Tuesday, April 21News That Matters

स्थानीय

हलेसी तुवाचुङ : सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पढाउन नगर शिक्षक नियुक्त

हलेसी तुवाचुङ : सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पढाउन नगर शिक्षक नियुक्त

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरेको छ । सुत्केरी बिदामा शिक्षक बस्दा विद्यार्थीहरुको पढाइ बिग्रिने भएकाले बिदामा बसेका विद्यालयमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरिएको मेयर विमला राईले जानकारी दिनुभयो । प्रसूति हुनेहरुको सट्टामा ३ महिनाका लागि सट्टा शिक्षक राख्ने नगर शिक्षा समितिको मंसिर १३ गतेको निर्णय अनुसार मंसिर १५ गते नगरपालिकाले सूचना जारी गरेको थियो । सूचनाका आधारमा आएका व्यक्तिहरुको परिक्षा गरेर १ पुरुष र ३ महिला गरी ४ जना नगर शिक्षक छनोट गरिएको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिनुभयो । छनोट भएका तीन जना नगर शिक्षकलाई वडा नम्बर ९ स्थित सरस्वती प्राथमिक विद्यालय, वडा नम्बर ७ स्थित कालिका आधारभुत विद्यालय र वडा नम्बर २ स्थित बालकन्या आधारभुत विद्यालयमा नियुक्ती दिएर खटाइसकिएको छ । ...
खोटाङ : बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट

खोटाङ : बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, ४ पुस । खोटाङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको हो । सोमबार साँझ स्थानीय व्यवसायी दिपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताउनुभयो । आगलागीमा व्यपार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन् । ढुंगामाटो र पानी हालेर स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन् । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...

राज्यले दिएको अधिकार नपाएको खोटाङका ज्येष्ठ नागरिकको गुनासो

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ४ । राज्यले दिएको अधिकार नपाएको भन्दै खोटाङका ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् । गाडी भाडा, प्लेन भाडा, अस्पताल, बैकं र विद्युत कार्यालय लगायतका ठाउँहरुमा अन्याय भएको ज्येष्ठ नागरिकहरुको गुनासो छ । राज्यले दिएको अधिकार सुनिश्चित गर्न माग गर्दै ज्येष्ठ नागरिकहरु सोमबार जिल्ला प्रशासन पुगेका थिए । करीब ३० जनाको संख्यामा प्रशासन पुगेका ज्येष्ठ नागरिकहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाइँ समक्ष गुनासो राखेका छन् । गाडी भाडा र प्लेन भाडामा पाउनु पर्ने ५० प्रतिशत भाडा छुट नपाएको, गाडीमा ज्येष्ठ नागरिकलाई सिट सुरक्षित नगरिएको, अस्पताल, विद्युत कार्यालय र बैंकहरुमा अन्य नागरिकलाई जस्तै लाइनमा लगाइएको ज्येष्ठ नागरिकहरुको गुनासो छ । ‘सवारी .साधनमा ज्येष्ठ नागरिकलाई खोटाङमा छुट् दिदैनन्, ज्येष्ठ नागरिकको सिटमा बस्न पनि नपाइने अवस्था छ । विभिन्न कार्यालयहरुमा लाइनमा उ...
खोटाङमा अलैंची उत्पादनमा वृद्धि

खोटाङमा अलैंची उत्पादनमा वृद्धि

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ३ । खोटाङमा यस वर्ष अलैंची उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलानामा यस वर्ष जिल्लामा २५ मेट्रिक्टनले अलैंची उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । ज्ञान केन्द्रको तथ्यांक अनुसार अघिल्लो वर्ष १ हजार ४ सय २ हेक्टर जग्गामा अलैंची लगाउदा ५ सय ८५ मेट्रिक्टन अलैंची उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा अलैंची लगाउदा ६ सय १० मेट्रिक्टन अलैंची उत्पादन भएको हो । विशेष जिल्लाको जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अलैंची उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जय कुमार पण्डितले जानकारी दिनुभयो ।...

