Tuesday, June 23News That Matters

समाचार

अनुप स्मृति गोल्डकपको सेमिफाइनल समिकरण पुरा, इलाम र नेर्पा, डिएफसी र ओखलढुंगा खेल्ने

अनुप स्मृति गोल्डकपको सेमिफाइनल समिकरण पुरा, इलाम र नेर्पा, डिएफसी र ओखलढुंगा खेल्ने

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार
खोटाङ, पुस २० । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा, चियावारी फुटवल क्लव इलाम, नेर्पा स्पोर्टस क्लव नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) पुगेका छन् । माटिकोरे खेल मैदानमा बुधबार भएको पहिलो खेलमा साकेला गाउँपालिका खोटाङलाई ४–० गोल अन्तरतले हराउदै नेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो । नेर्पाका लागि विकी राईले २ तथा बिजु भुजेल र सुरज मगरले १\१ गोल गरे । यस्तै दोस्रो खेलमा मितेरी युवा क्लव मोरङलाई २–० गोल अन्तरले हराउदै आयोजक (डिएफसी) सेमिफाइनल प्रवेश गरेको हो । (डिएफसी)का लागि प्रितम लिम्बु र मनिस लिम्बुले १\१ गोल गरे । सेमिफाइनलका खेल भोली हुनेछन् । फाइनल प्रवेशका लागि पहिलो खेल दिउँसो १ बजे इलामका बिरुद्ध नेर्पा मैदान उत्रिने छ । यस्तै दोस्रो खेलमा आयोजक (डिएफसी) र मानेभन्ञ्याङ ओखलढुंगा प्रतिस...
खोटेहाङ गाउँपालिका सडक खण्डहरुको नयाँ भाडादर कायम

खोटेहाङ गाउँपालिका सडक खण्डहरुको नयाँ भाडादर कायम

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २० । खोटेहाङ गाउँपालिकाको सडक खण्डहरुमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर कायम गरिएको छ । गाउँपालिका, खोटाङ यातायात प्र.लि. र यातायात व्यवसायीहरुको मंगलबारको बैठकले नयाँ भाडादर कायम गरेको हो । कायम गरिएको भाडादर बुधबार बाटै लागू भएको गाउँपालिकाले जनाएको छ । बस, जिप तथा साना सबै प्रकारका सार्वजनिक सवारी साधन सवारी सधान तोकिएको भाडा अनुसार सञ्चालन गर्ने यातायात प्रा.लिले जनाएको छ । हेर्नुहोस् कायम गरिएको नयाँ भाडादर...
खार्मीलाई हराउदै ओखलढुंगा सेमिफाइनलमा प्रवेश

खार्मीलाई हराउदै ओखलढुंगा सेमिफाइनलमा प्रवेश

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस १९ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मंगलबार भएको एक मात्र खेलमा मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा विजयी भएको छ । खारम्बु स्पोर्टस क्लव खार्मी खोटाङलाई १–० गोलले पराजित गर्दै ओखलढुंगा सेमिफाइनलमा प्रवेश गरेको हो । दुवै टिमले केही सुन्दर अवसर पाए पनि निर्धारित समयमा गोल हुन सकेन । गोलरहित बराबरी पश्चात १० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयमा ओखलढुंगाका जर्सी नम्बर १५ मनकृष्ण राईले गोल गर्दै आफ्नो टिमको जीत सुनिश्ति गरे । उनी खेलको म्यान आफ द म्याच पनि घोषित भए । ओखलढुंगाले अब सेमिफाइनलमा भोली हुने दिक्तेल फुटवल क्लब खोटाङ र मितेरी युवा क्लव मोरङ बिचको विजेतासँग खेल्ने छ । उक्त खेल भोली दिउसो ३ बजे हुने आयोजकले जनाएको छ । सेमिफाइनल पुग्न भोली दिउँसो १ बजे नेर्पा स्पोर्टस क्लव नेर्पा खोटाङ र साकेला गाउँपालिका खोटाङ प्रतिस्पर्धा गर्दै छन् । यी दुई टिमको बि...
कुटपिट भएको भन्दै कर्मचारीको विरोध, घटनाको वास्तविकता के हो ?

कुटपिट भएको भन्दै कर्मचारीको विरोध, घटनाको वास्तविकता के हो ?

