Thursday, August 27News That Matters

समाज

हलेसी तुवाचुङ भन्छ खोइ पानी ? ठेकेदार भन्छ अब दुई महिनामा आउँछ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १८ । हलेसी तुवाचुङ नगरपालिकाका नागरिकको घरघरमा (बृहत पम्पिङ) मार्फत खानेपानी पु¥याउने भनिएको ५ वर्ष बितिसक्दा पनि आयोजनाको काम सकिएको छैन् । वि.स. २०७४ सालबाट सुरु भएको आयोजनाको ४ पटक म्याद थपिदा पनि काम अझै सम्पन्न नभएको हो । दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको आयोजनाको काम सम्पन्न हुने कुनै छाटकाट नदेखिएपछि नगरपालिका ‘एक्सन’ मा आएको छ । शनिबार जनप्रतिनिधि, संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समिति लगायतको छलफल आयोजना गरेर निर्माण कम्पनीलाई नगरपालिकाले खोइ पानी भन्दै प्रश्न गरेको छ । जवाफमा निर्माणको जिम्मा पाएका तिनै वटा निर्माण कम्पनीका प्रतिनिधिले अबको दुई महिनामा पानी ल्याउने बताएका छन् । दुई महिनामा काम सम्पन्न गर्नेगरी उनिहरुले कागजमा हस्ताक्षरसमेत गरेका छन् । सुक्खाग्र...
मात्तिमबाट दिक्तेल आउदै गरेको बस दुर्घटना, चार जना घाईते

मात्तिमबाट दिक्तेल आउदै गरेको बस दुर्घटना, चार जना घाईते

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १८। खोटाङको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट जिल्ला सदरमुकाम दिक्तेल आउदै गरेको बस दुर्घटना भएको छ । बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरास्थित सडकमा ब्रेक फेल भएर बस पल्टिँदा चार जना घाईते भएका छन् । बस गुडिरहेको सडकमा पल्टदा बसका सहचालक शारदा नगरपालिका सल्यानका मिलन मगरसहित अन्य तीन जना घाईते भएका हुन् । घाईते हुनेहरुमा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी रहेका छन् । चालक र सहचालक सहित पाँच जना सवार बसको ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस सडकमा पल्टिएको चालक सुदन बिकले बताउनुभयो । टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेको अवस्था सामान्य रहेकाले घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ ।...
हलेसी तुवाचुङमा फस्टाउदै कपास खेती

हलेसी तुवाचुङमा फस्टाउदै कपास खेती

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १६ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा कपास खेती फस्टाउदै गएको छ । दुई वर्ष अघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेती अहिले फस्टाउदै गएको हो । आर्थीक वर्ष २०७७/०७८ मा १० लाख बजेट बिनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको नगरपालिकाले अहिले पनि निरन्तर दिदै आएको छ । पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको थियो । कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको त्यस क्षेत्रका पुर्खाहरुको भनाइ छ । लोपोन्मुख बनेको कपास खेती र खाँडीका कपडाको संरक्षण र प्रवद्र्धन गर्नु नगरपालिकाको दायित्व रहेकाले बजेट बिनियोजन गरेरै काम सुरु गरिएको नगरपालिकाका मेयर बिमला राईले बताउनुभयो । ‘म यस नगरको उपमेयर हुँदै गर्दा मेरै नेतृत्वमा कपास खेती प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो । सुरुमा हामीले विभिन्न समुह मार्फ...
रावा बेसी : खाने तेलमा आत्मनिर्भर बन्न कृषकलाई तोरीको बिउ वितरण

रावा बेसी : खाने तेलमा आत्मनिर्भर बन्न कृषकलाई तोरीको बिउ वितरण

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १५ । खोटाङको रावा बेसी गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेको छ । पालिका भित्रका अधिकांश भूभागमा तोरी खेती हुनेभएकाले तेल बाहिरबाट आयत गर्न रोक्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ । रावा बेसी गाउँपालिकामा तेलहन बाली उत्पादनको लागि उर्वरभुमि हुँदाहुँदै पनि करोडौँको खाध्य तेल आयत भइरहेकाले पालिकाले तोरी खेती गर्ने कार्यक्रम सुरु गरेको पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । केही समय अघि ६ वटै वडाको तोरी खेती हुने भूभागको छनोट गरेर कृषकहरुबाट पालिकाले आवेदन माग गरेको थियो । कृषकहरुले दिएको आवेदनको आधारमा तोरीको बिउ वितरण गर्न सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसीको भूभाग तोरी खेतीकालागि छनोट भएका छन् । यस्तै...
खोटाङ सेवा समाज कतारद्धारा जिल्ला कारागारलाई पुस्तक सहयोग

खोटाङ सेवा समाज कतारद्धारा जिल्ला कारागारलाई पुस्तक सहयोग

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १० । खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई पुस्तक सहयोग गरेको छ । कारागारमा जेल जीवन बिताइरहेका कैदिबन्दीलाई लक्षित गर्दै सेवा समाजले विभिन्न प्रकारका पुस्तकहरु सहयोग गरेको हो । कारागारमा यस अघि नै पुस्तकालय स्थापन भइसकेको छ । जसमा आवश्यक पुस्तकसँगै अन्य समाग्री सेवा समाजले कारागारलाई सहयोग गरेको बताइएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह लगायतको हातबाट सेवा समाजले पुस्तक लगायतका अन्य आवश्यक सामाग्री हस्तान्त्रण गरेको छ । २ सय ५५ थान पुस्तक, २ थान पुस्तक राख्ने र्‍याक र एक/एक थान टेबल र बेन्च कारागारलाई प्रदान गरिएको खोटाङ सेवा समाज कतारका वरिष्ठ उपाध्यक्ष डिल्लीशेर खड्काले बताउनुभयो । विभिन्न कारणले जेलमा सजाय भोगिरहेका ब्यक्तिहरुले पुस्तक पढेर नयाँ ज्ञान आर्ज...
खोटाङमा शान्तिपुर्ण रुपमा मतदान सुरु

