Saturday, April 18News That Matters

Banner News 3

केएफए दिक्तेल हलेसी मेयर गोल्ड कपको पाँचौ संस्करण आगामी वैशाखमा

केएफए दिक्तेल हलेसी मेयर गोल्ड कपको पाँचौ संस्करण आगामी वैशाखमा

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २० । खोटाङमा विगत ७ वर्षदेखि सञ्चालन भइरहेको आमन्त्रित “केएफए दिक्तेल हलेसी मेयर गोल्ड कप” को पाँचौ संस्करण आगामी वैशाखमा हुने भएको छ । “स्थानिय खेलाडीको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभियान” भन्ने मुल नारासहित चार संस्करण सम्पन्न भइसकेको यस प्रतियोगिताको पाँचौ संस्करण आगामी वैशाख २३ गतेदेखि २९ गतेसम्म माटिकोरे खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको हो । २०७३ साल बाट सुरु भएको यस प्रतियोगिताको पहिलो उपाधि खोटाङ फुटबल एकेडेमीले जितेको थियो । क्रमश अन्य संस्करणको उपाधि युवा जागरण क्लब, योङ ब्याईज युनाईटेड र नेर्पा स्पटोस क्लबले जितेका थिए । ०७६ र ७७ मा कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता आयोजना गरिएको थिएन् । नेर्पा स्पटोस क्लबले जितेको अघिल्लो संस्करणमा प्रथम पुरस्कार राशी नगद रु १ लाख ५० हजार राखिएको थियो । यस संस्करणमा पुरस्कार राशी करीब ३ लाखको बनाउने गरी तयारी...
विदेश पठाउने बहानामा पाँच वर्ष अघि ठगिएका ६ जनाले अझै रकम फिर्ता पाएनन्

विदेश पठाउने बहानामा पाँच वर्ष अघि ठगिएका ६ जनाले अझै रकम फिर्ता पाएनन्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १९ गते । पाँच वर्ष अघि ठगिएका खोटाङका ६ जना ब्यक्तिले अझै पनि रकम फिर्ता पाएका छैनन् । विदेश पठाइदिन्छु भन्दै खोटाङ सोल्माका प्रेम पुरीले उनिहरुसँग रु ८ लाख ९५ हजार लगेका थिए । विदेश पठाइदिने बहानामा रकम लिएर फरार भएका पुरीले हालसम्म रकम फिर्ता गरेका छैनन् । २०७५ सालमा पुरीले दुबइको सेराटन होटलमा पठाइदिने भन्दै दिक्तेलका इन्द्र बहादुर खड्का (माइकल), कर्ण बहादुर खड्का, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट रु ५०–५० हजार र सोम बहादुर भण्डारीबाट रु ३५ हजार लिएका थिए । दिक्तेलकै बाबुराम खड्काबाट जापान पठाइदिन्छु भन्दै रु ६ लाख ६० हजार लिएका थिए । तर पुरीले विदेश नपठाइ रकम लिएर फरार भएको पीडितहरुको गुनासो छ । उनिहरुले आईएमई र मोबाइल बैंकिङमार्फत पुरीलाई रकम पठाएका थिए । उक्त पैसा पठाएको रकमको प्रमाणसहित सम्बन्धित निकायहरुमा लामो समयदेखि धाए पनि रकम फिर्ता नपाएको उनिहरुको दुखेसो छ । खोटा...
६ महिनामा खोटाङका ४ हजार बढी नागरिक विदेश गए

६ महिनामा खोटाङका ४ हजार बढी नागरिक विदेश गए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १८ । चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म खोटाङबाट ४ हजार बढी नागरिक विदेश गएका छन् । साउनदेखि पुषसम्म ६ महिनामा ४ हजार १ सय ६६ जनाले वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएका हुन् । साउनमा ६६५ जना, भदौमा ६७२ जना, असोजमा ७२७ जना, कात्तिकमा ४५४ जना, मंसिरमा ८२३ जना र पुषमा ८२५ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रबाशन सामी कार्यक्रमले जनाएको छ । जसमा महिला ३९२ र पुरुष ३ हजार ७७४ जना रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जिल्लाका ९ हजार ८०६ जनाले वैदेशिक रोजगारिको लागि श्रम स्वीकृति लिएको सामी कार्यक्रमका जिल्ला संयोजक सन्तोष कुमार राईले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जानको लागि अन्तिम प्रक्रिया श्रम स्वीकृति हो । जसकारण चालू आर्थिक वर्षको हालसम्म ४ हजार बढी नागरिक विदेश गएको संयोजक राईले बताउनुभयो । उनिहरु प्राय खाडी मुलुक, मलेसीया लगायतका देश गएका छन् । तथ्यांक अनु...
पिपलडाँडा माविलाई पुनः उपाधि, दाम्लि मावि दोस्रोहुँदा च्यास्मीटर मावि तेस्रो

