हाजिरजवाफमा प्रथम हुँदै सरस्वती मावि र बुलापन्थे माविले पाए ५०/५० हजार पुरस्कार
खोटाङ, चैत ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अन्तर माध्यमिक विद्यालय र आधारभुत विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता गराएको छ । विद्यार्थीहरुको अन्तरनिहित क्षमता अभिवृद्धिका लागि नगरपालिकाले हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
सुरुमा नगरपालिका भित्रका ११ वटै वडामा कक्षा १–५ सम्मका विद्यार्थीहरुको अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता गरिएको थियो । जसमा वडाका विजेता विद्यालयहरु बीच शुक्रबार दुर्छिम माध्यमिक विद्यालयमा नगरपालिकाले हाजिरजवाफ गराएको थियो । कक्षा १–५ सम्मका विद्यार्थीहरुको हाजिरजवाफमा बुलापन्थे मावि धितुङ प्रथम हुँदा जगदम्बा आवि महादेवस्थान दोस्रो र जनता मावि सल्ले तेस्रो भएका छन् ।
यस्तै, नगरपालिका भित्रका १२ वटै माध्यमिक विद्यालयका कक्षा ६–१० सम्मका विद्यार्थीहरु बीच भएको हाजिरजवाफमा सरस्वती मावि अर्खौले प्रथम, महेन्द्रदोय मावि महादेवस्थान दोस्रो र बुलाप...








