खोटाङमा अवैधरुपमा खयरको काठ कटनी, बडहरेमा आमा समुहले रोके
राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन २६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित खोक्सेली सामुदायिक वनमा अवैधरुपमा खयर कटनी गरेको पाइएको छ । सामुदायिक वनमा अवैधरुपमा कटनी गरेर लैजादै गरेको खयरका काठ स्थानीय आमा समुहले रोकेको छ ।
अवैधरुपमा खयर कटनी गरेर लैजादै गर्दा बुधबार राती स्थानीय कुन्तादेवी आमा समुहले रोकेको हो । राती करीब ८ बजे ट्याक्टरमा हालेर जैजादै गरेको खयरका काठ जफत गरिएको आमा समुहका अध्यक्ष सुमित्रा दाहालले जानकारी दिनुभयो । ‘हाम्रो सामुदायिक वनमा खयर काटिएको छ भन्ने सुनेका थियौँ । बुधबार राती खानेपानी जोड्न आमा समुह भित्रकै सदस्यहरु लोक माया दाहाल, सुमित्रा दाहाल, दिलकुमारी भुजेल र म गएका थियौँ । अध्यक्ष दाहालले भन्नुभयो, सोही समयमा ट्याक्टरले खयर लिएर आउदै गरेको देखेपछि रोकेका हौँ । त्यसपछि सबै तिर हल्ला भयो, स्थानीय सबै आउनुभयो ।’
प्रहरीले थाहा पाए भने समस्या हुने भ...









