एमालेले चुनाव जित्दा विकासमा खोटाङ १० वर्षले पछि पर्यो : भुपेन्द्र राई
खोटाङ, कात्तिक १४ । नेपाली कांग्रेस एक नम्बर प्रदेशका महामन्त्री एवं खोटाङ प्रदेशसभा ‘ख’बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार भुपेन्द्र राईले एमालले चुनाव जितेका कारण विकासमा खोटाङ १० वर्षले पछि परेको आरोप लगाउनुभएको छ । आइतबार नेर्पामा भएको गठबन्धनको संयुक्त बैठक एवं उम्मेद्वार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राईले यस्तो बताउनुभएको हो ।
‘एमालेका विशाल भट्टराईलाई जनताले चुनाव जिताएर खोटाङ विकासमा दश वर्षले पछि पर्यो, त्यो छुट अब जिल्लाका जनतालाई छैन्, यहाँका अग्रजहरुलाई त्यस्तो छुट छैन् । जिल्लाको विकासकालागि वाम–लोकतान्त्रिक गठबन्धनको बिकल्प अरु हुन सक्दैन ।’ राईले भन्नुभयो ।
घरघरमा ग्यासको पाइप पु¥याउने, रेल कुदाउने लगायतका झुटा आश्वासन बाडेर एमालेले चुनाव जितेको राईको भनाइ छ । एमालेले चुनाव जित्दा देशमा विकास भन्दा पनि केपी ओलीको तानाशाह मात्र आएको राईको आरोप छ । ‘२०७४ सालको चुन...









