Saturday, April 25News That Matters

समाचार

हलेसी तुवाचुङ : सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया

हलेसी तुवाचुङ : सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख ९ । हलेसी तुवाचुङ नगरपालिकामा सर्वदलीय बैठक राखेर आसन्न स्थानीय तहको निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिताबारे सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । नगरपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारसमेतको उपस्थितिमा दुर्छिमस्थित नगरपालिकाको सभाहलमा सर्वदलीय बैठक बसेको हो । नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा राजनीतिक दलहरूलाई कार्यालय स्थापनाको जानकारी गराउँदै निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न पालना गर्नुपर्ने आचारसंहिताबारे छलफल गरिएको हो । कार्यक्रममा सहायक निर्वाचन अधिकृत भीमसेन दाहालले निर्वाचनमा राजनीतिक दल, भातृ सङ्गठन, उम्मेद्वार, मतदाता, कर्मचारी, संस्थाका पदाधिकारी र सञ्चार माध्यमले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराउनुभएको थियो । निर्वाचन अधिकृत सङ्गीता न्...
आचारसंहिता उल्लंघन हुँदैन भन्नेमा विश्वस्त छु : निर्वाचन अधिकृत ढुंगेल

आचारसंहिता उल्लंघन हुँदैन भन्नेमा विश्वस्त छु : निर्वाचन अधिकृत ढुंगेल

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख ८ । हलेसी तुवाचुङ नगरपालिकाकी निर्वाचन अधिकृत एवं जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता संगीता न्यौपाने ढुंगेलले आसन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन आचारसंहिता पूर्ण पालना हुने विश्वास व्यक्त गर्नुभएको छ । नगरपालिकाको दुर्छिमस्थित नगर प्रहरीको भवनमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि रुपाकोटखबरसँग कुराकानी गर्दै उहाँले कसैले पनि निर्वाचन आचारसंहिता उल्लंघन नगर्ने विश्वास व्यक्त गर्नुभएको हो । नगरपालिकाको स्थानीय तह आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहनुभएकी ढुंगेलले भन्नुभयो, ‘इमानदारिता र अनुशासन भनेको आफूलाई नै स्वच्छ, निश्पक्ष र विश्वसनीय बनाउने आधारशिला पनि हो । त्यसैले प्रत्येक राजनीतिक दल, उम्मेद्वार, मतदाता र सम्बद्ध सबै पक्षले आचारसंहिता उल्लंघन गर्दैनन् भन्ने विश्वास लिएकी छु ।’ कहीँकतै आचारसंहिता उल्लंघन भएको पाइए फोन सम्पर्क वा सामाजिक ...
खोटाङ : ट्राफिक नियम तोड्ने ५ हजार बढी सवारी साधनलाई कारबाही, साढे ३९ लाख बढी राजस्व सङ्कलन

खोटाङ : ट्राफिक नियम तोड्ने ५ हजार बढी सवारी साधनलाई कारबाही, साढे ३९ लाख बढी राजस्व सङ्कलन

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ७ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनामा ट्राफिक निमय उल्लङ्घन गर्ने ५ हजार ४ सय १ वटा सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती महिना साउनदेखि चैत मसान्तसम्मको अवधिमा नियमविपरीत सञ्चालन भएका ती सवारी साधनलाई कारबाही गरेको हो । नियम पालना नगर्ने ती सवारी साधनलाई तिराइएको जरिवानाबाट यस अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार यस अवधिमा सबैभन्दा बढी मङ्सिरमा ९ सय ४५ र सबैभन्दा कम साउनमा ४ सय १३ वटा सवारी साधन कारबाहीमा परेका छन् । साउनमा ४ सय १३ सवारी कारबाहीबाट २ लाख ६३ हजार, भदौमा ५ सय ८७ सवारी कारबाहीबाट ४ लाख ४४ हजार, असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७ हजार, कात्तिकमा ९ सय ५ सवारी कारबाहीबाट ६ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको...
खोटाङमा गठबन्धनको तालमेल मोडालिटी : ६ पालिकामा चार दलीय, ४ मा कांग्रेबाहेकको

खोटाङमा गठबन्धनको तालमेल मोडालिटी : ६ पालिकामा चार दलीय, ४ मा कांग्रेबाहेकको

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख ५ । स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ । निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन् । गत चैत १६ गते जिल्ला समन्वय समितिको सभाहलमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको थियो । त्यसयता पटकपटक तालमेलबारे छलफल गर्न गठबन्धन दलको बैठक बसे पनि सहमित जुट्न सकेको थिएन । आइतबार राति साढे ११ बजे बसेको चार दलको बैठकले निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । बैठकले तालमेलको मोडालिटीसमेत टुंगो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्न...
सोलुखुम्बुबाट विराटनगर हिँडेको जीप ओखलढुंगामा दुर्घटना, दुई जनाको मृत्यु

