Saturday, April 18News That Matters

Banner News 3

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी” : २० गते दिक्तेलमा राजेश पायलको सांगीतिक प्रस्तुति

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी” : २० गते दिक्तेलमा राजेश पायलको सांगीतिक प्रस्तुति

Banner News 3, कला, साहित्य, ताजा अपडेट, मनोरञ्जन, समाचार, समाज, स्थानीय
  खोटाङ, असोज १५ । चर्चित गायक (राई इज किङ) राजेश पायल राई खोटाङ आउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा असोज १७ देखि २१ गतेसम्म हुने “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा प्रस्तुती दिन गायक राई जिल्ला आउन लागेका हुन् । चर्चित गायक राई नगरपालिकाका नगर दूतसमेत हुन् । गायक राईले असोज २० गते दिक्तेलमा सांगीतिक प्रस्तुती दिने नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । प्रदर्शनीमा १४ देशका ४० जना बढी ख्यातीप्राप्त चित्रकारको सहभागी हुने छ । कतीपय देशका चित्रकारहरु काठमाडौं आइसकेका छन् । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा लाईभ चित्र बनाउन नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट ख्यातीप्राप्त चित्रकारहरु ...
दिक्तेल रुपाकोटमा खुला प्रतिस्पर्धाबाट ५० प्रधानाध्यापक छनोट, ११ शिक्षक फेल

दिक्तेल रुपाकोटमा खुला प्रतिस्पर्धाबाट ५० प्रधानाध्यापक छनोट, ११ शिक्षक फेल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको छ । नगरपालिकाले गत साउनबाट खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक छनोट गर्ने प्रक्रिया सुरु गरेको थियो । साउन ७ गते बसेको नगर कार्यपालिकाको बैठकले सबै तहका विद्यालयका प्रधानाध्यापकलाई हटाएर विज्ञापन गरी प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको थियो । संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्बन्धि कार्यविधिले व्यवस्था गरे बमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको नगरपालिकाले साउन ३१ गते सूचना निकालेको थियो । नगरपालिकाले प्रकाशन गरेको सूचना अनुसार ६१ जनाले प्रधानाध्यापकको लागि आवेदन दिएको नगर शिक्षा शाखा प्रमुख तीर्थराज विश्वकर्माले बताउनुभयो । असोज ८ गते नगरपालिकाले लिएको प्रधनाध्यापकको परिक्षामा ५० जना शिक्षक उत्तीर...
खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, अवस्था नाजुक 

खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, अवस्था नाजुक 

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १४ । खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् । शनिबार बलात्कृत भएकी बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।  बालिकाको यौनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुर लगिएको हो । बालिकाको अवस्था नाजुक रहेको बताइएको छ ।  नजिकै रहेको आफन्तको घरमा शनिबार खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् । बालिका बलात्कार गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माईला भनिने राजु राईलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनले मोबाईलमा अश्लिल भिडियो देखाएर बालिकालाई बलात्कार गरेको बताइएको छ ।  बालिका बलात्कार गरेर लुकिछिपि बसिरहेका राईलाई शनिबार रातीनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पु...
जिल्ला समन्वय ओखलढुंगाका प्रमुख खनालको निधन

जिल्ला समन्वय ओखलढुंगाका प्रमुख खनालको निधन

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
असोज १४ । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्ली खनालको निधन भएको छ । समन्वय प्रमुख खनालको उपचारको क्रममा गएराति टिचिङ अस्पताल काठमाडौंमा निधन भएको हो । नेता खनाल लामो समयदेखि प्यांक्रियाजका क्यान्सरबाट पीडित थिए । उनको गएराति ७३ बर्षको उमेरमा निधन भएको छ । २०२८ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीति सुरुवात गरेका खनाल नेपाली कांग्रेस ओखलढुंगा जिल्लाको कोषाध्यक्ष, उपसभापति, महाधिवेशन प्रतिनिधीहुँदै महासमिति सदस्य समेत बनेका थिए । नेता खनाल हाल जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख थिए ।...
जीर्ण भवनमा ज्यामिरे स्वास्थ्य चौकी, नयाँ भवन हाँसेको हाँसै

