Thursday, August 27News That Matters

समाज

हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्रका १५ महिना सम्मका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै हलेसी तुवाचुङ नगरपालिकालाई आज (बुधबार) एक कार्यक्रमका बिच बाजागाजा सहित पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । वि.स. २०७८ वैशाख देखि ०७९ वैशाखसम्ममा नगरपालिका भित्रका ५ सय ११ जनाले पुर्ण खोप प्राप्त गरेका छन् । जसमा ९६ प्रतिशत नगरपालिका आफैले खोप प्रदान गरेको हो भने अन्य ४ प्रतिशत बालबालिका नगरपालिका भन्दा बाहिर रहेका तर उनिहरुले पनि खोप प्राप्त गरिसकका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचर्यले जानकारी दिनुभयो । १६ देखि २३ वर्षसम्मका बालबालिकाको तथ्याङकका आधारमा सबै बालबालिकाले १५ महिना भित्रमै खोप प्राप्त गरिसकेका उहाँले बताउनुभयो । सबै बालबालिका पूर्ण खोप प्राप्त गरेसँगै आज एक कार्यक्रमका बिच, “पूर्ण खोप सुनिश्चत भविष्य, स्थानीय...
१० वर्षीया बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ

१० वर्षीया बालिका बलात्कृत, ५० वर्षीय पुरुष पक्राउ

ताजा अपडेट, समाचार, समाज
पर्सा : १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ती बालिकालाई गद्दिले जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...
सम्पति कुम्ल्याउन विवाह गर्दै सम्बन्धविच्छेद गर्दै गर्ने एक युवती जेल चलान

सम्पति कुम्ल्याउन विवाह गर्दै सम्बन्धविच्छेद गर्दै गर्ने एक युवती जेल चलान

ताजा अपडेट, समाचार, समाज
असार १४ । हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सम्पत्ति हत्याउन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धविच्छेद गर्ने गरेको प्रमाण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको ...
पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान

पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान

Banner News 1, अर्थ, ताजा अपडेट, धर्म संस्कृति, समाज, स्थानीय
खोटाङ, असार ११ । पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान गरिएको छ । त्रिधार्मिक तपोभूमि हलेसी महादेव मन्दिर दर्शनका लागि आउने पर्यटकको गणनालागि मन्दिरको गेटमा मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । माछापुच्छ्रे बैंक हलेसी शाखाको सहयोगमा मासिक तथा वार्षिकरुपमा हलेसिमा भित्रने धार्मिक पर्यटकको तथ्याङ्क संकलन गर्न मानिस गणक मेसिन जडान गरिएको हो । जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले आज रिबन काटेर उद्घाटन गर्नुभएको छ । मेसिन उद्घाटन कार्यक्रममा प्रमुख राईसँगै उप–प्रमुख रमेश कुमार राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरी लगायतको उपस्थिती रहेको थियो ।...
हलेसी तुवाचुङ : कक्षा १ देखि ९ सम्मको परिक्षा नगरपालिकाले लिने

हलेसी तुवाचुङ : कक्षा १ देखि ९ सम्मको परिक्षा नगरपालिकाले लिने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परिक्षा नगरले लिने निर्णय गरेको छ । विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनकालागि नगर कै मातहतमा परिक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकालले जनाएको छ । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परिक्षण गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ । त्यसैले आगामि दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसईई) जस्तै परिक्षा सञ्चालन गरिने सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १ बाहुनिडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभयो । कक्षा १ देखि ९ सम्मकालागि नै प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ । परिक्षाको समयमा पनि हरेक विद्यालयमा फरक विद्यालयका शिक्षक परिक्षा नियन्त्रक बनाएर परिक्षा सञ्चालन गरिने छ भने उत्तरपुस्तिका पनि नगरपालिकाकै मातहतमा परिक...
लगातारको वर्षाले बाहुनिडाँडाको वडा कार्यालय र स्वाथ्य चौकीको भवन चर्कियो

