Sunday, April 26News That Matters

समाचार

खोटेहाङ अध्यक्ष कपको उपाधि पुरुषतर्फ सभापोखरी र महिलातर्फ रामप्रसाद राई गा.पाको पोल्टामा

खोटेहाङ अध्यक्ष कपको उपाधि पुरुषतर्फ सभापोखरी र महिलातर्फ रामप्रसाद राई गा.पाको पोल्टामा

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख १५ । खोटेहाङ गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ सभापोखरी गाउँपालिका–३ संखुवासभा र महिलातर्फ रामप्रसाद राई गाउँपालिका–८ भोजपुरले जितेका छन् । गाउँपालिकाको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अध्यक्ष कप अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि उक्त दुई टिमले आफ्नो पोल्टामा पारेका हुन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको प्रांगणमा मंगलबारबाट सुरु भएको अध्यक्ष कपको समापन शुक्रबार गरिएको हो । २६ टिम सहभागि पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको सभापोखरी–३ ले नगद १ लाख १५ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने टिम रामप्रसाद राई गाउँपालिका–५ भोजपुरले नगद ७० हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । सेमिफाइनलिस्ट २ टिम भोजपुरको आमचोक गाउँपालि...
शुभद्रा मदन फाउण्डेशनलाई एपिएफ हलेसी गुल्मको सम्मान

शुभद्रा मदन फाउण्डेशनलाई एपिएफ हलेसी गुल्मको सम्मान

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १२ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हे. क्वा. हलेसी खोटाङले शुभद्रा मदन फाउण्डेशनलाई सम्मान गरेको छ । गुल्मको १३ औँ स्थापना दिवसको अवसरमा मंगलबार फाउण्डेशनलाई शैक्षिक सामाग्री प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईले फाउण्डेशनका कार्यकारी निर्देशक सुर्य राईलाई सम्मानस्वरुप शैक्षिक सामाग्री हस्तान्त्रण गर्नुभएको हो । फाउण्डेशनले शिक्षा क्षेत्र तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान गरिएको हलेसी खोटाङ गुल्मपति कृष्ण बहादुर बममे बताउनुभयो । २०६१ सालमा स्थापना भएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन भइरहेको शुभद्रा मदन फाउण्डेशनमा कक्षा १–१२ सम्म पठनपाठन हुँदै आएको छ । जीवन उपयोगी एवं ब्यबहारिक शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनमा ५२ जिल्लाका १ सय ५० जना व...
एपिएफ हलेसी गुल्मको १३ औँ स्थापना दिवस, २ उत्कृष्ट कर्मचारी सम्मानित

एपिएफ हलेसी गुल्मको १३ औँ स्थापना दिवस, २ उत्कृष्ट कर्मचारी सम्मानित

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, वैशाख १२ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हे. क्वा. हलेसी खोटाङको १३ औँ स्थापना दिवस मनाइएको छ । खोटाङमा सशस्त्र प्रहरीको गुल्म १२ वैशाख २०६७ मा विधिवत रुपमा स्थापना भएको थियो । स्थापना भएको अवसरमा गुल्मले मंगलबार १३ औँ स्थापना दिवस मनाएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित सशस्त्र प्रहरीको गुल्ममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईको प्रमुख आतिथ्यतामा सहिदहरु प्रति रित अर्पणसँगै केक काटेर गुल्मले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा २ उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । आर्थीक वर्ष २०७९/०८० को हालसम्म उक्त गुल्ममा कार्यरत रही अनुसाशित रुपमा कार्य गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश राई र प्रहरी जवान अर्जुन बस्नेतलाई प्रशंसा पत्रले सम्मानित गरिएको गुल्मले जनाएको छ । यस्तै, मासिक रुपमा छनोट भएका प्रहरी जवानहरु ...
मालपोत कार्यालय खोटाङ हाकिम बिहिनहुँदा सेवाग्राही मर्कामा

