Friday, July 31News That Matters

ट्रेन्डिङ

दिक्तेलमा १०३ वर्षका वृद्धसहित ६४ जनाको मोतिविन्दुको शल्यक्रिया

दिक्तेलमा १०३ वर्षका वृद्धसहित ६४ जनाको मोतिविन्दुको शल्यक्रिया

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिएका छन् । जिल्ला आयुर्वेद अस्पतालमा मंगलबारदेखि बिहिबारसम्म तीन दिनसम्म सञ्चालन भएको शिविरमा ११ सय ३७ जनाले आँखा परिक्षण गराएको नगरपालिकाले जनाएको छ । शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको छ । १ सय ३ वर्षका बृद्धदेखि दुवै गोडा नभएका अपांगता भएका ब्यक्तिसम्मको शिविरमा शल्यक्रिया गरिएको नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला अस्पताल चोक निवासी १ सय ३ वर्षिय खड्ग बहादुर राउतको सफलता पूर्वक सम्पन्न भएको छ । जन्मजातै अपांगता भएका (दुवै गोडा) नभएका रावा बेसी गाउँपालिका–६ हौँचुरका ६० वर्षिय पुर्ण गुरुङको पनि आँखाको मोतिविन्दुको शल्याक्रिया गरिएको छ । शिविरमा ९ जनाको टेरिजिएम शल्यक्रिया, ३ जनाको इन्ट्रोपिएन शल्यक्रिया गरिएको छ । सोही शिविरमा...
डिपिआर निर्माणमा गाउँपालिकाको लापर्बाहीले १० शैयाको अस्पताल अलपत्र

डिपिआर निर्माणमा गाउँपालिकाको लापर्बाहीले १० शैयाको अस्पताल अलपत्र

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, माघ २६ । खोटाङको रावा बेसी गाउँपालिकाले डिपिआर निर्माणमा लापर्बाही गर्दा १० शैयाको अस्पताल अलपत्र परेको छ । गाउँपालिका–२ खार्पामा निर्माणधिन रहेको अस्पताल भवनको डिपिआर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत नगरेपछि निर्माणको काम अघि बढ्न नसकेको हो । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीति अनुसार १० शैयाको अस्पताल निर्माण गर्न सरकारले रावा बेसी गाउँपालिकालाई भवनको नक्सा पठाएको थियो । ०७७ मङ्सिर १५ गते स्वास्थ्य चौकी खार्पालाई १० शैयाको अस्पतालमा रुपान्तरण गर्नेगरी तत्कालिन संघीय सांसद विशाल भट्टराई र तत्कालिन गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले भवनको शिलान्यास गर्नुभएको थियो । ७ करोड ५७ लाख ५१ हजार ६ सय २ रुपैयाँ ८७ पैसा (भ्याट सहित) मा ३७ महिनामा काम सक्ने गरी ०७८ असार २१ गते महादेव खिम्ती अन्जान रुजन जे.भिले भवन निर्माणको सम्झौत...
बिजयखर्क लिफ्टिङ खानेपानी आयोजनामा राजनीति

बिजयखर्क लिफ्टिङ खानेपानी आयोजनामा राजनीति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, २५ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित साप्सु खोला लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु भएको छ । संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयमार्फत प्राप्त भएको २९ करोड (भ्याट सहित) मा निर्माण सुरु गरिएको लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु गरिएको हो । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ जेठमा सम्झौता गरिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका क्रममा विवाद निस्किएको हो । वडामा पार्टीलाई पुग्ने लाभ र हानीको हिसाव किताव गर्न थालिएका कारण लिफ्टिङ खानेपानी योजनामा बखेडा निस्किएको हो । साप्सु खोला लिफ्टिङ खानेपानी योजना ठेक्का प्रकृयाबाट सञ्चालन भइरहेको छ । एमाले वडा कमिटि अध्यक्ष एबं वडासदस्य युवबहादुर कार्की, नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष पुष्पलाल खनाल र सरोकारवालाकोतर्फबाट प्रेम खनालले संयुक्त विज्ञाप्ती जारी गर्दै सरोज राई अध्यक्ष रह...
मन्त्री र सचिवको घर छेउको विद्यालय ०२७ सालदेखि एउटै भवनमा