जीर्ण भवनमा ज्यामिरे स्वास्थ्य चौकी, नयाँ भवन हाँसेको हाँसै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २९ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको छ । लामो समयदेखि निर्माणधिन नयाँ भवन सञ्चालनमा नआउदा स्वास्थ्यकर्मीहरु पुरानै जीर्ण भवनबाट स्वास्थ्य सेवा दिन बाध्य भएका छन् । हाल स्वास्थ्य चौकी सञ्चालन भइरहेको भवन अत्यन्तै जीर्ण छ । ढुंगा र माटोको पुरानो भवनको बाहिरी सबै भागहरु चर्किएका छन् । भवनको भित्र ढलान गरिएको भएपनि फुटेर पुरै चिराचिरा भएको छ । जोखिम मोलेर बाध्यताले उक्त जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव तेज बहादुर राईको भनाइ छ । ‘औषधी लयातको सामान राख्ने ठाउँ, बिरामी जाँच गर्ने ठाउँ र प्रशासन सञ्चालन सबै एउटै कोठामा छ । त्यही पनि भवन जीर्ण भएर कुन बेला भत्किन्छ टुंगो छैन् ।’ अहेव राईले बताए । बर्थिङ सेन्टरका लागि छुट्टै सानो २ कोठाको भवन छ । जसकारण प्रसूति गराउन समस्या नरहेको उनको भनाइ छ ...
बाँसका सामाग्री सिक्दै, बुन्दै खोटाङका महिलाहरु

बाँसका सामाग्री सिक्दै, बुन्दै खोटाङका महिलाहरु

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका महिलाहरु यतिबेला बाँसका सामाग्री निमार्ण गर्न ब्यस्त छन् । बाम्राङको वडा कार्यालयमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाहरु बाँसका सामाग्री निर्माण गर्न ब्यस्त भएका हुन् । अन्तराष्ट्रिय श्रम संगठनको समन्वयमा महिला उद्यमी महासंघले एक महिने बाँसका सामाग्री निर्माण गर्ने तालिम आयोजना गरेको हो । भदौ १० गतेबाट सुरु भएको तालिममा ३० जना महिलाहरु सहभागी छन् । सुरु दिनदेखि नै तालिममा सहगाभी सबै महिलाहरु अहिले धमाधम बाँसका सामाग्री निर्माण गरिरहेका छन् । उनिहरु आफैले बाँसका चोया काडेर पेनकेस, र्‍याक, फुलदानी, डुङ्गाबास्केट र डस्बिन बुनिरहेका छन् । गाउँ घरमा प्राय पुरुषहरुले गरिरहेको यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने उनिहरुलाई लाग्दैन थियो । तर, अहिले सिक्दै जादा सम्भव रहेछ भन्ने लागेको बाम्राङकी रोजिना रिजाल बताउनु हुन्छ...
डुम्रेधारापानीका नागरिकले काठमाडौंमै पाए वडाको सेवा

डुम्रेधारापानीका नागरिकले काठमाडौंमै पाए वडाको सेवा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले संघीय राजधानी काठमाडौंमै वडाको सेवा पाएका छन् । डुम्रेधारापानी स्थायी ठेगाना भएर विभिन्न कामले काठमाडौं बस्दै आएका नागरिकलाई जनप्रतिनिधि र कर्मचारीले उहीँ पुगेर वडाको सेवा प्रदान गरेका हुन् । डुम्रेकोट सेवा समाज खोटाङ, काठमाडौंको समन्वयमा वडा कार्यालयले सोमबार आयोजना गरेको प्रशासनिक घुम्ति सेवाबाट २ सय बढीले सेवा लिएका छन् । वडाध्यक्ष ज्ञान बहादुर पाण्डे र वडा सचिव सुवास पौडेल उपस्थित भएर प्रदान गरिएको घुम्ति सेवा बिहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन भएको थियो । सेवाग्राहीको भिड लागेकाले रातीसम्म सेवा सञ्चालन गर्दा पनि केही नागरिकको काम बाकी नै रहेको छ । उक्त बाकी काम मंगलबार (आज) सक्ने वडाध्यक्ष पाण्डेले बताउनुभयो । स–साना कामका लागि ठुलो खर्च गरेर वडा कार्यालय आउनु पर्ने नागरिकहरुको समस्या छ । जसकारण नागरिकको सम...
उपचार खर्च अभावहुँदा खोटाङकी १७ वर्षीया हेमा अस्ताइन्

