हलेसी तुवाचुङका प्राविधिक उच्च शिक्षा पढिरहेका विद्यार्थीलाई एक लाख छात्रवृत्ति
खोटाङ, वैशाख ६ । प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाइ हलेसी तुवाचुङ नगरपालिकाकाले जनही एक लाख छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका २ जना प्राविधिक शिक्षा अध्ययनरत विद्यर्थाीलाई जनही एक लाख छात्रवृत्ति प्रदान गरिएको हो ।
स्नातक तहमा प्राविधिक शिक्षा अध्ययनरत गरिरहेका नगरपालिका भित्रका विद्यार्थीले छात्रवृत्तिका लागि निवेदन पेश गर्न नगरपालिकाले गत फागुन ६ गते सूचना प्रकाशन गरेको थियो । उक्त सूचनाका आधारमा दुई जनाको निवेदन आएको थियो । निवेदन आएका दुवै जनालाई बिहिबार मेयर विमला राई, उपमेयर रमेश कुमार राउतले छात्रवृत्ति रकमको चेक हस्तान्त्रण गर्नुभएको हो ।
छात्रवृत्ति पाउनेमा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका विकेश सिलवाल र वडा नम्बर ६ मंगलटारका हेमन राई रहेका छन् । सिलवाल एभरेष्ट इन्जिनियरिङ कलेज ललितपुर र...