सोलुखुम्बुबाट विराटनगर हिँडेको जीप ओखलढुंगामा दुर्घटना, दुई जनाको मृत्यु

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, चैत ३० । ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जीप आज बिहान करिब ९:३० बजे मानेभञ्ज्याङ गाउँपालिका–६ भँडारे खोला नजिकै दुर्घटना हुँदा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ९ जना सवार जीपमा घाइते भएका अरूको उद्वारकार्य जारी छ । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र सोलुखुम्बुबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । सवारी नम्बर, मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सडकबाट झरेको जीप भिरमा अड्किएको छ ।      ...
बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
-पवन खड्का खोटाङ, चैत २६ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आएको छ । हरेक शुक्रबार जिल्लाकै सर्वाधिक ठूलो साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको शुक्रबार प्रतिनिधिभा सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभएको हो । लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा यसअघि चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या थियो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै उक्त समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका ...
ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे सरकारी सुविधाको गाडी

ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे सरकारी सुविधाको गाडी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले प्रयोग गर्दै आउनुभएको सरकारी सुविधाको गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ । अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले गाडीको चाबी शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष निरौलाले बा २ झ ३४९६ को स्कारपियो र उपाध्यक्ष भुजेलले बा २ झ ४३९४ नम्बरको बोलेरो चढ्दै आउनुभएको थियो । कार्यकाल सकिन अढाइ महिना बाँकी रहँदै अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले गाडी फिर्ता गर्नुभएको हो । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुने भएसँगै गत निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पाँचवर्षे कार्यकाल भने पूरा गर्न नपाउने भएका छन् । निर्वाचन घोषणा भएको र आचरसंहिता पनि लागू भएकाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन गाडी फिर्ता गर...
च्यास्मिटारको वडा कार्यालय तोडफोड, चार जना पक्राउ

च्यास्मिटारको वडा कार्यालय तोडफोड, चार जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राति स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् । तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकको एउटा वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताउनुभयो । यस्तै हरेक महिनाको २७ गते वितरण गर्नेगरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ । पानी भरेर राख्ने गरिएको एक थान सिल्भरको गाग्री पूर्ण रूपमा क्षति भएको पाइएको छ । वडा कार्यालयको दुई तले भवनको माथिल्लो तलाबाट भने वडाको कामकाज सञ्चालन हुँदै आएको छ । तोडफोडमा संलग्न भएको अभियोगमा चार युवालाई पक्...
उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या, हत्या आशंकामा दुई जना पक्राउ

उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या, हत्या आशंकामा दुई जना पक्राउ

समाचार, समाज
उदयपुर, चैत २२ । उदयपुरमा विद्यालय जाँदै गरेकी एक छात्राको हत्या भएको छ । कोसी जनता माध्यमिक विद्यालय, रामपुरमा कक्षा १० मा अध्ययनरत बेलका नगरपालिका–३ बुद्धचौकीकी १५ वर्षीया कविता सुनवारको हत्या भएको हो । एसईईको तयारीका लागि ट्युसन पढ्न विद्यालय जाँदै गरेकी उनको जसोधा खोलामा शव फेला परेको हो । बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी अनुसन्धानपछि खुलासा हुने जनाएको छ । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताउनुभयो । उहाँले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताउनु...
जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुग्यो

जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुग्यो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का खोटाङ, २१ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुगेको छ । खोटाङ यातायात प्रा.लि. द्वारा सञ्चालित प्र.०१–०५–००१ ख ००२१ नम्बरको बस आइतबार गाउँपालिकाको वडा नं. ५, चिसापानी बजार पुगेको हो । उदयपुरको सदरमुकाम गाईघाटदेखि छुटेको बस खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार हुँदै चिसापानी बजारसम्म पुगेको हो । चालक प्रकाश चौधरीले पहिलोपटक उक्त स्थानमा बस पु-याउनुभएको हो । गाउँमा बस पुगेपछि स्थानीयले हर्षोल्लासका साथ बसका चालक चौधरी र सहचालक पर्शुराम श्रेष्ठलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका थिए । जन्तेढुंगा गाउँपालिकाको २१ लख बजेटमा जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमाना सावाखोलादेखि चिसापानीसम्म सडकको ट्रयाक खोलिएपछि चिसापानीमा बस आएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले बताउनुभयो । तत्काल नियमित सञ्चालन भने नहुने चिसापानीमा पहिलोपटक बस पुगेको भए पन...