Wednesday, April 29News That Matters

समाज

च्यास्मिटार शोकमा डुब्यो, गइन्द्र र ममताले गुमाए दुवै सन्तान

च्यास्मिटार शोकमा डुब्यो, गइन्द्र र ममताले गुमाए दुवै सन्तान

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १० । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । च्यास्मिटार बाङ्माका गइन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुईटै बच्चाको मृत्यु भएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । घटनाको विषयमा जानकारी पाउनसाथ च्यामिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाकालागि आफ्नै नेतृत...
विद्यालय गएका खोटाङका दुई बालक कहिले घर नफर्किने गरी खोलामा अस्ताए

विद्यालय गएका खोटाङका दुई बालक कहिले घर नफर्किने गरी खोलामा अस्ताए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ८ । विद्यालय गएका खोटाङका दुई बालक कहिले घर नफर्किने गरी अस्ताएका छन् । गाउँकै खोलाले उनीहरुको ज्यान लिएको छ । विद्यालयबाट घर फर्कने क्रममा दुई बालको खोलामा डुबेर मृत्यु भएको हो । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका भोजकुमार राईका ९ वर्षका छोरा राज राई र सोही गाउँका टंकराम राईको ११ वर्षका छोरा अर्जुन राईको खोलामा डुबेर मृत्यु भएको हो । स्थानीय चङ्खु खोलाको दहमा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो । साविकको राखाबांदेल–६ खिरुका राज सोही ठाउँमा रहेको जनहित प्राविमा कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए । शुक्रबार स्कुलबाट घर फर्कनेक्रममा पौडी खेल्न दहमा पसेका दुई बालकको दुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । चङ्खु खोला हिउँदमा सानो भए पनि वर्षामा ठूलो हुने गरेको छ । स्थानीयले हिउँदको समयमा गाईवस्तुलाई पानी खुवाउनक...
विपदबाट मृत्यु भएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेशको १/१ लाख राहत

विपदबाट मृत्यु भएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेशको १/१ लाख राहत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ६ गते । विपदबाट ज्यान गुमाएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपदबाट भएको क्षतिको खोज उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड, २०७६ को दफा ४ बमोजिम मृत्यु भएका व्यक्तिको परिवारलाई जनही एक लाखका दरले राहत रकम वितरण गरिएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय खोटाङमा आयोजित कार्यक्रममा मृतकका परिवारलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पिके र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले हस्तान्तरण गर्नुभएको हो । विपदमा मृत्युवरण गरेका रावा बेसी गाउँपालिका–१ कुभिण्डेका सिद्धि बहादुर श्रेष्ठ, साकेला गाउँपालिका–२ रतन्छाका मधुराज राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका पदम कुमारी घिमिरे र रावा बेसी गाउँपालिका–३ लामिडाँ...
रावा बेसी गाउँपालिकामा आज शोक बिदा

रावा बेसी गाउँपालिकामा आज शोक बिदा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ३२ । पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ । शुक्रबार (आज) गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । बिहिबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामीडाँडाकी सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको थियो । बिश्वज्योती मावि लामीडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । तल्लो सडकबाट यात्रा गरिरहनु भएका शिक्षिका सावित्रादेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले पुरेको हो । उहाँसँगै अगाडि हिँडिरहेका आफन्त ७० वर्षीया हर्क कुमारी श्रेष्ठ भने पहिरोबाट जोगिनुभएको छ । शिक्षिका सावित्रादेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए । शिक्षिका सावित्रादेवीको अनिवार्य अवकाश हुन केही सम...
रक्सीले बनायो अनाथ

रक्सीले बनायो अनाथ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, साउन १६ । मन कुमारी नेपाली, भुमिका नेपाली र माधव नेपाली, यि तीन बालबालिकाको सहारा अहिले उनीहरु आफै हुन् । शरीर ढाक्ने कपडा र पेट अघाउने खाना भए उनीहरुलाई पुग्छ । च्यातिएको कपडासँग उनीहरुको कुनै गुनासो छैन्, गुनासो छ त रक्सीसँग । जसले उनीहरुलाई अनाथ बनायो । गाउँमा टन्न रक्सी खाने अनि घर गएर श्रीमती र छोराछोरी कुट्ने टेक बहादुर नेपालीको दैनिकी जस्तै भएको थियो । बेलाबेला श्रीमती निर्मला नेपाली पनि रक्सीको स्वाद लिएपछि श्रीमानसँगै जुध्न तयार हुन्थिन् । रक्सीले टिल्ल भएर टेक बहादुर र निर्मला झगडा गर्न थालेपछि ११ वर्षकी मनकुमारी, ९ वर्षकी भुमिका र ८ वर्षका माधवको रात घर बाहिर कट्थ्यो । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा शारदा माध्यमिक विद्यालय नजिकै उनीहरुको घर रहेको छ । तर, अहिले त्यो घरको ताला खुल्दैन् । त्यो घरको चाबी निर्मला नेपाली सधैका लागि अस्ताइसकिन...
खोटाङमा सवारीसाधन कारबाहीबाट एक वर्षमा ५० लाख बढी राजश्व संकलन

