खोटाङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु
खोटाङ/असोज ०९ । नजिकिँदै गरेको दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै खोटाङमा बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र स्थानीय तहका प्रतिनिधिको संयुक्त टोलीले बजार अनुगमन थालेको हो ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य वृद्धि गर्ने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने लगायतका समस्या रहेकाले त्यसो हुन नदिन अगाडि नै अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसबीच हलेसी र दिक्तेलमा बजार अनुगमन गरिसकिएको छ । अनुगमनका क्रममा दुई स्थानमा गरेर करिब ४० हजार रकम बराबरको म्याद गुज्रिएका सामान नष्ट गरिएको छ । अनुगमन अगाडि नै कतिपय व्यापरीले सूचना चुहावटका कारण सामान लुकाउने गरेको प्रजिअ शर्माको भनाइ छ ।
सडकको अवस्था हेरेर यातायात आवागमन सहज भएका जिल्लाका अन्य स...