पिपलडाँडा माविलाई पुनः उपाधि, दाम्लि मावि दोस्रोहुँदा च्यास्मीटर मावि तेस्रो

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मंगलटारस्थित पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले जितेको छ । देवीस्थानले लगातार दोस्रो पटक प्रथम शिल्ड आफ्नो पोल्टामा पारेको हो । अघिल्लो वर्ष उपाधि जितेको देवीस्थानले यो वर्ष पनि ९ स्वर्ण, ५ रजत र ७ कास्य पदकसहित उपाधि जितेको नगरपालिकाले जनाएको छ । अर्खौले विजुलेस्थित सालपा खेलमैदानमा शनिबारदेखि सञ्चालन भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ । डिकुवास्थित दाम्लि माध्यमिक विद्यालय ४ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित प्रतियोगिताको दोस्रो भएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । यस्तै, च्यास्मीटर मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो भएको छ । एथलेटिकमा २६, भलिबलमा २ र कवड्डिमा २ गरी कुल ३० स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो । जसमा ज्योति माविले ३ स्वर्ण, ६ रज र...
खोटाङका गायक हर्क गदाल र शान्ती श्री परियारको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

खोटाङका गायक हर्क गदाल र शान्ती श्री परियारको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, माघ १५ । खोटाङका गायक हर्क गदाल र चर्चित गायीका शान्ती श्री परियारको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । खोटाङमै छायांकन गरिएको “मेरी काली” बोलको उक्त म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका गदाल लामो समयदेखि मोफसलमा बसेर गीत संगीतमा काम गरिरहेका छन् । उनै गायक तथा संगीतकार गदालले “मेरी काली” बोलको लोक दोहोरी गीत बजारमा ल्याएका हुन् । गीतलाई साइनो कला केन्द्रको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपमेयर विसन राईले लोकार्पणसमेत गरेका छन् । खोटाङ म्युजिक युटुव च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ । गीतमा गदालको आफ्नै शब्द, संगीत रहेको छ । गीतको भिडियो खोटाङको दिक्तेल, खाल्ले, मझुवागढी लगायतका क्षेत्रका छायांकन गरिएको हो । खोटाङ खार्मीका ज्ञानेन्द्र कमेडियानले निर्देशन गरेको भिडियोमा प्राय सबै जि...
नेता लोभीहुँदा देश बन्दैन, देश बनाउन पहिले आफु बदलिनु पर्छ –मन्त्री धनराज गुरुङ

नेता लोभीहुँदा देश बन्दैन, देश बनाउन पहिले आफु बदलिनु पर्छ –मन्त्री धनराज गुरुङ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ १३ । नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेतामा लोभ नभए मात्र देश बन्ने बताउनुभएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार उद्घाटन गर्दै नेपाली कांग्रेसको उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले लोभी नेता भएको देशका जनता कहिले खुसी नहुने बताउनुभएको हो । ‘जुन देशको नेता लोभी हुन्छन् त्यो देशको जनताले सुख पाएको मैले अहिलेसम्म देखेको छैन्, त्यसैले हामी जस्ता देश बनाउन राजनीतिक गर्नेहरु लोभ बाट मुक्त हुन आवश्यक छ ।’ मन्त्री गुरुङले भन्नुभयो, ‘जुन देशमा नेताहरु लोभी छैनन्, त्यस्ता देशहरु अहिले विकसीत भइरहेका छन् । त्यसकारण हामी वडाअध्यक्षदेखि संघीय मन्त्री, प्रधानमन्त्री सबैले एउटै लक्ष्य लिन आवश्यक छ, त्यो हो सदाचार । यदि नेतामा सदाचारिता भएन भने देशले दुःख पाउछ ।’ यस्तै, मन्त्री गुरुङले राजनीतिमा लाग्नु भ...
आमा र बच्चाको स्वास्थ्यको लागि धितुङमा “सुत्केरी भेटघाट” कार्यक्रम

आमा र बच्चाको स्वास्थ्यको लागि धितुङमा “सुत्केरी भेटघाट” कार्यक्रम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा वडा कार्यालय र आमा समुह मिलेर “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गरेका छन् । आमा र शिशुको स्वास्थ्यको लागि “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । “सुत्केरी भेटघाट” कार्यक्रम अन्तरगत वडा भित्र सुत्केरी भएका महिलाहरुलाई भेट्न आमा समुह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविकाहरु जाने गरेका छन् । कुखुराको भाले, अण्डा, गाउँ घरमा उत्पादन भएका चामल, दाल, सागपात, गुन्द्रुक, फलफुल लगायतका पोषिलो परिकार लिएर सुत्केरी भेट्न जाने गरिएको छ । कुखुराको भाले र एक क्यारेट अण्डा वडा कार्यालयकोतर्फतबाट र अन्य खाने कुरा आमा समुहहरुले संकलन गरेर सुत्केरी भेट्न जाने गरिएको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यको लागि यो कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ । ‘आमा र बच्चाको स्वास्थ्यक...
विदेशबाट आएर जसले गाउँको विद्यालयलाई दिए नगद पाँच लाख र एक रोपनी जग्गा