खोटाङमा सवारीसाधन कारबाहीबाट एक वर्षमा ५० लाख बढी राजश्व संकलन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १२ । जिल्ला ट्राफिक कार्यालय खोटाङले एक वर्षमा ५० लाख बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक कार्यालयले सवारी साधन कारबाहीबाट ५० लाख ३२ हजार राजश्व संकलन गरेको हो । गत साउन १ गतेदेखि असार मसान्तसम्म एक वर्षमा साढे ६ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने मोटरसाईकल, बस, टिफर, ट्याक्टर, ट्रक, टेम्पो, कार, जिप र भेन गरी ६ हजार ७ सय २९ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय खोटाङले जनाएको छ । सबै भन्दा बढी राजश्व माघ महिनामा उठेको छ । माघ महिनामा ६ सय ३० वटा सवारी साधन कारबाहीमा पर्दा ६ लाख १५ हजार राजश्व उठेको हो । यस्तै, साउन महिनामा ३७८ सवारी साधन कारबाहीमा पर्दा २ लाख ८५ हजार, भदौमा २७२ सवारी साधन कारबाहीमा पर्दा २ लाख १४ हजार ५ सय, असोजमा ३५० सवारी साधन कारबाहीमा पर्दा २ लाख ८४ हजार ५ सय राजश्व संकलन भएको छ ...
खोटाङमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

खोटाङमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ८ । खोटाङमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सुस्त मनस्थिति भएकी महिलालाई ललाइ फकाइ गरी घरमै लगेर बलात्कार गरेको आरोपमा जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पाका ३२ वर्षका टेक बहादुर नेपाली पक्राउ परेका हुन् । सुस्त मनस्थिति भएकी २२ वर्षकी महिलालाई आइतबार बलात्कार गरेको परिवारको उजुरीको आधारमा प्रहरीले नेपालीलाई घरबाटै पक्राउ गरेको जनाएको छ । बलात्कार आरोपमा पक्राउ परेका टेकबहादुरलाई अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । उनले त्यी सुस्त मनस्थिति भएकी महिलालाई फकाएर आफ्नै घरमा लगेर बलात्कार गरेको आरोप छ । महिलाको अवस्था सामान्य रहेकाले उनी अहिले आफ्नै घरमा रहेको बताइएको छ । पक्राउ परेका टेक बहादुर नेपालीको श्रीमतीको केही महिना अघि मृत्यु भएक...
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १ गते । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भोजपुरबाट खोटाङ आउदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दिक्तेलतर्फ आउदै गरेको प्रदेश २–०१–००१ स २०१५ नम्बरको रित्तो ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  सडकबाट करीब ३० मिटर तल खसेको ट्याक्टरमा सवार सोही ठाउँका २१ वर्षीय जीवन देउजाको घट्नास्थलमै मृत्यु भएको हो।  दुर्घटनामा बाँझेच्यानडाँडाकै सह–चालक रोशन कट्वाल गम्भीर घाईत भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो  । ट्याक्टरका चालक फरार रहेको डिएसपी खड्काको भनाइ छ ।...
लेखा प्रमुख भिम ढकाल बने उत्कृष्ट कर्मचारी

लेखा प्रमुख भिम ढकाल बने उत्कृष्ट कर्मचारी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, असार २९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाको लेखा शाखा प्रमुख भिम ढकाललाई वर्ष उत्कृष्ट कर्मचारीकोरुपमा सम्मान गरिएको हो । शुक्रबार भएको १५ औँ नगरसभाको दोस्रो अधिवेशनको अवसरमा लेखाप्रमुख ढकाललाई नगदसहित सम्मानपत्रले नगर प्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलास बहादुर ठकुराठीले सम्मान गर्नुभएको हो । नगरपालिकाको कार्यालयमा सहायक लेखापालको पदमा रही उत्कृष्ट कार्यका साथ नगरपालिकाको समग्र विकासमा पु¥याएको योगदनस्वरुप ढकाललाई सम्मान गरिएको नगर प्रमुख राईले बताउनुभयो । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मत पारित गरेको छ । असार १० गते भएको पहिलो अधिवेशनमा पेस भएको ८२ करोड २८ लाख ३३ हजार ३ सय बजेट दोस्रो अविधेशनमा छलफलछ पश्चात सर्वसम्मत पारित गरिएको नगरपाल...
एसइईमा खोटाङका नौ वटा माविको नतिजा शून्य

एसइईमा खोटाङका नौ वटा माविको नतिजा शून्य

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १४ । एसइईमा खोटाङका नौ वटा माविले शून्य नतिजा ल्याएका छन् । सामुदायीक र संस्थागत गरी जिल्लाका १०२ वटा माबिमध्ये नौ माविले एक जना पनि विद्यार्थी उत्तिर्ण गराउन नसकेको हो । शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयका अनुसार देउराली माबि डुम्रेधारापानी, साकेला माबि रतन्छा, जनता माबि मुसुरीडाँडा, सिद्धेश्वरी माबि खिदिमा, सरस्वती माबि डाँडाखर्क छितापोखरी, अन्नपूर्ण माबि दोर्पाचिउरीडाँडा, दाम्ली माबि डिकुवा, पञ्चकौशिका माबि भण्डारेघाट र कालिका माबि बाहुनीडाँडाको रिजल्ट ‘शुन्य’ आएको हो । जिल्लामा सामुदायीक ९६ वटा र संस्थागत ६ वटा मावि छन् । २०८० सालमा भएको एसइई परीक्षामा जिल्लाका २ हजार ७६९ जना सभागी भएकामा १ हजार ४१५ जना मात्रै उत्तिर्ण भएका छन् । एसइईमा ५१.११ प्रतिशतले उत्तिर्ण गरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तीर्थ बिकले बताउनुभयो । उत्तिर्ण विद्यार्थीले मात्रै कक्षा ११ ...