पर्यटकलाई त्रिधार्मिक स्थल हलेसिको महत्व बुझाउन तालिम दिएर गाइड राखिने
खोटाङ, असोज ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा पर्यटक गाइड राखिने भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन नगरपालिकाले पर्यटक गाइड राख्ने अवधारणा अघि सारेको हो ।
धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् ।
पर्यटकहरुलाई हलेसीको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तालुजनलाई यसको महत्व तथा वास्तविकता भनिने मेयर विमला राईले बताउनुभयो । ‘विभिन्न धारणाकासाथ हलेसीलाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइए...