मन्त्री र सचिवको घर छेउको विद्यालय ०२७ सालदेखि एउटै भवनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २५ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा हुलाकीस्थित कालिका आधारभुत विद्यलाय वि.स. २०२७ सालमा स्थापना भएदेखि अहिलेसम्म एउटै भवनमा सिमित छ । विद्यालय छेउका घरका ब्यक्तिहरु मन्त्री भए सचिव भए तर विद्यालयमा कसैको नजर गएन । विद्यालय स्थापना कालमा जन्मिएका मानिसहरु बृद्ध अवस्थामा पुगिसके । तर विद्यालयको भवनले भने अहिले पनि युवा नै हुनु परेको छ । ०२७ सालदेखि उक्त भवन भित्र बसेर विद्यार्थीहरुले आफ्नो भविष्य निर्माण गरिरहेका छन् । विद्यालय छेउका मानिसहरु नेपाल सरकारको शिक्षा मन्त्री र सचिवसम्म भएका छन् । तर विद्यालयको भवनले त्यनै ब्यक्तिहरुलाई कुरीकुरी गरिरहेको छ । नेकपा माओवादीका नेता तथा नेपाल सरकारका पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, गृह सचिव पदम पोखरेल र सरकारका सचिव देवराज पोखरेलको घर कालिका आधारभुत विद्यालय नजिकै छ । गृह सचिव भइसक्नु भएका पोखरेलले अध्...
दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती

दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती भएको छ । करीब एक घण्टाको दुरीमा पालिका केन्द्र र बैंक रहदा सास्ती खेप्नु परेको नागरिकले गुनासो गरेका छन् । सामान्य कागजपत्र नमिलेर बैंक र पालिका कार्यालय २/३ पटकसम्म ओहोरदोहोर गर्दा पुरै एक दिन लाग्ने गरेको नागरिकहरुले गुनासो गरेका हुन् । गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित याङसोलाटारमा रहेको छ । पालिका भित्र रहेको एक मात्र बैंक सानिमा बैंकको कार्यालय वडा नम्बर २ स्थित ओख्रेमा छ । पैदल हिडेर पालिका कार्यालयबाट बैंकसम्म पुग्न करीब एक घण्टा लाग्छ । सवारी साधन हुनेलाई धेरै समस्या नभएपनि नहुनेले सास्ती खेप्नु परेको डाँडागाउँका स्थानीय रोसन रोक्काले बताउनुभयो । ‘खास भन्ने हो भने यो उपभोक्ता समितिमा बस्नेहरुलाई धेरै समस्या हुँदो रहेछ । वडाबाट सिफारिस लिएर पालिका आयो अनि बैंकमा गयो । कहिलेकाहीँ का...
भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण

भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, माघ २२ । खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो । २०७८ भदौ १२ गते उक्त विद्यालयमा रहनु भएका एक जना शिक्षक सरुवा भएर गएपछि विद्यालयको पुरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो । कक्षा १–३ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । ३ वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहनु भएको छ । विद्यालयमा अन्य शिक्षक नभएपछि विरामी हुँदासमेत विद्यालय जानु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । ‘विद्यालय बन्द गर्न मिलेन, त्यसैले विरामी हुँदा पनि जानु पर्ने समस्या छ । ओढ्ने ओछ्याउने कपडा लिएर जान्छु विद्यालय र आराम गर्दै विद्य...
बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेका छन् । उक्त वडाको वडाध्यक्ष हेमन राई र वडा सचिव नमी राई दाजु बहिनी हुन् । बहिनी नमी यस अघि भोजपुरको टेम्केमैयुङ गाउँपालिका कार्यरत हुँदा यता वर्तमान वडाध्यक्ष दाई हेमन वडा सदस्य थिए । वि.स. २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडा सदस्य जितेका राई ०७९ मा भएको स्थानीय तहको दोस्रो चुनावमा वडाध्यक्ष भए । केही समय पछि बहिनी नमी राईको सरुवा साकेला गाउँपालिकामा भयो । बाँझेच्यानडाँडा अर्थात दाई हेमन वडाध्यक्ष भएकै वडाको सचिवको जिम्मा नमीको काँधमा आयो । अहिले दाई वडाध्यक्ष र बहिनी वडा सचिव भएर वडा कार्यालय हाँकिरहेका छन् । ३ छोरा र ४ छोरी रहेको परिवारमा वडाध्यक्ष हेमन जेठा छोरा हुन् । वडा सचिवकोरुपमा कार्यरत नमी माइली छोरी हुन् । ठुला छैनन् सपना तर महत्वपुर्ण छन् सदस्यबाट वडाध्यक्षमा अपग्रेड भएका राई ठुला सपना न...
हलेसी मन्दिरमा चोरी, सिसिटिभी फुटेजका आधारमा समातिए चोर