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । कर्मचारी माथी कुटपिट भएको भन्दै रावा बेसी गाउँपालिको कार्यालयमा कार्यरत कर्मचारीले विरोध जनाएका छन् । सब इन्जिनियर विजय आचार्यालाई जनप्रतिनिधि र सुरक्षाकर्मीको सामुन्ने कुटपिट गरिएको भन्दै कर्मचारीले विज्ञप्ति निकालेर विरोध जनाएका हुन् । ‘पौष १६ गते शनिबार दिउँसो १ बजेको समयमा आचार्यलाई ऐँसेलुखर्क गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी र रावा बेसी गाउँपालिकाका जनप्रतिनिधि समेतको सामुन्ने खाना खाएर बसिरहेको अवस्थामा केहि व्यक्तिहरुबाट निर्घात कुटपिट भई साङघातिक आक्रमण भएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ कर्मचारीको संयुक्त विज्ञप्तिमा लेखिएको छ । घटनामा संलग्न जो कोहिलाई चित्त नबुझेको विषयमा असमझदारीको वार्ता तथा कुनै माध्यमबाट समाधानको विकल्प र कानुनी उपचार खोज्ने ढोका खुल्ला हुँदा हुँदै राष्ट्रसेवक कर्मचारी प्रतिको पेशालाई अपमानित, मनोवल गिराउने र अभद्र व्...
सुशासन र पारदर्शिताका लागि बाहुनीडाँडा वडाको सार्बजनिक सुनुवाइ

सुशासन र पारदर्शिताका लागि बाहुनीडाँडा वडाको सार्बजनिक सुनुवाइ

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस १७ । हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडाले आइतबार अर्धबार्षिक सार्बजनिक सुनुवाइ गरेको छ । सुशासन, पारदर्शिता र जबाफदेहिताको लागि वडाको सार्बजनिक सुनुवाइ गरिएको वडाध्यक्ष रुद्र कुमार राईले बताउनुभयो । कार्यक्रममा चालु आर्थीक वर्ष २०७९/८० मा वडामा सञ्चालन भइरहेका योजना र वडामा हालसम्म भएको खर्च विवरणको विषयमा उपस्थित ब्यक्तिहरुलाई जानकारी गराइएको छ । यस्तै, उपस्थित सरोकारवाला निकाय, सर्वसाधरण नागरिकले जनप्रतिनिधि समक्ष आफ्नो आवश्यकता र जिज्ञासा राखेका छन् । कार्यक्रममा आएको मागहरुलाई पुरा गर्ने भन्दै जनप्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । वडाले चालु आर्थीक वर्षको हालसम्म विभिन्न शिर्षकमा ८५ हजार ३ सय ७५ रुपैयाँ राजश्व जम्मा गरेको सार्बजनिक सुनुवाइमा जनाइएको छ ।...
चखेवा भञ्ज्याङ–सेखुवा सडकको ठेक्का तोड्न माग गर्दै स्थानीयको ज्ञापनपत्र

चखेवा भञ्ज्याङ–सेखुवा सडकको ठेक्का तोड्न माग गर्दै स्थानीयको ज्ञापनपत्र

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १७ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको ठेक्का तोड् स्थानीयले माग गरेका छन् । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम गर्ने छाँट्काट नदेखाएकाले तत्काल ठेक्का तोड्न माग गर्दै ३०३ जना स्थानीयले हस्ताक्षर गरेर आइतबार प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाइँमार्फत मध्य पहाडी लोकमार्ग पूर्वी खण्ड कार्यालय धुलिखेलका आयोजना प्रमुखलाई ज्ञापन पत्र पठाएका हुन् । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रम अन्...
नेताको भाषणमा मात्रै आयो हवाईजहाज, लामीडाँडा विमानस्थलमा आएन

नेताको भाषणमा मात्रै आयो हवाईजहाज, लामीडाँडा विमानस्थलमा आएन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, पुस १६ । कच्ची हुँदा नियमित उडान भइरहेको खोटाङको लामीडाँडा विमानस्थल स्तरोन्नति पश्चात ६ वर्षदेखि काम बिहिन बनेको छ । खोटाङको सबै भन्दा पुरानो जिल्लावासीको यात्राको एक मात्र माध्यम रहेको विमानस्थलमा अहिले उडान नहुँदा व्यापार व्यवसायसमेत ठप्प भएको छ । खोटाङको रावाबेसी गाउँपालिका–३ लामीडाँडामा वि.स. २०२८ सालमा निर्माण सम्पन्न पश्चात खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको थियो । उडान बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणको रु ६ करोड ३४ लाख बजेटमा २०७३ सालबाट स्तरोन्नति गर्न सुरु गर्यो । विमानस्थलको काम सम्पन्न पश्चात २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान गर्यो । तर त्यसपश्चात उडान नहुँदा आसपासका व्यापार व्यवसाय ठप्प भएका छन् । कच्ची हुँदा हप्तामा दुई दिन उडान भइरहेको विमानस्थल स्तरोन्नति पश्चात नियमित उडान हुन्छ भन्ने स्थानीयवासी...
खोटाङमा सुन्तला उत्पादन बढ्यो, बजारीकरणको छैन समस्या