लगातारको वर्षाले बाहुनिडाँडाको वडा कार्यालय र स्वाथ्य चौकीको भवन चर्कियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडा वडा कार्यालय र स्वास्थ्य चौकीको भवन चर्किएको छ । लगातारको हावाहुरी सहितको वर्षाको कारण भवन चर्किएको वडाध्यक्ष रुद्र कुमार राईले बताउनुभयो । बाहुनिडाँडाको वडा कार्यालय र स्वास्थ्य चौकी एउटै भवनबाट सञ्चालन भइरहेको छ । वर्षाका कारण भवन चर्किएपछि अहिले जोखिम मोलेर नागरिकलाई सेवा दिन बाध्य भएको राईको भनाइ छ । राईले भन्नु भयो, “केही दिन अगाडि लगातार हावाहुरी सहित वर्षा भयो । हावाहुरीको कारण छड्के पानीपरेपछि भवनको ३/४ ठाउँ चर्किएको छ । अन्य भवन नहुँदा अहिले वडा कार्यालय र स्वास्थ्य चौकी सोही भवनमा सञ्चालन गर्न बाध्य छौँ तर कुन दिन भत्किन्छ टुंगो छैन ।” वि.स. २०६२ सालमा निर्माण गरिएको तत्कालीन गाउँ विकास समितिको उक्त भवनमा अहिले दुई कोठा बनाएर एउटा कोठा वडा कार्यालय र एउटा कोठा स्वास्थ्य चौकीकालागि प्रयोग गरिएको छ । बाहिरि गारो चर्किए...
लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ५ । खोटाङको रावा बेसी गाउँपालिका–३ लामिडाँडाको खेल मैदान व्यक्तिको नाममा रहेको पाइएको छ । सुरुमा संस्थाको नाममा जग्गा नामसारी गर्दिने भनेर मैदान निर्माण गरेपनि हाल सम्म व्यक्तिकै नाममा जग्गा रहेको खुलेको हो । लामिडाँडा स्थित पात्लेमा खेल मैदान निर्माण भइरहेको छ । प्रदेश नम्बर १ सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेको मैदानको हालसम्म सम्याउने काम सकिएको छ । यस्तै मैदानको तलबाट तारजालीको ग्याबिङ र मैदान अगाडि पनि केही ठाउँमा सिमेन्ट प्लास्टर गरेर माथी उठाउने काम भएको छ । दुई आर्थीक वर्षमा २०/२० लाख गरी जम्मा ४० लाख लगानी भइसकेको मैदानको जग्गा अझै व्यक्तिकै नाममा रहनु शङ्कास्पद रहेको स्थानीयको भनाइ छ । मैदान निर्माण भइरहेको जग्गा केशर बहादुर श्रेष्ठको नाममा रहेको छ । श्रेष्ठको अगाडिनै मृत्यु भइसकेको हो भने जग्गा उहाँको कान्छा छोरोले खेल मैदानकोलागि निशुल्क प्रदान गर्ने घोषणा ...
रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ४ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर वडा कार्यालयको सेवा अब चापर्खकबाट लिन सकिने भएको छ । वडा कार्यालय टाढा भएको कारण सास्ती खेपिरहेका पोखरी, चापखर्क र पैयाँका नागरिकले घर छेउबाटै वडाको सेवा पाउने भएका हुन् । साविकाको वडाहरु १ र २का नागरिकलाई वडा सम्म आएर फर्कन दिन नै माया मार्नु पर्ने अवस्था छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि अब हरेक महिनाको २ र १५ गते चापखर्क सामुदायिक भवनबाट वडाको सेवा प्रदान गरिने वडाध्यक्ष चिरनञ्जीवि कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीले भन्नुभयो, “संघीयताले गाउँघरमा सिंहदरबार ल्याएको भनिएपनि पैयाँ, चापखर्क र पोखरीका जनतालाई वडा सम्म आएर फर्कन एक दिन नै लाग्ने गरेको छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि हामीले उनिहरुको घर छेउमै गएर सेवा दिने निर्णय गरेका छौँ ।” नवनिर्वाचित वडाध्यक्ष कार्कीले आफ्नो चुनाव घोषणा पत्रमा माथिल्लो...
वडा सचिव नियुक्तिमा लैंगिक विभेद !

वडा सचिव नियुक्तिमा लैंगिक विभेद !

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, असार १  - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१०, अर्खौलेको वडासचिव नियुक्तिमा लैंगिक विभेद भएको छ । वडाध्यक्ष अर्जुनकुमार पु्रीले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका हुन् । वडाध्यक्ष पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हन् । वडाध्यक्ष पुरी एमालेबाट निर्वाचित हुन् । नगरपालिकाले १० नं वडामा सुशीला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर, सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो । नगरमा पठाएको पत्रमा भनिएको छ, ‘महिला वडा सचिवबाट असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णय अनुसार अनुरोध छ।’ हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई हुन् । यही नगरपालि...
प्रसूति व्यथाले गम्भीर जन्तेढुंगाकी एक सुत्केरीको निःशुल्क हवाइ उद्धार

प्रसूति व्यथाले गम्भीर जन्तेढुंगाकी एक सुत्केरीको निःशुल्क हवाइ उद्धार

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ ३१ - खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक सुत्केरीको निःशुुल्क हवाइ उद्धार गरिएको छ । जन्तेढुंगा गाउँपालिका–३ की २३ वर्षीया सुत्केरी गीता राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो । राईको बच्चा जन्मिएको तर प्लेसेन्टा र रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेकाले थप जटिलता आउन नदिन जिल्ला प्रशासन कार्यालयको पहलमा मंगलबार हेलिकप्टरबाट उद्धार गरी प्रसूति गृह, थापाथली, काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उनीहरू उपचाररत स्थानीय स्वास्थ्य संस्थाले पठाएको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार, काठमाडौंले पठाएको हेलिकप्टरबा...