अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन संग्राम र सचिवमा बिष्णु उपरकोटी निर्वाचित
खोटाङ, पुस १७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको अध्यक्षमा मोहन संग्राम (पोखरेल) निर्वाचित हुनुभएको छ । अनेरास्ववियु खोटाङको २३ औँ जिल्ला सम्मेलनले संग्रामको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित गरेको हो ।
अनेरास्ववियुको जिल्ला उपाध्यक्षमा यम खड्का, सचिवमा बिष्णु उपरकोटी, उपसचिवमा घनश्याम ढकाल, सुरेश प्रधान र सुनिता राई, कोषाध्यक्षमा मुस्कान राई सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै संगठन बिभाग प्रमुखमा अभिषेक घिमिरे, रचनात्मक बिभाग प्रमुखमा विप्लव कोइराला, प्रचार प्रसार बिभाग प्रमुखमा प्रकाश पौडेल र प्रशिक्षण बिभाग प्रमुखमा शंकर खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
दिक्तेल समिक्षालय हलमा आज भएको जिल्ला सम्मेलनमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बराल, नेकपा एमालेका केन्द्रिय सदस्य एवं प...









