तेस्रो पटक उदाउन भट्टराईले दर्ता गराए उम्मेद्वारी
खोटाङ, असोज २३ । खोटाङबाट दुई पटक चुनाव जितिसकेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् । दुई पटक जिल्लाबाट उदाएका भट्टराईले तेस्रो पटक उदाउने चाहानाकासाथ उम्मेद्वारी दर्ता गराएका हुन् ।
पहिलो पटक २०५६ सालको चुनावमा भाग लिएका भट्टराई पराजित भएका थिए । दोस्रो पटक २०६४ सालको चुनावमा पनि एमालेबाट टिकट ल्याएर चुनावी मैदानमा आएका भट्टराई पुनः पराजित भए । सोही क्षेत्र, खोटाङ क्षेत्र नम्बर दुईबाट ०७० सालमा भने पहिलो पटक भट्टराई उदाएका हुन् ।
नेपाली कांग्रेस र नेकपा मओवादीका उम्मेद्वारलाई पराजित गर्दै भट्टराई पहिलो पटक सांसद बनेका हुन् । ०७४ सालमा भएको चुनावमा बामगठबन्धनका साझा उम्मेद्वार बनेका भट्टराईले सानदार जीत हात पारेका थिए । दुई पटक सांसद भइसेका भट्टराईले पुनः तेस्रो पटक सांसद बन्न नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गर...









