नेता लोभीहुँदा देश बन्दैन, देश बनाउन पहिले आफु बदलिनु पर्छ –मन्त्री धनराज गुरुङ
खोटाङ, माघ १३ । नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेतामा लोभ नभए मात्र देश बन्ने बताउनुभएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार उद्घाटन गर्दै नेपाली कांग्रेसको उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले लोभी नेता भएको देशका जनता कहिले खुसी नहुने बताउनुभएको हो ।
‘जुन देशको नेता लोभी हुन्छन् त्यो देशको जनताले सुख पाएको मैले अहिलेसम्म देखेको छैन्, त्यसैले हामी जस्ता देश बनाउन राजनीतिक गर्नेहरु लोभ बाट मुक्त हुन आवश्यक छ ।’ मन्त्री गुरुङले भन्नुभयो, ‘जुन देशमा नेताहरु लोभी छैनन्, त्यस्ता देशहरु अहिले विकसीत भइरहेका छन् । त्यसकारण हामी वडाअध्यक्षदेखि संघीय मन्त्री, प्रधानमन्त्री सबैले एउटै लक्ष्य लिन आवश्यक छ, त्यो हो सदाचार । यदि नेतामा सदाचारिता भएन भने देशले दुःख पाउछ ।’
यस्तै, मन्त्री गुरुङले राजनीतिमा लाग्नु भ...









