Saturday, April 18News That Matters

Banner News 3

भाडाको घरमा बस्दै आएको बाहुनीडाँडा स्वास्थ्य चौकी अब आफ्नै भवनमा

भाडाको घरमा बस्दै आएको बाहुनीडाँडा स्वास्थ्य चौकी अब आफ्नै भवनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ६ । भाडाको घरमा रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बाहुनीडाँडा स्वास्थ्य चौकी आफ्नै भवनमा सरेको छ । नयाँ भवन निर्माण भएसँगै स्वास्थ्य चौकी आफ्नै भवनमा सरेको हो । २ तले आरसिसि स्वास्थ्य चौकीको भवन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मेयर राईसँगै उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलास बहादुर ठकुराठी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको वडाध्यक्ष रुद्र कुमार राईले बताउनुभयो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण भाडाको घरमा बस्न बाध्य स्वास्थ्य चौकीले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । विगतमा तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । उक्त भवन भत्काएर वडाको नयाँ भवन निर्माण गर्न थालेपछि स्वास्थ्य चौकीलाई मासिक ५ हजार भाडामा सारिएक...
खोटाङको सिम्पानीमा एक लाख पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

खोटाङको सिम्पानीमा एक लाख पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ६ । खोटाङको सिम्पानीमा एक लाख बढी पुरस्कार राशीको पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी वडा कार्यालयको आयोजनामा खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । सिम्पानीस्थित सिम्पानी माध्यमिक विद्यालयको प्रांगणमा माघ १८ देखि २० गतेसम्म हुने प्रतियोगिता नकआउटको आधारमा खेलाइने वडाध्यक्ष चन्द्र बहादुर पाथाले जानकारी दिनुभयो । खेलमा सहभागिताको लागि पालिकाको सिफारिस र खेलाडीको परिचय खुल्ने कागजात अनिवार्य गरिएको उहाँको भनाइ छ । प्रतियोगिताको प्रथम हुने टिमले रु १ लाख १ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने टिमलाई क्रमश रु ७१ हजार १११ र रु ५१ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष थापाले बताउनुभयो । यस्तै, विद्यागत उत्कृष्ट ६ खेलाडीलाई पनि पुरस्...
अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम रावा बेसीमा सम्झौता

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम रावा बेसीमा सम्झौता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । खोटाङको रावा बेसी गाउँलिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवं अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनकालागि गाउँपालिका र करुणा फाउण्डेसन संस्थाबीच शुक्रबार सम्झौता भएको हो । कोशी प्रदेश सरकार, स्थानीय सरकार र फाउण्डेसनको संयुक्त लगानिमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । शुक्रबार गाउँपालिकाको कार्यालयमा भएको सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष फटिक कुमार श्रेष्ठ र फाउण्डेसनको तर्फतबाट व्यवस्थापक सन्तोष धिमिरेले हस्ताक्षर गर्नुभएको छ । रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी र फाउण्डेसनका वरिष्ठ अधिकृत गिता त्वानावासु, विक्रम बस्नेत र पालिका संयोजक राकेश खड्का रहनुभएको छ । कार्यक्रम सम्झौतासँगै कार...
फटिक कुमार श्रेष्ठको नेतृत्वमा रावा क्याम्पसको नयाँ समिती चयन

