Saturday, October 24News That Matters

समाज

फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार, सङ्कलन भएको १ लाख बढी रकम परिवारलाई हस्तान्त्रण

फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार, सङ्कलन भएको १ लाख बढी रकम परिवारलाई हस्तान्त्रण

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ६ । मानसिक सन्तुलन गुमाएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी फुर्दिकु शेर्पाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । हाल उनको मानसिक अस्पताल लगनखेलमा निःशूल्क उपचार भइरहेको छ । छोरी क्रमिक ठिक हुँदै आएको उनका बुवा पेमा शेर्पाले बताउनुभयो । मानसिक सन्तुलन गुमाएकी ३० वर्षीया फुर्दिकुले सबैलाई आक्रमण गर्न थालेपछि थेग्न नसकेर परिवारले आगनमा काठको खोर बनाएर राखेका थिए । उपचारको लागि अस्पताल लान परिवारसँग प्रयाप्त आर्थिक नहुँदा फुर्दिकुलाई गत माघ १६ गतेदेखि थुनेर राखिएको थियो । फागुन १२ गते विभिन्न मिडियाले फुर्दिकुको विषयमा समाचार प्रकाशन गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्दार गरेर उपचारका लागि लगेको हो । समाचार पढेर एवं समाचार भिडियो हेरेर धेरै ब्यक्तिले आर्थिक सहयोग गरेका छन् । शेर्पाको उपचार र उनको छोराको पठनपाठका लागि सङ्कलन भएको एक लाख बढी रकम बुवा...
डुम्रेधारापानीमा आगलागीबाट घर र मतान जलेर खरानी

डुम्रेधारापानीमा आगलागीबाट घर र मतान जलेर खरानी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ६ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ । मंगलबार (आज) दिउँसो २ः४० बजे एक्कासि घरमा आगलागीहुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएको हो । घरमा वृद्धवृृद्धा मात्र भएको समयमा एक्कासि आको सुरु भएको थियो । स्थानीय नागरिक, प्रहरीहरु भेला भएपनि आगो नियन्त्रणमा लिन नसक्दा घर मतान सबै जलेर नष्ट भएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । मानवीय क्षति भने भएको छैन् । घर र मतान जलेर नष्टहुँदा सुनुवारको अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै खरानी भएका छन् । परिवारका सदस्यले शरीरमा लगाएको कपडा बाहेक अरु केही नबचेको वडाध्यक्ष पाण्डेले बताउनुभयो । ‘घरमा ९० वर्ष माथीका बुवा आमा मात्र हुनुहुदोरहेछ, अरु कामले घर बाहिर गएका रहेछन् । एक्कासी आगो लाग्न सुरु भएछ, म पनि पालिका ...
खोटाङमा डढेलोको उग्ररुप, सल्ले र धितुङमा २/२ घरसँगै ८० बढी पशुचौपाय सखाप

खोटाङमा डढेलोको उग्ररुप, सल्ले र धितुङमा २/२ घरसँगै ८० बढी पशुचौपाय सखाप

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ३ । खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र पशुचौपायहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ४ ठाउँमा डढेलो लागि रहेको छ । २ ठाउँको डढेलोले घरहरुमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेमा शुक्रबारबाट सुरु भएको डढेलोले हालसम्म २ वटा घर, एक मतान, एउटा बाख्रा फर्म र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष सुनिल राईले बताउनुभयो । यस्तै, धितुङमा शुक्रबारबाटै सुरु भएको डढेलोले २ वटा घर, ३ वटा गोठ र विभिन्न पशुचौपाय जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । चौतारा सामुदायिक वनबाट सुरु भएको डढेलोले धितुङ रातेखोलास्थित देवराज राईको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । घर भित्ररहेको अन्नपात, भाडाकुडा सबै जलेको छ । यस्तै गोठ जल्दा ४ ...
टुङ्गियो समावीको विवाद, व्यवस्थापन समिति अध्यक्षमा इन्दिरा बस्नेत