उपचार खर्च अभावहुँदा खोटाङकी १७ वर्षीया हेमा अस्ताइन्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ २२ गते । उपचार खर्च अभावहुँदा खोटाङकी १७ वर्षीया हेमा राईको मृत्यु भएको छ । बिरामी भएकी हेमालाई दुई वर्ष अगाडी परिवारले अस्पताल लादा एउटा मिर्गौला फेल भएको रिपोर्ट आएको थियो । पछि उनको दुवै मिर्गौला फेल भएपछि बिहिबार निधन भएको हो । दुई वर्ष अगाडी एउटा मिर्गौला फेल भएको थाहा भएपछि अस्पतालले परिवारलाई उपचारका लागि आर्थिक संकलन गर्न सुझाव दिएको थियो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडा घर भइ हाल भक्तपुर बस्दै आएका हेमाको परिवारले आर्थिक संकलन गर्न सकेनन् । बुवा ओम बहादुर र आमा तुलसाले उपचारका लागि रकम संकलन गर्न नसक्दा अन्ततः छोरी हेमा सधाका लागि बिदा भएकी छिन् । कक्षा ९ मा अध्ययन गरिरहेकी हेमा एउटा मृगौला फेल भएपछि पुनः विद्यालय जान सकिनन् । सामान्य औषधि खाएर घरमै बसिरहेकी हेमाको अर्को पनि मिर्गौला फेल भयो । परिवारले उपचार खर्च जुटाउन नसक्दा म...
राजापानीमा बाघ आतंक एकै दिन दुई बाख्रा र एउटा गाई मार्यो

राजापानीमा बाघ आतंक एकै दिन दुई बाख्रा र एउटा गाई मार्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघले एकै दिन तीन वटा पशुचौपाया मारेको छ । बुधबार जंगलबाट चराएर घर फर्काउदै गर्दा बाटैमा बाघले तीन पशुचौपाया मारेको हो । राजापानीको साविक ७ नम्बर वडा आहालेका फडिन्द्र कट्वालको दुई वटा बाख्रा र सुबास कार्कीको एउटा गाई मारेको हो । स्थानीय टुर्सीउ जंगलबाट चरेर फर्किदा बाटैमा तीन वटै पशुचौपाया मारेको स्थानीय सुबास कार्कीले बताए । बाख्राको केही भाग खाएर गाई खादै गर्दा कार्की लगायतले बाघलाई भेटेका थिए । गाई मारेर खादै गरेको बाघले मान्छेलाईसमेत आक्रमण गरेको कार्कीले बताए । तर चार जना भएकाले बाघले मान्छेलाई केही गर्न नसकेको उनको भनाइ छ । बाघ गत राती गाउँभित्रै पसेको थियो । गाउँमा केही बिगार नगरेको बाघले जंगलबाट गाउँ फर्किदा बाटोमा पशुचौपाया मारेको छ । जसकारण अहिले स्थानीयमा क्रास बढेको कार्कीले बताए । यश अघि पनि बेलाबेलामा बाघले उक्त ...
खोटाङ र उदयपुर जोड्ने निर्माणधिन पुलको टावर ढलेपछि सामान बोकेर ६ महिनादेखि ठेकेदार गायब

खोटाङ र उदयपुर जोड्ने निर्माणधिन पुलको टावर ढलेपछि सामान बोकेर ६ महिनादेखि ठेकेदार गायब

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ १४ । खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणधिन रहेको झोलुङ्गे पुलको टावर गत चैतमा ढलेको थियो । केही समयभित्र पुनः टावर निर्माण गर्ने ठेकेदारले प्रतिबद्धता दिए पनि हालसम्म पुल निर्माणको काम भएको छैन् । टावर पुनः निर्माण गर्नुको सट्टा उल्टै टावरको सामान बोकेर ठेकेदार हिडेको स्थानीयको भनाइ छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने उक्त झोलुङ्गे पुल निर्माणको सम्झौता मिति सकिसकेको छ । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको भएपनि ठेकेदारको चरम ढिलासुस्तीको कारण पुल अलपत्र छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत तीन करोड ५० लाखमा पुल निर्माणको जिम्मा लिएका ठेकेदार बशन्त बुढाथोकी अहिले गायब छन् । ढिलासुस्तीमा काम भइरहेदा निर्माण सम्पन्न नहुँदै चैतम...