गाईघाट–दिक्तेल सडक निर्माण सुरु भएको २९ वर्षमा पनि कालोपत्रे हुन सकेन
राजकुमार भट्टराई (सरगम)
खोटाङ, माघ ९ । सगरमाथा लोकमार्ग निर्माण सुरु भएको तीन दशक पुग्नै लाग्दा पनि कालोपत्रे हुन सकेको छैन् । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिल्यान्यास गरेर सगरमाथा लोकमार्ग निर्माण सुरु भएको थियो । सडक निर्माण सुरु भएको तीन दशक पुग्न लाग्दा ३० किलोमिटर पनि सडक कालोपत्रे हुन नसकेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख संजिवकुमार मिश्रले बताउनुभयो । ठेकेदार कम्पनीका कारण हालसम्म सडक कालोपत्रे हुन नसकेको उहाँको भनाइ छ ।
लोकमार्ग अन्तरगत गाईघाट देखि दिक्तेलसम्मको सडक कालोपत्रेको लागि विभिन्न चरणमा ठेक्का लागेको थियो । तर निर्माण कम्पनीको लापारबाहिको कारण सडक अहिले अलपत्र अवस्थामा छ । सम्झौता अनुसार काम सम्पन्न भएको भए हाल सडक कालोपत्रे भएर चिल्लो हुने थियो । तर सडकमा अहिले बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुमाल्लेहुँदा सवारी साधन आवतजावत गर...