टुङ्गियो समावीको विवाद, व्यवस्थापन समिति अध्यक्षमा इन्दिरा बस्नेत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ३ । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विवाद टुङ्गिएको छ । सदस्य निर्वाचित भएर लामो समय अध्यक्ष चयन हुन सकेको थिएन् । शनिबारको छलफलले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत इन्दिरा बस्नेत कटुवाललाई चयन गरेको विद्यालयले जनाएको छ । समिति गठनका लागि गत जेठ २७ गते निर्वाचन भएको थियो । निर्वाचनमा एउटा प्यानलबाट इन्दिरा बस्नेत र डोरनाथ आचार्य, अर्को प्यानलबाट अकेला राई र नारायण राई निर्वाचित हुनुभएको थियो । शिक्षक प्रतिनिधि चन्द्रकुमार श्रेष्ठ पनि निर्वाचनबाटै चुनिनु भएको थियो । बाकी रहेको २ सदस्य मनोनयन गर्न र अध्यक्ष चुन्न पटक पटकको छलफलले सकेको थिएन् । ९ महिना पश्चात शनिबार फुर्वादोर्जी शेर्पा र सर्मिला विश्वकर्मालाई समितिको सदस्यमा मनोनित गरेर बस्नेतलाई अध्यक्ष सर्वसम्मत चुनिएको विद्यालयका प्रधानाध्यापक शिवहरी ढकालले बताउनुभ...
हलेसी तुवाचुङमा यो वर्ष पनि कक्षा ४–९ को परिक्षा एसईई मोडलमा हुने

हलेसी तुवाचुङमा यो वर्ष पनि कक्षा ४–९ को परिक्षा एसईई मोडलमा हुने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ३० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले यो वर्ष पनि पुनः विद्यालयहरुमा नगर स्तरीय वार्षिक परिक्षा सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयहरुको कक्षा ४–९ सम्मको वार्षिक परिक्षा (एसईई) मोडलमा नगरपालिकाले सञ्चालन गर्न लागेको हो । नगरपालिकाको निर्णय अनुसार (एसईई) को जस्तै परिक्षा केन्द्र तोकिने छ । फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा खटाइने छ । नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तर पुस्तिका परिक्षण गर्ने काम हुने छ । हलेसी तुवाचुङमा कक्षा ४–९ सम्मको वार्षिक परिक्षा अघिल्लो वर्षबाट (एसईई) मोडलमा नगर स्तरीय गर्न थालिएको हो । अघिल्लो वर्ष नगर स्तरीय परिक्षा सञ्चालन गर्दा विद्यार्थीको क्षमता र विद्यालयको अवस्थाको निष्पक्ष मुल्याङकन भएको मेयर विमला राईले बताउनुभयो । अघिल्लो वर्ष विद्यालयहरुको सन्तोषजनक नतिजा आएको थिएन् । यो वर्ष केही सुधार हुने अपेक्षा गरिएको मेयर राईको भ...
डढेलोबाट राजापानीमा घर र मतान, बस्तुलाई खोले पकाउने क्रममा राखाबांदेलमा घर जलेर नष्ट

डढेलोबाट राजापानीमा घर र मतान, बस्तुलाई खोले पकाउने क्रममा राखाबांदेलमा घर जलेर नष्ट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २६ । खोटाङमा एकै दिन तीन वटा घर जलेर नष्ट भएका छन् । जंगलमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पांग्रेका सुमित्रा राईको दुई वटा घर र मतान जलेको छ । यस्तै, गाईवस्तुलाई खोले पकाउने क्रममा सल्किएको आगोले ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल नैसालाका मदन दाहालको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय असोजे सामुदायीक वनमा लागेको डढेलोले सुमित्राको दुई तले दुई वटा घर र एक तले एउटा मतानको छानासमेत जलेको हो । यस्तै, एउटा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताउनुभयो । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय भबिन राईको बायाँ खुट्टा मर्किएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो साँढे तीन बने सामुदायीक वनमा लागेको डढेलोले घर जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ११ जना, ईलाका...
सरस्वती माविको ६४ औं वार्षिकोत्सव, पूर्व प्रअद्धारा अक्षय कोष स्थापना