हलेसी मन्दिरमा चोरी, सिसिटिभी फुटेजका आधारमा समातिए चोर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १६ । त्रि–धार्मिक स्थल हलेसी मन्दिरमा चोरी भएको छ । मन्दिरको पार्वतीथानमा रहेको दानपेटिबाट चोरी गरेर भाग्दै गर्दा एक ब्यक्तिलाई प्रहरीले पक्राउसमेतर गरेको छ । पक्राउ पर्नेमा इलामको सातखरा नगरपालिका–८ का ३६ वर्षीय रुपेश राई रहेका छन् । आइतबार राती करीब ८ः१५ बजेको समयमा दानपेटिका फुटाएर राईले चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ । सोही फुटेजको आधारमा भाग्दै गरेका राईलाई च्यास्मिटार प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनुकुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले बताउनुभयो । दिउँसो सोही मन्दिर वरीपरी घुमिरहेका राईले कोही नभएको रातको समय पारेर रडको प्रयोग गरी दानबाकस फुटाएर चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष...
खोटाङ : बेपत्ता भएको साढे दुई महिना पछि कांग्रेसका वडा सचिव मृत भेटिए

खोटाङ : बेपत्ता भएको साढे दुई महिना पछि कांग्रेसका वडा सचिव मृत भेटिए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १६ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक ब्यक्ति बेपत्ता भएको साढे दुई महिना पछि मृत भेटिएका छन् । नेपाली कांग्रेसको डाँडागाउँ वडाको वडा सचिवसमेत रहेका धुर्वजित राई आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनि गत कात्तिक २८ गतेबाट बेपत्ता भएका थिए । श्रीमती घरमा नभएको बेला गाईबस्तुलाई घाँस लगाउन छोराछोरीलाई अराउदै कात्तिक २८ गते बिहान करीब ६ बजे राई घरबाट हिडेका थिए । तर घर नफर्किपछि खोजीगर्न प्रहरीमा उजुरीसमेत दिएको मृतक राईका भाई दिलभत्त राईले बताउनुभयो । साढे दुई महिनादेखि बेपत्ता भएका राई सोही पालिकाको वडा नम्बर एक याम्खाको सिरान भस्मे मुनीको तारेभिरमा झुण्डिएको तर टाउँको मात्र बाकी रहेको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनुकुमार कार्कीले जानकारी दिनुभयो । रुख कटान गरिरहेका केही ब्यक्तिले बादर खेदाउदै जाने...

जापानी र नेपाली मेयरबीच मौलिक संस्कृति, झल्काउने उपहार आदान प्रदान

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १३ । जापान भ्रमणमा जानुभएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका मेयर ओखावा हिदेकोसँग बिहीबार औपचारिक भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप मेयर भट्टराईले हस्तान्तरण गर्नुभएको हो । समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित् वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका उपहार तोचिगी नगरका मेयर हिदेकालाई हस्तान्तरण गर्नुभएको छ । जापानकोतर्फबाट तोचिगीका मेयर हिदेकाले त्यहाँको उच्च सम्मान अनुसार प्रदान गरिने अंगुरबाट बनेको प्लेट, स्थानीय हस्तलिपिबाट बनेको पंखा उपहारस्वरुप मेयर भट्टराईलाई हस्तान्तरण गर्नुभएको बताइएको छ । मेयर भट्टराईले तोचिगी नगरका मेयर सामु ‘नेपाल र जापानको घनिष्ठ र मित्रवत सम्वन्ध अमर बनाउन...