नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा कसजु र सचिवमा गुरुङ
खोटाङ, साउन ७ । नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा मिलन कसजु र सचिवमा विरेन गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको खोटाङको पहिलो अधिवेशनले कसजुको अध्यक्षतामा सर्वसम्मत २४ सदस्य जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।
बुधबार नेपाली कांग्रेस वीपी स्मृति भवन दिक्तेलमा भएको प्रथम जिल्ला अधिवेशनले संघको उपाध्यक्षमा सागर राई, महिला उपाध्यक्षमा वविता खत्री, सहसचिवमा श्याम कुमार पौडेल र कोषाध्यक्षमा किरण राईलाई निर्विरोध निर्वाचित गराएको हो ।
यस्तै, सदस्यहरुमा विचारी तामाङ, दिनेश राई, राजधन राई, दिपक खत्री, चन्द्रबहादुर श्रेष्ठ, हरिकुमार श्रेष्ठ, कंचन राई, सविन श्रेष्ठ, सोमकुमार राई, सन्तोष खड्का, ढकराज मगर, गौधन राई र एलिशा गुरुङ चयन भएको निर्वाचन मण्डलका सदस्य फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
यस्तै, केन्द्रीय प्रतिनिधिमा...