खोटाङमा शान्तिपुर्ण रुपमा मतदान सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर ४। प्रतिनिधिसभा र प्रदेशसभाको लागि खोटाङमा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको छ । तोकिएको समय अनुसार बिहान ७ बजेबाट सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण तरिकाले मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाईले जानकारी दिनुभयो । जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । त्यी सबै मतदान केन्द्रहरुमा अहिले धमाधम मतदान भइरहेको छ । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।...
खोटाङमा एक मतदान स्थलका सबै कर्मचारी महिला

खोटाङमा एक मतदान स्थलका सबै कर्मचारी महिला

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर ३ । मंसिर ४ (भोली) हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि खोटाङको एक मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी सबै महिला नै रहेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय ‘ख’ मतदान स्थलको मतदान अधिकृत सर्मिला राई, सहायक मतदान अधिकृत इरन राई, सहायक कर्मचारी अरुणा बानियाँ, कल्पना पोखरेल, देवि राई, सविता ढकाल, सिता यादव र सहयोग कर्मचारी सरस्वती दाहाल गरेर सबै कर्मचारी महिला खटिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, जिल्लाका १५ मतदान स्थलका मदतान अधिकृत महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो । खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र करीब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । जिल्...
निर्वाचनमा परिचयपत्रको दुरुपयोग गरेमा कारबाही हुन्छ : पत्रकार महासंघ खोटाङ

निर्वाचनमा परिचयपत्रको दुरुपयोग गरेमा कारबाही हुन्छ : पत्रकार महासंघ खोटाङ

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पत्रकारको परिचयपत्र दुरुपयोग गर्नेलाई कानुन बमोजिम कारबाही हुने पत्रकार महासंघ खोटाङले जनाएको छ । चुनावको दिन परिचयपत्रका आधारमा पत्रकारलाई सवारी सधान चलाउन दिने निर्णय भएको छ । तर पत्रकारको परिचयपत्र बोकेर अन्य व्यक्तिले सवारी साधन चलाउन सक्ने भएकाले त्यस्ता व्यक्तिलाई कारबाही हुने महासंघ खोटाङका अध्यक्ष दिलिप खत्रीले जारी गरेको अपिलमा उल्लेख गरिएको छ । अपिलमा लेखिएको छ, ‘मंसिर ४ गते मतदानको दिन सञ्चारकर्मीलाई समाचार संकलन लागि सम्बन्धित निकायले दर्ता भएका मिडिया हाउसले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा आवतजावत गर्न दिने सहमती भएको छ । समाचार शाखाका कार्यरत पत्रकारले मात्र परिचयपत्र देखिने गरि निर्वाचनको दिन सवारी साधानको प्रयोगसहित समाचार संकलनमा खटिन महांसघ आग्रह गर्दछ । यदि समाचारमा काम गर्ने बाहेक अन्यले परि...
खोटाङ : निर्वाचन तयारी अन्तिम चरणमा, मतदान र मतगणना स्थल निर्माण हुँदै

खोटाङ : निर्वाचन तयारी अन्तिम चरणमा, मतदान र मतगणना स्थल निर्माण हुँदै

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २ । खोटाङमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभयो । मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री लिएर बिहिबार पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भंग गर्न निषेध सम्वन्धी सूचना टाँस गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलको ‘ख’ मतदान केन्द्रका सहायक मतदान अधिकृत इरन राईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर आचारसंहिता निर्माण गर्ने कार्य भएको छ । यस्तै मतदनान स्थलमा पस्ने गेट निर्माण र कर्मचारी परिचयपत्र बनाउने काम भएको उहाँले बताउनुभयो । खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्म...
दिक्तेल–आहाले सडकको काम सुचारु नभए मेयर\उपमेयर थुन्ने स्थानीयको चेतावनी

दिक्तेल–आहाले सडकको काम सुचारु नभए मेयर\उपमेयर थुन्ने स्थानीयको चेतावनी

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १ । दिक्तेल–आहाले सडकखण्डको कालोपत्रे गर्ने कार्य तत्काल सुचारु गर्न माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१ हाडडाँडाका स्थानीयले मेयर तीथराज भट्टराई ज्ञापन–पत्र बुझाएका छन् । सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई कार्यालयमा थुन्ने चेतावनीसहितको ज्ञापन–पत्र स्थानीयले बुझाएका हुन् । दिपेन्द्र बस्नेत, बिनोद खड्का लगायतका स्थानीय युवाले बिहिबार मेयरको कार्यकक्षमै पुगेर ज्ञापन–पत्र बुझाउदै तत्काल काम सुचारु गर्न माग गरेका छन् । स्थानीय हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा भदौ १९ गते नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गर्न÷गराउन माग गरेका थिए । उक्त मागको सुनाई नभएपछि दिक्तेलबजारमा सवारी आ...