मालपोत कार्यालय खोटाङ हाकिम बिहिनहुँदा सेवाग्राही मर्कामा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ११ । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख सरुवा भएर गएपछि लामो समयसम्म मालपोत कार्यालय प्रमुह बिहिनहुँदा सेवाग्राही मर्कामा परेका हुन् । प्रमुख नहुँदा हाल मालपोतमा राजिनामा, दृष्टिबन्दक, बकसपत्र, लगायतका सामान्य कामहरु मात्र भइरहेका छन् । हाकिम नहुँदा नामसारी लगायतका महत्वपुर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरु करीब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका पुरानो घर भएका मनिकुमार राई हाल झापामा बस्दै आएका छन् । बुवाको मृत्यु पश्चात गाउँको जग्गा आमाको नाममा नामसारी गर्न वैशाख २ गते जिल्ला आएका राई मालपोतमा कार्यालय प्रमुख नहुँदा मर्कामा परेको बताउँछन् । पुरानो प्रमुख सरुवा भएको र नयाँ प्रमुख चाडै आउने कार्यालयका कर्मचारीबाट ...
‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर

‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर

Banner News 1, खेलकुद, समाचार, स्थानीय
खोटाङ, वैशाख ९ । सर्वाधिक पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जन्तेढुंगा फुटबल क्लबलाई १–० गोलले हराउदै भोजपुर फुटबल संघले फाइनलमा स्थान बनाएको थियो । यस्तै शनिबार भएको सेमिफाइनलको दोस्रो खेलमा भगवती स्पोट्र्स क्लब खोटाङलाई समान १–० गोलले हराउदै बसाहा फुटबल क्लब उदयपुर उपाधिको नजिक पुगेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकप वैशाख ४ गतेबाट खर्क खेलमैदानमा भइरहेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजक समितिका सचिव अमित राईले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ ...
दिक्तेलबाट खोटाङबजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु

दिक्तेलबाट खोटाङबजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ९ । दिक्तेलबाट खोटाङ बजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु भएको छ । जिल्ला सदरमुकाम दिक्तेलबाट खोटेहाङ गाउँपालिका केन्द्र खोटाङ बजार जादै गरेको बसको ढोकाबाट खसेर शुक्रबार राती जन्तेढुंगा गाउँपालिका–३ का ३८ वर्षिय दिनेश राईको मृत्यु भएको हो । खोटाङ बजार पुग्नै लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्का दियालेस्थित कुला भन्ज्याङमा शुक्रबार राती करीब ९ः३० बजे ९ः३० बजे बा.३ ख ३४४१ नम्बरको बस गुडिरहेको अवस्थामा राई ढोकाबाट खसेका थिए । ढोकाबाट खसेर बसले किच्दा गम्भीर घाइते भएका राईलाई उपचारकालागि नजिकै रहेको खोटाङ बजार स्वास्थ्य चोकीमा लगिएको थियो । उपचारका क्रममा राईको राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गुडिरहेको बसको ढोकाबाट खसेर राईको मृत्यु भएपछि उचित क्षतिपूर्ति नमिल्दा परिवारले शनिबार अबेरसम्म शव जिम्मा लिएका थिएनन् । दुवै पक्षबीच सहमती ...
ह्वाटस्एपबाट खोटाङको एक महिलाको ३ लाख बढी रकम ठगी, नवलपरासीको महिला पक्राउ

ह्वाटस्एपबाट खोटाङको एक महिलाको ३ लाख बढी रकम ठगी, नवलपरासीको महिला पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, वैशाख ७ । ह्वाटस्एपको माध्यमबाट खोटाङको एक महिलाको ३ लाख भन्दा बढी रकम ठगी भएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक महिलालाई ह्वाटस्एपको माध्यमबाट प्रलोभन देखाएर ३ लाख १५ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । प्रलोभनमा पारेर ठगी गर्ने नवलपरासी बर्दघाट नगरपालिका–४ की ४७ वर्षीय गीतादेबी चापागाई प्रहरीले पक्राउ गरेको छ । चापागाईले ‘तपाईलाई पाउण्ड पार्सल आएको छ, उक्त पार्सल लिन रकम पठाउनु प¥यो’ भनेर प्रलोभन देखाएको बताइएको छ । ह्वाटस्एपमा मेसेज पठाएर रकम स्क्यान गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । यश विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
स्थायी शिक्षक भएको अवसरमा स्वास्थ्य उपचार यातायात खर्च कोषमा २५ हजार सहयोग

