हलेसीमा आयोजना गरिएको महिला फुटबलमा १७ टिम सहभागि, उद्घाटन गर्न मन्त्री आउदै
खोटाङ, मङ्सिर ६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटबल प्रतियोगितामा १७ टिम सहभागि हुने भएका छन् । लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा सहभागि हुन १७ टिमले नाम दर्ता गरेको बताइएको छ ।
“मेरो गोल लैङ्गिक हिंसा विरूद्धको बोल” भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि १ लाख बढी रहेको छ । जिल्लामा आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि हालसम्मकै सर्वाधिक हो । खोटाङसँगै ओखलढुंगा र भोजपुरका टिमहरुले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । खेल तालिका शुक्रबार भोलि सार्वजनिक हुनेछ । प्रतियोगिता मङ्सिर ८ गते शनिबारबाट हलेसीस्थित बसाहथान खेलमैदानमा सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एवं स्वास्थ्य म...