फटिक कुमार श्रेष्ठको नेतृत्वमा रावा क्याम्पसको नयाँ समिती चयन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २८ । खोटाङको रावा बेसी गाउँपालिका-२ खार्पास्थित रावा क्याम्पसको नयाँ संचालक समिती गठन गरिएको छ । शनिबार भएको क्याम्पसको तेस्रो सभाले फटिक कुमार श्रेष्ठको नेतृत्वमा नयाँ समिती गठन गरेको हो । रावा बेसी गाउँपालिकाका अध्यक्षसमेत रहनु भएका श्रेष्ठलाई सभाले सर्वसम्मत क्याम्पस संचालन समितिको अध्यक्षमा चयन गरेको छ । समितीको उपाध्यक्षमा राजन मगर चयन हुनु भएको क्याम्पस प्रमुख दिपक पोखरेलले जानकारी दिनुभएको हो । यस्तै, सदस्यहरुमा भुपराज पाेखरेल, लिलानारायण श्रेष्ठ, भुमिदक्त दाहाल, पुण्य कुमारी मगर, सिता कट्वाल, यज्ञनारायण श्रेष्ठ, गिता देवी पाेखरेल र सदस्य सचिवमा क्याम्पस प्रमुख पोखरेल रहनु भएको छ । क्याम्पसको विधान अनुसार यो समितीको कार्यकाल तीन वर्षको रहनेछ । सम्पन्न तेस्रो सभामा खोटाङका संघीय सांसद रामकुमार राई (पासाङ), प्रदेश सभा ´क` का सांसद पाँचकर्ण राई लगायतको उपस्थिति रहेको थिय...
खोटाङमा आगलागीबाट घर गोठ जलेर नष्ट, ४५ वटा बाख्रा मरे

खोटाङमा आगलागीबाट घर गोठ जलेर नष्ट, ४५ वटा बाख्रा मरे

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २५ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो । मंगलबार राती करीब ८ः१५ को समयमा सुरु भएको आगो राती १२ बजे मात्र नियन्त्रणमा आएको थियो । गोठमा परालको कुनिउँ भएकाले आगो नियन्त्रण गर्न समस्या भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद शाहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको २ तले घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको उहाँको भनाइ छ । घरसँगै अन्नपात, भाँडाकुडा, लत्ताकपडा, नगद पैसा सबै जलेर नष्ट भएको छ । गोठमा राखिएको ४५ वटा बाख्रा पनि आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भएका छन् । भैँसीको अर्को पाडोे जलेर मरे...
“गाउँ मरेको सूचना”

“गाउँ मरेको सूचना”

Banner News 3, कला, साहित्य, ताजा अपडेट
विक्रम क्षेत्री कविता सूचना ! सूचना !! सूचना !!! गाउँ मरेको सूचना ! जस्ले आफ्नो छातीमा राखेर सारा बालकहरूलाइ वयस्क बनायो उभिन सक्ने, हिड्न अनि दौडिन सक्ने बनायो । ती सबैसबैले साथ छोडेर कोही सहर पसे, कोही परदेशमै हराए ! उ आज मरेको छ । जस्ले आमा बनेर सबैलाई जन्म दियो अनि हुर्कायो पनि, आफ्नै वक्षस्थलमा राखेर । प्रत्येक शारदीय मौसममा मखमली र सयपत्री फुलाएर परदेशीयका तिमीहरूलाई उमंगको मुस्कानसहित स्वागत गर्ने गाउँ मरेको छ । जब बर्षौँ भत्किएका छेकु र दम्कु खोलाका साँघुहरू अलपत्र परिरहे । जब तावा खोलाबाट रूपाकोट धाउने खुट्किला गोरेटोहरू घारि र लेउले ढाकिए । जब हजारौंको भिडमा बसेर प्रकृति प्रेमको स्नेहले मात्तिदै सोईढोले सोईको भाकामा उधौली र उभौलीमा उफ्रने तन्नेरिहरू परदेशमै हराए कि त सहरिया भए, तब गाउँ मर्यो । जब सुन फल्ने टारी र गैरिखेतका फाँटहरू काँस र सिरूले छोपिए । जब बेलाबेल...
ठेकेदारबाट मेयरनै ठगिए

ठेकेदारबाट मेयरनै ठगिए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, पुस २१ । काम गरेको पैसा ठेकेदारले नदिएर दैनिक ज्यालादारी मजदुरहरु पीडित भएको कुरा त हामीले सुनिरहेका हुन्छौँ । तर खोटाङमा सडक ढलानको काममा ठेकेदारले नगरपालिकाका मेयरलाई नै पीडित बनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हस्पिटल चोक–आहाले सडक खण्ड अन्तरगत जिल्ला अदालतदेखि हाडडाँडासम्म केही समय अघि सडक ढलान गरिएको छ । अदालबाट बरगाँछिसम्म ढलान गरेपछि रकम अभाव कारण देखाउदै निर्माण कम्पनी पन्छिएको थियो । ढलानको काम रोकिने भएपछि मेयर तीर्थराज भट्टराई जमानी बसेर आवश्यक सामान पसलबाट दिलाइदिएको अहिले खुल्न आएको छ । दश दिनभित्र पैसा तिर्ने सर्तमा ठेकेदार शिव चौलागाइँले बिबेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रा.लि दिक्तेल शाखाबाट रु १७ लाख ५० हजारको सामान लगेको बताइएको छ । सुरुमा ठेकेदारको विश्वास नभएको भन्दै पसलबाट सामान दिन नमानेपछि मेयर भट्टराईले आफ्नो ब्यक्...
खोटाङ : महिलाको हत्या गरी लुटपाट गर्ने श्रेष्ठ दम्पती पक्राउ