सरस्वती माविको ६४ औं वार्षिकोत्सव, पूर्व प्रअद्धारा अक्षय कोष स्थापना

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २३ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयले ६४ औं वार्षिकोत्सव मनाएको छ । स्थापना भएको ६४ वर्ष पुरा भएको अवसरमा मंगलबार र बुधबार विभिन्न कार्यक्रम गर्दै विद्यालयले वार्षिकोत्सव मनाएको हो । वि.स. २०१७ सालमा स्थापना भएको सरस्वती माविमा हाल कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । कक्षा १–१२ सम्म ३ सय ४४ जना विद्यार्थी विद्यालयमा अध्ययनत रहेका छन् । वार्षिकोत्सवको अवसरमा विद्यालयको अवस्था एवं गतिविधि प्रस्तुत गर्दै प्रधानाध्यापक नविन चाम्लिङ राईले हाल विद्यालयसँग रु २५ लाख ९२ हजार ११३ रुपैयाँ ६८ पैसा मौज्दात रकम रहेको जानकारी दिनुभएको छ । विद्यालयमा निर्माण भएका भवनहरुमा रंग लगाउने, थप भवन निर्माण गर्ने, तारजालीको घेराबारा गर्ने, खानेपानीको उचित व्यवस्थापन गर्ने लगायतका कामहरु विद्यालयलाई तत्काल आवश्यक रहेकोसमेत बताउनुभएको छ । शैक्षिक गुणस्तरलाई माथि उक...
खोटाङकी १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या

खोटाङकी १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, फागुन २२ । खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलमा सोमबार राती धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको हो । खोटाङको ज्यामिरे घर भएकी किशोरी राई २ वर्षदेखि मामाको छोरा दाई विनोद राईको घर मोरङमा बसेर पढ्दै आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । नास्ता पसल सञ्चालन गर्दै आएका दाई विनोदलाई पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी बताइएको छ । प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीका अनुसार उनी बस्ने घर बाहिर शौचालय छ । कोठाबाट शौचालय जाने क्रममा हत्या भएक...
कृषकका कृषि उपज बजारीकरण गर्न नगरपालिकाद्धारा कृषि मार्ट सञ्चालन

कृषकका कृषि उपज बजारीकरण गर्न नगरपालिकाद्धारा कृषि मार्ट सञ्चालन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज बजारीकरणको लागि नगरपालिकाले आइतबारबाट कृषि मार्ट सञ्चालनमा ल्याएको हो । वडा नम्बर ७ महादेवस्थानस्थित ट्राफिक चोकमा चिस्यान केन्द्रसँगै कृषि मार्टको भवन निर्माण गरिको छ । उक्त भवनलाई सूचनामार्फत निजी संस्थालाई भाडामा दिएर सञ्चालन गरिएको हो । गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार ८ सय ३१ रुपैयाँमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको हो । सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा नगरपालिकाले निर्माण गरेको चिस्यान केन्द्रसहितको कृषि मार्ट मासिक रु १० हजार भाडामा सञ्चालनको लागि जिम्मा दिइएको नगरपालिका लेखा शाखामा कार्यरत भिम ढकालले जानकारी दिनुभयो । नगरपालिका भरीका कृषकहरुले कृषि मार्टमा लगेर कृषि उपज व...
एउटै वडामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा

एउटै वडामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १९ गते । भौगोलिकरुपमा ठुलो तथा विकट रहेको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा दिन थालिएको छ । दाम्लीमा रहेको डिकुवा स्वास्थ्य चौकीमा वडा भित्रका सबै नागरिकलाई आउन सहज नभएपछि तीन ठाउँबाट सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ । दाम्लीमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी यथावत छ । अघिल्लो वर्षदेखि डिकुवाको साविक १, २ र ३ वडालाई समेटेर रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साविक ६, ७, ८ र ९ नम्बर वडाका नागरिकलाई स्वास्थ्य सेवाबाट नजिक बनाउन छुम्पाङमा शनिबारदेखि शहरी स्वास्थ्य केन्द्र सुरु गरिएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयो । छुम्पाङमा अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको रु १९ लाख बजेटबाट ४ कोठे आरसिसि भवन निर्माण गरिएको छ । सोही भवनबाट शनिबारदेखि सेवा दिन सुरु गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।...