स्थायी शिक्षक भएको अवसरमा स्वास्थ्य उपचार यातायात खर्च कोषमा २५ हजार सहयोग

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ७ । स्थायी शिक्षक भएको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा ठाडोफुलेलीकी सर्मिला राईले गाउँमा स्थापना गरिएको स्वास्थ्य उपचार यातायात खर्च कोषमा २५ हजार सहयोग गर्नुभएको छ । यातायात खर्च अभावमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्थाका घाईते तथा बिरामीको सहयोगका लागि स्थापना गरिएको कोषमा राईले २५ हजार सहयोग गर्नुभएको हो । २३ घरको देउसीभैली कार्यक्रमबाट संकलन भएको २५ हजारबाट ठाडोफुलेलीमा २०७९ सालमा खालिङ राई विपद व्यबस्थापन कोष स्थापना गरिएको हो । शिक्षिका राईले २५ हजार सहयोग गरेसँगै अहिले कोषमा ५० हजार पुगेको कोषका अध्यक्ष मुगाधन राईले जानकारी दिनुभयो । अध्यक्ष राई, कोषाध्यक्ष कला राई, सचिव गंगा साम्पाङ, रोक्तोकोम महिला समुहकी उपाध्यक्ष जैमती राई लगायतलाई चेक हस्तान्तरण गर्नुभएको हो । गाउँकै जनचेतना आधारभुत विद्यालयको प्रधानाध्यापकमा कार्यरत शिक्षिका राई...
जिल्लास्तरीय भलिबलमा रावा बेसीका ४ खेलाडी छनोट, एउटै वडाका तीन जना

जिल्लास्तरीय भलिबलमा रावा बेसीका ४ खेलाडी छनोट, एउटै वडाका तीन जना

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार
खोटाङ, वैशाख ७ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट खोटाङ जिल्लास्तरीय भलिबल टिममा रावा बेसी गाउँपालिकाका ४ जना खेलाडी छनोट भएका छन् । ४ जना मध्ये ३ जना वडा नम्बर १ कुभिण्डेका रहेका छन् । गत चैत २८ देखि वैशाख १ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट एउटै पालिकाका ४ जना खेलाडी छनोटमा परेका हुन् । वैशाख ११,१२ र १३ गते सुनसरीको इटहरीमा प्रदेशस्तरीय छनोट प्रतियोगिता हुँदैछ । जसकालागि जिल्लास्तरीय छनोट खेलमा भलिबल छात्रतर्फ ९ जना छनोट भएका छन् । ९ जनामा रावा बेसी गाउँपालिकाका ४ जना, हलेसी तुवाचुङ नगरपालिकाका २ जना, दिप्रुङ चुइचुम्मा, साकेला र केपिलासगढी गाउँपालिकाका १÷१ जना रहेका छन् । छनोट हुने खेलाडीहरु सन्तोष पाण्डे (रावाबेसी–४), दिनेश भुजेल, केशव भुजेल र सविन श्रेष्ठ (रावाबेसी–१), किशन कटुवाल र धगिन्द्र राई (हलेसी तुवाचुङ), इश्वर विश्वकर्मा (दिप्रुङ चुइचुम्मा), कविराज खत्री (साकेला) ...
रावाबेसी गाउँपालिकामा ५११ जनाको निःशूल्क स्वास्थ्य परिक्षण तथा उपचार

रावाबेसी गाउँपालिकामा ५११ जनाको निःशूल्क स्वास्थ्य परिक्षण तथा उपचार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ६ । खोटाङको रावा बेसी गाउँपालिवासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका छन् । गाउँपालिकाले काठमाण्डौं मेडिकल कलेजसँगको सहकार्यमा आयोजना गरेको स्वास्थ्य शिविरमा पालिकावासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका हुन् । गाउँपालिकाको केन्द्र हरमटारमा बुधबार भएको स्वास्थ्य शिविरमा ५ सय ११ जनाले सेवा लिएका छन् । सेवा लिनेहरुमा २ सय ६५ महिला र २ सय ४६ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कौसल अधिकारीले जानकारी दिनुभयो । उनिहरुको जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट, मिर्गौला रोग र मुटु रोग गरी १४ प्रकारका रोगहरुको उपचार तथा पहिचान गरिएको छ । रोगको सामान्य अवस्थामा रहेका सेवाग्रहीहरुको शिविरमै उपचार गरिएको छ । जसका लागि शिविरमा औषधिको व्यवस्था...