खोटाङ : निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र १८ सय सुरक्षाकर्मी खटिए
खोटाङ, मंसिर १ । खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र करीब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन् ।
मुख्या निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री सहितका कर्मचारी र सुरक्षाकर्मीको टोली जिल्लाबाट खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो । सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री भने भोली मात्र पठाइने उहाँको भनाइ छ ।
मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् । खो...





