Tuesday, July 28News That Matters

ताजा अपडेट

खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १२ । खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा ट्याक्टर दुर्घटनाहुँदा चालक सोही पालिका ३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो । खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर इन्द्रेणी पोखरीस्थित नेर्लामा बिहिबार दिउँसो करिब सवा १ बजे दुर्घटना भएको थियो । सडकबाट करीब ५० मिटर तल खसेको ट्याक्टरका चालक तामाङ गम्भीर घाइते भएका थिए । उपचारका लागि धरान लानेक्रममा तामाङको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । उदयपुरको साउनेमा पुगेपछि राती ८ः३० बजे मृत्यु भएका ट्याक्टर चालक तामाङको पोष्टमार्टमका लागि इन्दे्रणी पोखरी ल्याइएको प्रहरीको भनाइ छ । खोटाङ बजारमा पानी बोक्ने ट्यांकी छाडेर पछाडीको डाला बिना ट्याक्टरको अगाडीको भाग मात्रै फर्किएको बेला दुर्घटना भएको हो । ट्याक्टरम...
बिना जानकारी कार्यालय नआएउने दिक्तेल रुपाकोटका कर्मचारीको हाजिरी फायलमा रातो मसी

बिना जानकारी कार्यालय नआएउने दिक्तेल रुपाकोटका कर्मचारीको हाजिरी फायलमा रातो मसी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ११ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिना जानकारी कार्यालय नआउने कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाएको छ । कार्यालयलाई जानकारी नगराइ दिनौँ उपस्थित नहुने र कार्यालयमा समयसम्म नबस्ने ४ जना कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाइएको हो । कार्यालयमा जानकारी नगराइ ७ दिनसम्म उपस्थित नहुने अमिन सुमन कुमार देवको हाजिरी फायलमा ७ दिनकै हाजिरमा रातो मसी लगाइएको छ । ४ दिनसम्म. उपस्थित नहुने आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैठौं रामप्रसाद आचार्यको ४ दिनकै हाजिरमा रातो मसी लगाइएको छ । यस्तै बिहिबार ११ बजेसम्म कार्यालयमा उपस्थित नहुने लेखापाल नवराज रिजलाको बिहिबारको हाजिरमा रातो मसी लगाइएको छ । कार्यालयमा कर्मचारी नहुने जनगुनासो आउपछि मेयर तीर्थराज भट्टराईले छड्के अनुगमन गर्दा बिना जानकारी कार्यालय नआएका र समयमा कार्यालय नआएका कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाइएको हो । ...
ताराखसे सामुदायिक वनमा ८ सय फलफुलका बिरुवा रोपियो

ताराखसे सामुदायिक वनमा ८ सय फलफुलका बिरुवा रोपियो

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन १० । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ताराखसे सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । बाँझो बन्दै गएको सामुदायिक वनको ४ रोपनी क्षेत्रफलमा वृक्षारोपण गरिएको हो । वनको ४ रोपनी क्षेत्रफलमा ८०० बिरुवा रोपिएको छ । साना किसान कृषि सहकारी संस्था दुर्छिम र वृक्षारोपण पहल नेपालको समन्वयमा सामुदायिक वनमा फलफुल साथै अन्य बिरुवा रोपिएको बताइएको छ । सामुदायिक वनको झाडी फडानी गरेर दन्ते ओखर, आँप, अम्बा लगायतका ८०० बिरुवा रोपिएको वृक्षारोपण पहल नेपाल दुर्छिमका म्यानेजर मोतिराज राईले बताए । सहकारी संस्थाका अध्यक्ष मनकुमार राईको नेतृत्वमा सहकारीका शेयर सदस्य, सामुदायिक वनका समिति र वृक्षारोपण नेपालका पदाधिकारी लगायतको उपस्थितिमा बिरुवा रोपिएको राईको भनाइ छ । ताराखसे सामुदायिक वनको ४ रोपनी क्षेत्रफलमा ३ दिन लगाएर बिरुवा रोपिएको हो । वृक्षारोपण पश्चात वरिपरि घेराबारा पनि गरिएको छ । बाँझो बन्...
दिक्तेल रुपाकोटले सबै प्रधानाध्यापकलाई हटायो, विज्ञापन गरेर प्रतिस्पर्धाबाट नियुक्त गर्ने

दिक्तेल रुपाकोटले सबै प्रधानाध्यापकलाई हटायो, विज्ञापन गरेर प्रतिस्पर्धाबाट नियुक्त गर्ने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, साउन ८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हटाएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले सबै तहका विद्यालयका प्रधानाध्यापकलाई हटाएर विज्ञापन गरी प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको हो । संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्बन्धि कार्यविधिले व्यवस्था गरे बमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यापालिकाले गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । कार्यापालिकाको निर्णय अनुसार हाल कार्यरत रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको आइतबारबाट म्याद समाप्त भएको छ । विज्ञापन गरेर पुनः प्रधानाध्यापक नियुक्त नभएसम्म हालका प्रधानाध्यापकलाई निमित्त दिएर कामकाज गर्ने निर्णयमा उल्लेख गरिएको छ । प्रधानाध्यापक नियुक्ति सम्बन्धि...
अन्धो हुन्छ माया भन्दै बजारमा आए विश्वास गजमेर

