खोटाङ : बार्दलीबाट लडेर बालिकाको मृत्यु, चट्याङ लागेर महिलाको ज्यान गयो
खोटाङ, चैत ९ । खोटाङमा दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बार्दलीबाट लडेर एक बालिकाको मृत्यु भएको छ भने चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुंगानाको २१ महिनाको छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु गएको हो । यस्तै, जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर ज्यान गएको हो ।
जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आएका पोखरेल दम्पतीको छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो । बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्पतालमा रेफर गरेपछि स...








