खोटाङमा डढेलोको उग्ररुप, सल्ले र धितुङमा २/२ घरसँगै ८० बढी पशुचौपाय सखाप
खोटाङ, चैत ३ । खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र पशुचौपायहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ४ ठाउँमा डढेलो लागि रहेको छ । २ ठाउँको डढेलोले घरहरुमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेमा शुक्रबारबाट सुरु भएको डढेलोले हालसम्म २ वटा घर, एक मतान, एउटा बाख्रा फर्म र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष सुनिल राईले बताउनुभयो । यस्तै, धितुङमा शुक्रबारबाटै सुरु भएको डढेलोले २ वटा घर, ३ वटा गोठ र विभिन्न पशुचौपाय जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष टेकराज राईले बताउनुभयो ।
चौतारा सामुदायिक वनबाट सुरु भएको डढेलोले धितुङ रातेखोलास्थित देवराज राईको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । घर भित्ररहेको अन्नपात, भाडाकुडा सबै जलेको छ । यस्तै गोठ जल्दा ४ ...