अन्धो हुन्छ माया भन्दै बजारमा आए विश्वास गजमेर

ताजा अपडेट, मनोरञ्जन
साउन ८ । नेपाल जन्मथलो भई लामो समयदेखि अमेरिका कर्मथलो बनाईरहेका गायक विश्वास गजमेरले अन्धो हुन्छ माया बोलको गितको भिडियो सार्वजनिक गरेका छन । गीतमा विश्वासको स्वर विकास संगम राईको शब्द, विक्रम राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गको अभिनय, बिशाल थापाको छायाँकन र ज्वाला राईको निर्देशन तथा सम्पादन रहेको छ । https://youtu.be/LrYVhBcRhOE...
भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडियो भोजराज खतिवडा निलम्बित

भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडियो भोजराज खतिवडा निलम्बित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ७ । खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । यस अघि ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् विस्तारमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । विद्युत विस्तारमा आवश्यक तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । उनिहरुले फर्जी बिल बनाएर ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ । खतिवडासँगै विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर ...
ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला

ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ७ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ स्थित ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला परेकि छिन् । शनिबार साप्ताहिक हाट भर्न घरबाट हिडिकी ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी करीब ४५ वर्षीया मेगमाया तामाङ मृत अवस्थामा भेटिएकी हुन् । बजारबाट अपरान्ह ५ बजेसम्म घर नफर्किएपछि परिवार र आफन्तले उनको खोजी गरेका थिए । बाटोमा खोजतलासी गर्दै जादा मृत अवस्थामा फेला परेको बताइएको छ । इलाका प्रहरी कार्यालय ऐसेलुखर्कलाई जानकारी आएपश्चात गएर हेर्दा ढुंगामा अड्किएको अवस्थामा लास फेला परेको थियो । बाटो भन्दा करीब ५ सय मिटर तल कटुञ्जे खोला भित्र ढुंगामा अड्किएको अवस्थामा लास भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृत अवस्थामा भेटिएकी तामाङ बाटोमा हिड्दै गर्दा चिप्लिएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ । मृत तामाङको आजै पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खो...
एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस

एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस शालिकमा माल्यार्पण गरेर मनाएको छ । जिल्ला पार्टी कार्यालय अगाडी निर्माण गरिएको श्रेष्ठको शालिकमा आज बिहान माल्यार्पण गरेर ४५औँ स्मृति दिवस मनाएको हो । पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेर २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेकपाका संस्थापक महासचिव उनै श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा आज देश तथा विदेशमा विभिन्न कम्युनिस्ट पार्टीहरुले कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । सोही अवसरमा खोटाङमा एमालेले श्रेष्ठको शालिकमा माल्यर्पण गरेको हो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई, एमालेका जनसंगठन कोशी प्रदेशका इन्चार्ज यज्ञराज सुनुवार, एमाले खोटाङका इन्चार्ज...
रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन

रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा दोस्रो वडा कमिटी गठन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ पश्चात वडा नम्बर ३ बाम्राङमा शनिबार वडा कमिटी गठन गरिएको (रास्वपा) ले जनाएको छ । बाम्राङमा भएको भेलाले भानुभक्त खत्री (रोशन) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको छ । समितिको सह–संयोजकमा आस्विन राई (किरण), सचिवमा मीना आचार्य पाण्डे, सह–सचिवमा कुमार थापा, कोषाध्यक्षमा दुर्गा रम्तेल, सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नबिन थापा, ज्ञान बहादुर दाहाल र सबिन राई रहेको निर्वाचन क्षेत्र समिति सदस्य मुकुन्द कृष्ण थापाले जानकारी दिए । कमिटी गठन कार्यक्रममा तदर्थ जिल्ला समितिका कोषाध्यक्ष पर्शुराम थापा (आशिष), सचिव किशोर आचार्य, प्रदेश समितीको गुनासो ब्यवस्थापन बिभागका प्रस्तावित सदस्य बिजय मिश्र, लफ्याङका संयोजक सोनाम हाङ राई लगायतको उपस्थिति...
खोटाङ सुन्तला पकेट क्षेत्र : ३५ रुपैयाँमा बिरुवा खरिद, १०० को बिल बनाएर फछ्र्योट

खोटाङ सुन्तला पकेट क्षेत्र : ३५ रुपैयाँमा बिरुवा खरिद, १०० को बिल बनाएर फछ्र्योट

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ३० । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सञ्चालित सुन्तला पकेट क्षेत्रमा अनियमितता भएको पाइएको छ । पकेट क्षेत्रको सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको पाइएको हो । आर्थिक वर्ष २०७९/०८० को प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत लिकुवापोखरी सुन्तला पकेट क्षेत्रलाई ५० प्रतिशत अनुदानमा रु १२ लाख रकम विनियोजन भएको थियो । स्थानीय सयपत्री कृषक समुहबाट सञ्चालन भएको सुन्तला पकेट क्षेत्रको काममा बिरुवा खरिदको बिल बढाएको पाइएको छ । ३५ रुपैयाँ गोटा बिरुवा खरिद गरेर रु १०० को बिल बनाएर कार्यक्रम फछ्र्योट गरिएको पाइएको हो । उपभोक्ता समितिले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाबाट ४ हजार ५०० बिरुवा खरिद गरेर कृषकहरुलाई वितरण गरेको थियो । प्रत्येक बिरुवाको १०० का दरले बिल बनाएर समितिले कार्यक्रम फछ्र्योट गरिसकेको छ । तर सुन्तलाको बिरुवा याम्खास्थित...