हरमटारमा चिकित्सक र ल्याबसहित चौबीसै घण्टा स्वास्थ्य सेवा पुनः सुरु
खोटाङ, असोज २६ । खोटाङको रावा बेसी गाउँपालिकाको केन्द्र हरमटारमा चिकित्सकसहितको चौबीसै घण्टा स्वास्थ्य सेवा सुरु भएको छ । गाउँपालिकाले स्थापना गरेको ५ शैयाको अस्तालमा पुनः चिकित्ससहितको चौबीसै घण्टा स्वास्थ्य सेवा सुरु भएको हो ।
कोरोना महामारी रोकथाम तथा न्यूनीकरणकालागि कर्मचारी आवास भवनमा अस्थायी कोभिड–१९ अस्पतालका रुपमा २०७७ सालमा स्थापना गरिएको थियो । कोरोना सङ्क्रमण सामान्य भएसँगै अन्य कोभिड अस्पताल बन्द भए पनि रावा बेसी गाउँपालिकाले अस्पतालमा रुपान्तरण गरेको थियो । कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका थिए । तर, चिकित्सक र ल्याब टेक्नेसियनको अभावहुँदा केही समययता स्थानीय सेवाबाट बञ्चित थिए ।
गाउँपालिकाले पुनः चिकित्सक र ल्याब टेक्नेसियनको व्यवस्था गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले ...









