खोटाङबाट प्रतिनिधिसभामा रामकुमार राई विजयी, विशाल भट्टराई पराजित
खोटाङ, मंसिर ८ । खोटाङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) विजयी हुनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार राईले एमालेका उम्मेद्वार विशाल भट्टराई २ हजार ६ सय ६९ मतले पराजित गर्नुभएको हो ।
राईले ३१ हजार ३ य ५१ मत पाउदा भट्टराईको पक्षमा २८ हजार ६ सय ८२ मत परेको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राई खोटाङबाट तेस्रो पटक सांसदमा निर्वाचित हुनुभएको हो । २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका राई ०७४ सालमा प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएर प्रदेश नम्बर एकको खानेपानी, सिँचाई तथा उर्जा मन्त्रीसमेत बन्नुभयो । २०७० सालमा संविधानसभामा निर्वाचित एमालेका पोलिटव्युरो सदस्य भट्टराई ०७४ मा प्रतिनिधिसभामा निर्वाचित भएर संसदीय दलको प्रमुख सचेतक बन्नुभएको थियो ।
यस्तै, खोटाङबाट प्रतिनिधिसभाका अन्य उम्मेद्वार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले...








