घर/घरमा स्वास्थ्यकर्मी जादै

हलेसी तुवाचुङ : पाठेघर खसेकाहरुको उपचार गर्न घर/घरमा स्वास्थ्यकर्मी जादै

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुको पाठेघर जोगाउन स्वास्थ्यकर्मीलाई प्रत्येक घरमा पठाउने भएको छ । पाठेघर (आङ) खस्ने महिलाहरुको मुख्य समस्याको रुपमा रहेकाले त्यसको उपचारका लागि प्रत्येक घरमा स्वाथ्यकर्मी खटाउन लागिएको नगरपालिकाले जनाएको छ । महिलाको पाठेघरको उपचारकालागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत शुक्रबार ११ वटै वडाका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । पाठेघरको रोग पहिचान र त्यसको उपचार सम्बन्धि सुनौलो परिवार नेपाल संस्थाबाट प्रशिक्षक ल्याएर नगरपालिकाका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । दोस्रो चरणको कार्यक्रम अन्तरगत तालिम लिएका स्वास्थ्यकर्मीहरु माघ १ गतेबाट ९ गतेसम्म नगरपालिकाको प्रत्येक घरमा पुग्नेछन् । एक जना सहयोगी लिएर स्वास्थ्यकर्मीहरु आफ्...
दुई वर्ष पछि हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा

दुई वर्ष पछि हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २२ । रावा बेसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्तहिक हाट सञ्चालनमा आएको छ । कोभिड–१९ को कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुनः गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । १० पुस २०७७ मा गाउँपालिका केन्द्र नजिकै साप्ताहिक हाट सुरु गरिएको थियो । तर कोभिड–१९ को कारण ३ महिना सञ्चालन भएर बन्द भएको थियो । हटिया अर्थात साप्ताहिक हाट बन्द भएपछि कोरोना संक्रमितहरुलाई राख्न उक्त स्थानमा गाउँपालिकाले क्यारेन्टाइन निर्माण गरेको थियो । सोही स्थानमा आज अर्थात पुस २२ गतेबाट हाट सञ्चालनमा आएको छ । हाट सञ्चालनमा आएको पहिलो दिन क्रेता एवं बिक्रेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय स्तरमा उत्पादन भएका मुला, साग, बन्दा, अदुवा, लसुन, उखु, भुइकटहर, सखरखण्ड, सुन्तला, केरा, दाल लगायतका कृषि उपज लिएर कृषकहरु बिक्री गर्न बजार आएका थिए । हाटमा खाजा नास्ताको लागि होटल एवं लत्त...
लफ्याङका ५० जना बृद्धबृद्धालाई नगरले दियो फाइबरको सिरक

लफ्याङका ५० जना बृद्धबृद्धालाई नगरले दियो फाइबरको सिरक

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २० । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–५ लफ्याङका बृद्धबृद्धाले फाइबरकोे सिरक पाएका छन् । वडा भित्रका ८२ वर्ष पुगेका सबै ५० जना बृद्धबृद्धालाई बुधबार नगरपालिकाले सिरक बितरण गरेको हो । नगरपालिकाको महिला तथा बालबालिका शाखाबाट सञ्चालन भइरहेको उपमेयरसँग महिला कार्यक्रम अन्तरगत १ लाख ५० हजार बजेटबाट सिरक वितरण गरिएको जनाइएको छ । सिरक वितरणसँगै सोही रकमबाट बृद्धबृद्धालाई चिया खाजाको व्यवस्था साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको शाखा प्रमुख इरन राईले बताउनुभयो । नगरपालिकाका १५ वटै वडाका बृद्धबृद्धालाई विभिन्न तरिकाले यसरी नै सम्मान गरिने उपमेयर विसन राईले बताउनुभयो । ‘बुवा आमा भनेका हाम्रा भगवान हुन् । त्यसैले हामीले भगवानको पुजा गरेका हौँ । गाउँको बिगटताका कारण अभाव धेरै छन् । सबै अभाव त हामी टार्न सक्दैनौँ । यो जाडो मौसममा न्यानोका लागि सम्मानस्वरुप हामिले फाइबरको सिरक प्रद...
खोटेहाङ गाउँपालिका सडक खण्डहरुको नयाँ भाडादर कायम

