पञ्चदोबाटो–ढकालबेँसी सडक पक्की र दिखुवा खोलामा पुल निर्माणकालागि १० करोड बजेट विनियोजन
खोटाङ, कात्तिक २५ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित पञ्चदोबाटोदेखि वडा नम्बर १५ विजयखर्कको वडा कार्यालय, स्वास्थ्य चौकी हुँदै ढकालबेँसीसम्मको १७ किलो मिटर सडक पक्की हुने भएको छ । उक्त सडक पक्की गर्न र सोही वडा र खाल्लेको बिचमा पर्ने दिखुवा खोलामा पक्की पुल निर्माण गर्न शहरी विकास मन्त्रलायबाट रु १० करोड बजेट बिनियोजन भएको छ ।
उक्त आयोजनालाई बहुवर्षिय योजनामा समावेश गर्न नगरपालिकाले गत असोज ४ गते मन्त्रालयमा पत्र पठाएको थियो । सोही अनुसार आर्थीक वर्ष २०८९/०८० मा रु २ करोड ५० लाख र आर्थीक वर्ष २०८०÷०८१ मा बाकी रकम व्यवस्था हुनेगरी बहुवर्षिय योजनामा समावेश गरिएको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई शहरी विकास तथा भवन निर्माण विभागले पत्र मार्फत जानकारी गराएको छ ।
पत्रमा उल्लेख भए अनुसार उक्त आयोजना कात्तिक २२ गते बसेको नेपाल सरकार (सचिवस्तर) को निर्णयले स्वीकृत गरे...