खोटाङमा सुन्तला उत्पादन बढ्यो, बजारीकरणको छैन समस्या

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । खोटाङमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थीक वर्ष २०७८\०७९ मा भन्दा चालु आर्थीक वर्ष २०७९\०८० मा ३ सय ९४ मेट्रिकटनले सुन्तला उत्पादनमा वृद्धि भएको हो । जिल्लाभर कुल ७ सय ४२ हेक्टर क्षेत्रफलमा कृषकले सुन्तला खेती गर्दै आएका छन् । अघिल्लो वर्ष ३ हजार ३ सय ३१ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष बढेर ३ हजार ७ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभयो । यो वर्ष राम्रो मौसमसँगै रोग किराले क्षति कम गर्दा जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्ले बराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले र दिप्रङ चुइचुम्मा गाउँपालिकाको याम्खा क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएको उहाँले बताउनुभयो । सुन्तला बिक्री गरेर अघिल्लो वर्ष करीब २ लाख आम्दानी गर्नु भएका घो...
कृषकलाई प्रोत्साहनका लागि ऐँसेलुखर्कमा कृषि मेला प्रदर्शनी

कृषकलाई प्रोत्साहनका लागि ऐँसेलुखर्कमा कृषि मेला प्रदर्शनी

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले कृषकलाई प्रोत्साहनका लागि कृषि मेला प्रदर्शनी गरेको छ । पुस १३ र १४ गते गाउँपालिकाको ३ नम्बर वडास्थित ऐँसेलुखर्क बजारमा गरिएको मेला प्रदर्शनीमा कृषकहरुले उत्साहजनक सहभागिता जनाएका छन् । कृषकहरुले तरकारी, खाद्यान्न, फलफुल, दलहन तथा तेलहन, नगदे, जरे र विविध बाली प्रदर्शनी गरेका थिए । गाउँपालिकाका ७ वटै वडाका १ सय ६१ जना कृषकले, ४ सय ५६ वटा कृषि उपज बस्तुहरु प्रर्दशनी गरेका गाउँपालिकाले जनाएको छ । मेला प्रदर्शनीमा सहभागि जनाएका कृषक मध्ये उत्कृष्ट ५१ जना कृषकलाई १७ विद्यामा पुरस्कार प्रदान गरिएको छ । सबै विद्याका प्रथम हुने कृषकलाई रु ३ हजार, दोस्रो हुनेलाई रु २ हजार र तेस्रो हुनेलाई रु १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले जानकारी दिनुभयो । कृषि पेशामा आबद्ध कृषकहरुको प्रोत्साहनका लागि...

खोटाङमा डिजिटल मेसिनबाट माटो परिक्षण, कृषकले सुनसरी पुग्नु पर्ने समस्या अन्त्य

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १२ । कृषि ज्ञान केन्द्र खोटाङमा डिजिटल सोएल टेस्टिङ मिनि ल्याबबाट माटो परिक्षण सुरु गरिएको छ । विश्व माटो दीवसको अवसर पारेर गत मङ्सिर १७ गते डिजिटल सोएल ल्याब स्थापना गरेर कार्यालयले माटो परिक्षण मेसिनबाट गर्न सुरु गरेको हो । यस अघि किटबाट माटो परिक्षण हुँदै आएको थियो । किटबाट परिक्षण गर्दा नाइट्रोजन, फसफोरस, पोटास र पिएचको मात्र परिक्षण हुन्थ्यो । माटोमा त्यनीहरुको मात्रा कति छ भन्ने पनि थाहा हुँदैन थियो । अहिले मेसिनबाट परिक्षण गर्दा अर्गानिक कार्बन जिङ्क, सल्फर आइरन, कपर म्याग्नेस र बोरन पनि परिक्षण हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जय कुमार पण्डितले बताउनुभयो । पण्डितका अनुसार हाल मेसिनबाट भइरहेको परिक्षणबाट माटोमा कुन कुराको कती कमी र बढी छ भन्ने कुरा थाहा हुन्छ । जसले गर्दा माटोको उपचार गर्न र मलखादको प्रयोग गर्न कृषकलाई सहज भएको उहाँको...