तलब बिनाको समितिको पदमा बस्न होडबाजी, दुई पटकको भेलाले पनि समिति छान्न सकेन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २ । खोटाङको दिक्तेलस्थित रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत मंसिर २६ गतेकालागि दोस्रो वार्षिक साधरण सभा बोलायो । सभा सफल पार्न जिल्ला समन्वय समितिको समिक्षालय हलमा उपभोक्ता पनि भेला भए । तर ५१ प्रतिशत उपभोक्ता उपस्थित नभएपछि सभा स्थगीत भयो । खानेपानी संस्थाले पुनः साधरणसभा गर्ने भन्दै पुस २ गतेलाई मिति तोक्यो । दोस्रो पटक पनि गणपुरक संख्या नभएको भन्दै सभा स्थगीत गरियो । तर उपभोक्ताको आवश्यक संख्या उपस्थित नभएको भन्दा पनि हालको समितिले चाहेको मान्छे नयाँ समितिमा निर्वाचित हुन कठीन हुने अवस्था देखिएपछि सभा स्थगीत भएको बुझिएको छ । ‘एक उपभोक्ताले भने, के को कम मानिस उपस्थित भएको हुनु, धेरै उपस्थित भएका थिए, तर आफुले चाहेको मान्छे अध्यक्ष लगायतका पदमा पराजित हुने स्थिती देखिएपछि साधरणसभा स्थिगीत गरेका हुन् ।’ ‘त्यो पदमा बसेर न भत्ता आउछ न तलब आउछ तर...

खोटाङका सरस्वती बजिमय कांग्रेसबाट समानुपातिक सांसदमा छनोट

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर २४ । नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ । जसमा खोटाङबाट कांग्रेसको केन्द्रिय सदस्य सरस्वती बजिमयको नाम पनि समावेश भएको छ । बजिमय आदिवासी जनजातिबाट कोटाबाट सांसद बन्नुभएको हो । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएको महामन्त्री गगन थापाले बताउनुभयो । संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ । थापाका अनुसार कांग्रेसले खसआर्यको पहिलो नम्बर रहेका डा.प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय भएको छ । आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ, थारुक...
खोटाङमा १४ उम्मेद्वारले बुझाए खर्च विवरण, भट्टराईको १० लाख, पासाङको १७ लाख (अरुको कती)?

खोटाङमा १४ उम्मेद्वारले बुझाए खर्च विवरण, भट्टराईको १० लाख, पासाङको १७ लाख (अरुको कती)?

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर २३ । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा खोटाङको ३ पदका लागि २२ जनाले उम्मेद्वारी दिएका थिए । २२ जना मध्ये १४ जनाले चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान छ । सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ । शुक्रबारसम्ममा २२ जनाले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । हालसम्म प्राप्त खर्च विवरण अनुसार प्रतिनिधिसभाका उम्मेद्वार माओवादी केन्द्रका रामकुमार राई (पासाङ) को १७ लाख ३३ हजार, एमालेका विशाल भट्टराईको १० लाख ९३ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाइएको छ । यस्तै प्रतिनिधिसभाका उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठको ८ लाख ८२ हजार ५ सय, नेपाल मजदुर किस...
सुरुक्षालाई मध्यनजर गर्दै हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामेरा जडान

सुरुक्षालाई मध्यनजर गर्दै हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामेरा जडान

