दिक्तेल रुपाकोटमा कृषि एम्बुलेन्स सञ्चालन, कृषकलाई सहज
खोटाङ, माघ २१ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । नगरपालिकाले आइतबारबाट कृषकको सहजताका लागि कृषि एम्बुलेन्स सुरु गरेको जनाएको छ ।
कृषि एम्बुलेन्स सञ्चालनको पहिलो दिन नगर प्रमुख तीर्थ राज भट्टराई, उपप्रमुख विसन राई लगायतको टोली वडा नम्बर ११ खार्मी पुगेर कृषि उपज बजार ल्याएका छन् । खार्मीस्थित सोति कृषि तथा पशुपंक्षी वहुउद्श्यीय फर्मको तरकारी दिक्तेल बजार ल्याइएको हो । कृषि एम्बुलेन्समार्फत ल्याइएको कृषि उपज नगरपालिकाले निःशूल्क प्रदान गरेको बिउबाट उत्पादन भएको कृषि फर्मका अध्यक्ष हर्कराज राईले बताउनुभयो । वार्षिक भाडा तिर्ने गरी उक्त कृषि समुहले जग्गा भाडामा लिएर सामुहिक कृषि खेती सुरु गरेको छ । नगरपालिकाले बजारसम्म निःशूल्क ल्याउने व्यवस्था गरिदिदा सहज भएको अध्यक्ष राईको भनाइ छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमासमेत ...









