हलेसी तुवाचुङका ९ विद्यालय र ६ जना उत्कृष्ट विद्यार्थीले नगद पुरस्कार पाउदै
खोटाङ, जेठ ८ । हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ९ वटा विद्यालय र ६ जना विद्यार्थीलाई नगरपालिकाले पुरस्कार प्रदान गर्ने भएको छ । गत चैत ९–१६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परिक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गर्न लागेको हो ।
शैक्षिक सत्र २०७९ को कक्षा ४–९ सम्मको वार्षिक परिक्षा नगरपालिकाले (एसईई) मोडलमा सञ्चालन गरेको थियो । जसमा कक्षा ४ मा नगरपालिका भरीमा दामोदरमहासिंह आवि दुर्छिमका ब्रोलिजा राई ३.३४ जीपीए ल्याएर प्रथम भएकी छन् । कक्षा ५ मा हिमगंगा आवि अर्खौलेका भविन पुरी (३.४४ जीपीए), कक्षा ६ मा बुलापन्थे मावि धितुङका सुजना राई (३.२९ जीपीए) कक्षा ७ मा बुलापन्थे मावि धितुङका अनिल कट्वाल (३.०३ जीपीए), कक्षा ८ मा लक्ष्मी मावि बडहरेका गणेस दा...