खोटाङ : महिलाको हत्या गरी लुटपाट गर्ने श्रेष्ठ दम्पती पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ परेका छन् । तामाङको हत्या र लुटपाट गरी फरार भएका जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका हुन् । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा पुस–३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । स्थानीयको अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन । उक्त घटनाको आरोपमा श्रेष्ठ दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बसेकी पवित्रा मङ्सिर–१९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बसेको परिवारका सदस्यले बताएका छन् । भोलिपल्ट बिहान ओ...
खोटाङमा कोदो राम्रो उत्पादन हुन्छ, तर आम्दानी हुँदैन्

खोटाङमा कोदो राम्रो उत्पादन हुन्छ, तर आम्दानी हुँदैन्

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  राजकुमार सरगम (भट्टराई) खोटाङ, पुष १५ । रैथाने बाली कोदो खोटाङमा अझै पनि मनग्ये फल्ने गरेको छ । तर यसबाट उल्लेखीय आम्दानी हुन नसक्दा किसानहरु चिन्तित् छन् । उनिहरुले अन्य विकल्प नभएको कारण मात्र बारीमा कोदो रोप्ने गरेको बताउछन् । जिल्लाका प्राय सबै ठाउँमा कोदो फल्छ, कृषकले रोप्दै पनि आएका छन् । कृषक यस खेतीबाट सन्तुष्ट भने छैनन् । चालू आर्थिक वर्ष २०८०/८१ म मात्र खोटाङमा ३४ हजार १ सय ४६ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्र खोटाङसँग छ । तर, कोदोलाई सहि सदुपयोग गर्न नसक्दा कोदो खेतीबाट कृषकले लगानी उठाउन सकेका छैनन् । अधिकांश कृषकको भनाइ अनुसार गाउँ घरमा आजभोली कोदोको प्रयोग जाँडरक्सीमा मात्र भइरहेको छ । तर त्यसबाट पनि उल्लेखीय आम्दानी छैन् । रोटी, ढिडो र कोदोको पिठोको अन्य परिकार बनाएर खाने चलन विस्तारै हराउदै गएको छ । अहिले जिल्लामा घरेलु मदिरा उत्पादनको ल...
युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा सडक स्तरोन्नती धमाधम

युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा सडक स्तरोन्नती धमाधम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १४ । युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सामातुङ–पाँचगरे सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । ४ किलोमिटर लम्बाई रहेको उक्त सडक ६ मिटर फराकिलो बनाउनेगरी स्तरोन्नतीको काम भइरहेको हो । बाम्राङस्थित सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पूर्वलाहुरे तथा उनीहरुका परिवार गरी २७ जनाले रु १६ लाख ७७ हजार आर्थिक सहयोग गरेका छन् । हाल अन्य देशमा रहेका सामातुङ्गेहरुले पनि सहयोग रकम पठाउन थालेको श्रम समितिका संयोजक एबं पूर्ववडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । रकम संकलनसँगै श्रमदानको काम पनि अहिले धमाधम भइरहेको छ । जेसिभि र डोजरले गर्ने वाहेकका कामका लागि सामातुङ र थापागाउँका ७९ घर स्थानीयले कम्तीमा १०÷१० दिन श्रमदान गर्ने नीति बनाइएको छ । जसअनुसार अहिले स्थानीयहरु घरबाट कुटो, कोदालो, झम्पल लगायतको आवश्यक सामाग्री ल्...