विदेशबाट आएर जसले गाउँको विद्यालयलाई दिए नगद पाँच लाख र एक रोपनी जग्गा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा चारबोटेस्थित डिकुवा आधारभूत विद्यालयले नगद पाँच लाख पाँच रुपैयाँ र एक रोपनी जग्गा निःशूल्क प्राप्त गरेको छ । डिकुवा घर भइ हाल बेलायत बस्दै आउनुभएका बाबुराम राईले विद्यालयलाई नगद र जग्गा प्रदान गर्नुभएको हो । राईले विद्यालयमै उपस्थित भएर नगद रकम हस्तान्त्रण गर्नुभएको प्रधानाध्यापक प्रमेश कुमार राईले जानकारी दिनुभयो । यस्तै, राईका वुबा बल्लशेर राई र आमा कमलादेवी राईको स्मारक, सरस्वती देवीसहितको विद्यालयमा निर्माण गर्नुभएको प्रधानाध्यापक राईले बताउनुभयो । स्व. बल्लशेर राईले उक्त विद्यालय स्थापना गर्नुभएको थियो । जसकारण वुबा र आमाको नाममा विद्यालयलाई जग्गा र नगद प्रदान गरिएको राईको परिवारले जनाएको छ । राईले प्रदान गर्नुभएको रकम विद्यालयको कोषमा राखिएको छ । उक्त रकम लगानि गरेर प्राप्त ब्याजबाट निजी शिक्षकलाई तलब प्रदान गर्ने प्रधानाध्या...
गाईघाट–दिक्तेल सडक निर्माण सुरु भएको २९ वर्षमा पनि कालोपत्रे हुन सकेन

गाईघाट–दिक्तेल सडक निर्माण सुरु भएको २९ वर्षमा पनि कालोपत्रे हुन सकेन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, माघ ९ । सगरमाथा लोकमार्ग निर्माण सुरु भएको तीन दशक पुग्नै लाग्दा पनि कालोपत्रे हुन सकेको छैन् । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिल्यान्यास गरेर सगरमाथा लोकमार्ग निर्माण सुरु भएको थियो । सडक निर्माण सुरु भएको तीन दशक पुग्न लाग्दा ३० किलोमिटर पनि सडक कालोपत्रे हुन नसकेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख संजिवकुमार मिश्रले बताउनुभयो । ठेकेदार कम्पनीका कारण हालसम्म सडक कालोपत्रे हुन नसकेको उहाँको भनाइ छ । लोकमार्ग अन्तरगत गाईघाट देखि दिक्तेलसम्मको सडक कालोपत्रेको लागि विभिन्न चरणमा ठेक्का लागेको थियो । तर निर्माण कम्पनीको लापारबाहिको कारण सडक अहिले अलपत्र अवस्थामा छ । सम्झौता अनुसार काम सम्पन्न भएको भए हाल सडक कालोपत्रे भएर चिल्लो हुने थियो । तर सडकमा अहिले बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुमाल्लेहुँदा सवारी साधन आवतजावत गर...
रावा बेसी : पाठेघरको समस्या भएका महिलाहरुको गाउँपालिकाले निःशूल्क उपचार गरिदिने

रावा बेसी : पाठेघरको समस्या भएका महिलाहरुको गाउँपालिकाले निःशूल्क उपचार गरिदिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ७ । खोटाङको रावा बेसी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क उपचार गरिदिने भएको छ । पाठेघर खस्ने समस्या भएका महिलाहरुको अप्रेसनसहितको निःशूल्क उपचार गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । गाउँसम्म पुगेर पाठेघरको समस्या भएका महिलाहरुको पहिचान गर्न र उनिहरुको उपचारका लागि गाउँपालिकाले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँग सम्झौता गरेको छ । जसअनुसार पाठेघरको समस्या भएर उपचार नपाएका महिलाहरुको निःशूल्क उपचार हुने गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । गाउँ घरमा धेरै महिलाहरु पाठेघरको समस्याले ग्रसीत भएकाले उनिहरुको निःशूल्क उपचारका लागि व्यवस्था मिलाइएको उहाँको भनाइ छ । पाठेघरको समस्या भएका महिलाहरुको पहिचानको लागि गाउँपालिकाको दुई ठाउँमा शिविर आयोजना गर्ने तयारी गरिएको जनाइएको छ । शिविरमा पहिचान भएका महिलाहरुलाई श्रीरमेमोरीयल अस्पताल बनेपामा लग...