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, मङ्सिर २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रि–धार्मिक स्थल हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामेरा जडान गरिएको छ । मन्दिरको सुरक्षाका लागि र अपराधीक क्रियाकलाप हुन नदिन पुनः क्यामेरा जडान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो । पहिले जडान गरिएको क्यामेरा चट्याङले बिगारे पछि एक वर्ष हलेसी मन्दिर सीसी क्यामेरा बिहिन बनेको थियो । क्यामेरा नहुँदा मन्दिरको भेटी लगायत विभिन्न सामान हराएपछि मेयर राईको निर्देशनमा पुनः जडान गरिएको नगर प्रवक्ता एवं वडाध्यक्ष कलम गिरीले बताउनुभयो । सुरुमा हलेसी महादेव मन्दिर व्यवस्थापन समिति र हलेसी महादेवस्थान विकास समितिको १५ लाख बजेटमा जडान गरिएको क्यामेरा चट्याङले बिगारेपछि अहिले हलेसीमहादेव मन्दिर व्यवस्थापन समितिको आठ लाख ६४ हजार बजेटमा १९ वटा क्यामेरा जडान गरिएको छ । पहिलाको क्यामेरा राखिएको ठाउँमै पुनःतार टाँगेर नया...
मैनबत्ती र दियो बालेर, छिनो र मार्तोलले खनिएको ऐतिहासिक सुरुङ कुलो

मैनबत्ती र दियो बालेर, छिनो र मार्तोलले खनिएको ऐतिहासिक सुरुङ कुलो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, संघर्षको कथा, समाचार, स्थानीय
राजकुमार भट्टराई खोटाङ, मङ्सिर २२ । वि.स. २०४४ सालमा खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर साविक ८ कट्टिस्थित देउराली डाँडालाई त्यहाँका नागरिकले छेड्ने निधो गरे । लोचा खोला (हौँचुर खोला) को पानी खेतसम्म ल्याउन अन्य बिकल्प नभएपछि हौँचुरका केही ब्यक्तिको नेतृत्वमा गाउँबाट अन्नबाली संकलन गरेर ओखलढुंगा मानेभञ्ज्याङका बिर्ख बहादुर मगरको समुहलाई सुरुङ खन्ने जिम्मा लागाइयो । गाउँलेको जग्गा कृषि बैंकमा धितो राखेर निकालिएको रु १ लाख ४४ हजार ऋण र संकलन गरिएको ४० मुरी अन्नबाट सुरुङ सम्पन्न गर्ने गाउँलेको सपना थियो । मगरको समुहले देउराली डाँडा मुनी केही भूभाग सुरुङ खने, तर माथीबाट पहिरो झरेर सुरुङ पुरियो । गाउँलेले फेरी लामिडाँडा तिर्पाका हर्क बहादुर मगरको समुहलाई सुरुङ खन्ने जिम्मा दिए । केही समय खनेपछि पुनः सुरुङ पुरियो, धन्न उनिहरु बाँचे भने उनिहरुले प्रयोग गरेका हम्मर, छिनो, गैति लगायतका सामान ...

डिप्लोमा इन्जिनियर एसोसिएसन (डिन) खोटाङको नयाँ कार्यसमिति चयन

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, मंसिर २१ । खोटाङमा डिप्लोमा इन्जिनियर एसोसिएसन (डिन नेपाल) को नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार दिक्तेलमा भएको डिनको १४ औँ जिल्ला सम्मेलन तथा अधिवेशनले इश्वर खुलाल (बस्नेत) को अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । डिनको उपाध्यक्षमा अग्निराज राई, सचिवमा गणेस राई, सह–सचिवमा गायस भट्टराई र कोषाध्यक्षमा सरगम राई सर्वसम्मत चयन हुनुभएको छ । यस्तै जिल्ला सम्मेलन तथा अधिवेशनले सन्तोष राउत, दिपेन्द्र राई, रेश्मा राई, पशुपती पुन, रोजनबाबु बस्नेत र शिसम राईलाई सदस्यमा चयन गरेको छ । केन्द्रिय समितिका सल्लाहाकार बर्मलाल राजभण्डारी र विष्णु बहादुर केसीको उपस्थितिमा जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न भएको डिन जिल्ला शाखा खोटाङले जनाएको छ । जिल्लामा विभिन्न निकायमा कार्यरत इन्जिनियरिङ प्राविधिकहरु करीब १०० जना डिनको सदस्य रहेका छन् ।...