खोटेहाङ गाउँपालिका सडक खण्डहरुको नयाँ भाडादर कायम

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २० । खोटेहाङ गाउँपालिकाको सडक खण्डहरुमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर कायम गरिएको छ । गाउँपालिका, खोटाङ यातायात प्र.लि. र यातायात व्यवसायीहरुको मंगलबारको बैठकले नयाँ भाडादर कायम गरेको हो । कायम गरिएको भाडादर बुधबार बाटै लागू भएको गाउँपालिकाले जनाएको छ । बस, जिप तथा साना सबै प्रकारका सार्वजनिक सवारी साधन सवारी सधान तोकिएको भाडा अनुसार सञ्चालन गर्ने यातायात प्रा.लिले जनाएको छ । हेर्नुहोस् कायम गरिएको नयाँ भाडादर...
खार्मीलाई हराउदै ओखलढुंगा सेमिफाइनलमा प्रवेश

खार्मीलाई हराउदै ओखलढुंगा सेमिफाइनलमा प्रवेश

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस १९ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मंगलबार भएको एक मात्र खेलमा मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा विजयी भएको छ । खारम्बु स्पोर्टस क्लव खार्मी खोटाङलाई १–० गोलले पराजित गर्दै ओखलढुंगा सेमिफाइनलमा प्रवेश गरेको हो । दुवै टिमले केही सुन्दर अवसर पाए पनि निर्धारित समयमा गोल हुन सकेन । गोलरहित बराबरी पश्चात १० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयमा ओखलढुंगाका जर्सी नम्बर १५ मनकृष्ण राईले गोल गर्दै आफ्नो टिमको जीत सुनिश्ति गरे । उनी खेलको म्यान आफ द म्याच पनि घोषित भए । ओखलढुंगाले अब सेमिफाइनलमा भोली हुने दिक्तेल फुटवल क्लब खोटाङ र मितेरी युवा क्लव मोरङ बिचको विजेतासँग खेल्ने छ । उक्त खेल भोली दिउसो ३ बजे हुने आयोजकले जनाएको छ । सेमिफाइनल पुग्न भोली दिउँसो १ बजे नेर्पा स्पोर्टस क्लव नेर्पा खोटाङ र साकेला गाउँपालिका खोटाङ प्रतिस्पर्धा गर्दै छन् । यी दुई टिमको बि...
कुटपिट भएको भन्दै कर्मचारीको विरोध, घटनाको वास्तविकता के हो ?

कुटपिट भएको भन्दै कर्मचारीको विरोध, घटनाको वास्तविकता के हो ?

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । कर्मचारी माथी कुटपिट भएको भन्दै रावा बेसी गाउँपालिको कार्यालयमा कार्यरत कर्मचारीले विरोध जनाएका छन् । सब इन्जिनियर विजय आचार्यालाई जनप्रतिनिधि र सुरक्षाकर्मीको सामुन्ने कुटपिट गरिएको भन्दै कर्मचारीले विज्ञप्ति निकालेर विरोध जनाएका हुन् । ‘पौष १६ गते शनिबार दिउँसो १ बजेको समयमा आचार्यलाई ऐँसेलुखर्क गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी र रावा बेसी गाउँपालिकाका जनप्रतिनिधि समेतको सामुन्ने खाना खाएर बसिरहेको अवस्थामा केहि व्यक्तिहरुबाट निर्घात कुटपिट भई साङघातिक आक्रमण भएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ कर्मचारीको संयुक्त विज्ञप्तिमा लेखिएको छ । घटनामा संलग्न जो कोहिलाई चित्त नबुझेको विषयमा असमझदारीको वार्ता तथा कुनै माध्यमबाट समाधानको विकल्प र कानुनी उपचार खोज्ने ढोका खुल्ला हुँदा हुँदै राष्ट्रसेवक कर्मचारी प्रतिको पेशालाई अपमानित, मनोवल गिराउने र अभद्र व्...