Tuesday, April 21News That Matters

Banner News 3

खोटाङमा एमालेले ११ ठाउँमा चुनावीसभा गर्ने (तालिका सहित)

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १३ । खोटाङमा नेकपा एमालेले कात्तिक १९ गतेबाट चुनावीसभ गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेद्वारहरुको संयुक्त चुनावी सभा जिल्लाका दश वटै स्थानीय तहमा गर्नेगरी १९ गतेबाट सुरु गर्न लागिएको एमालेले जनाएको छ । कात्तिक १९ गते ऐँसेलुखर्क बजारबाट सुरु भएको एमालेको चुनावीसभा मंसिर १ गते बराहपोखरी गाउँपालिकाको धर्तुङमा गएर टुंगिने एमाले सचिव कुमार आचार्यले जानकारी दिनुभयो । कात्तिक २० गते रावाबेसीको हरमटार, २३ गते केपिलासगढीको बाक्सीला, २४ गते दिप्रुङ चुईचुम्माको पञ्चमी बजार, २५ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपास्थित पञ्चदोबाटो, २६ गते साकेलाको मानेभञ्ज्याङ, २७ गते दिक्तेल बजार, २८ गते जन्तेढुंगाको चिसापानी बजार, २९ गते हलेसी बजार, ३० गते खोटेहाङको इन्द्रेणीपोखरीमा चुनावी सभा गरिने सचिव आचार्यले बताउनुभयो । एमालेकोतर्फबाट प्रतिनिधिसभामा पोलिटब्युरो सदस्य विशा...
विद्यालयमा ७ जना विद्यार्थी, २४ जनाको नाममा दिवा खाजा र किताब खरिदको रकम

विद्यालयमा ७ जना विद्यार्थी, २४ जनाको नाममा दिवा खाजा र किताब खरिदको रकम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ५ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जलन्धारा प्राथमिक विद्यालयले विद्यार्थीको गलत डाटा नगरपालिकामा पठाउने गरेको पाइएको छ । विद्यालयमा जम्मा ७ जना विद्यार्थी रहेका छन् । तर विद्यालयले आइएमइएस डाटामा २४ जना भरेर पठाएको पाइएको हो । नगरपालिकाका मेयर विमला राई, उप–मेयर रमेश कुमार राउत, शिक्षा शाखा संयोजक पदम बहादुर कार्की लगायतको टोली शुक्रबार विद्यालयको अनुगमन गर्न जादा यस्तो पाइएको मेयर राईले बताउनुभयो । स्थानीय अभिभावकका अनुसार विद्यालयमा ७ जना विद्यार्थीले मात्र नाम दर्ता गराएका छन् । शुक्रबार भने तीन जना मात्र विद्यार्थी विद्यालयमा आएका थिए । विद्यालयमा नाम दर्ता नै नगराएका नक्कली विद्यार्थीको नाम लेखेर शिक्षकले हाजिरीसमेत गर्नेगरेको देखिएको मेयर राईको भनाइ छ । विद्यालयले नगरपालिकामा पठाएको शैक्षिक सत्र २०७९/८० को आइएमइएस डाटामा २४ जना विद्यार्थी रहेको उल्लेख गरिए...
हिलेपानीमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा दुई जना घाइते

हिलेपानीमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा दुई जना घाइते

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, कात्तिक ५ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सर्लाहीबाट सोलुखुम्बु जादै गरेको प्रदेश१–०४–००१च००७५ नम्बरको गाडी दुर्घटना हुँदा चालक विशाल दनुवार र सह–चालक प्रविन पोखरेल घाइते भएका हुन् । घाइते दुवै जनाको ओखलढुंगा जिल्ला सदरमुकामस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार राती करीब ३ः३० बजेको समयमा गाडी अन्यन्त्रीत भएर दुर्घनटा भएको ट्राफिक प्रहरी मनोज खत्रीले बताउनुभयो । गाडी सडक भन्दा करीब ५० मिटर तल खसेको उहाँको भनाइ छ । करीब ४ सय वटा कुखुरा बोकेको गाडी सडक मुनी खस्दा आधा भन्दा धेरै कुखुरा मरेका छन् । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने सँगै रहेको अर्को गाडीको चालकको अनुमान छ ।...
एक वर्ष भित्रमा खानेपानी समस्याको अन्त्य हुन्छ : मेयर विमला राई (अन्तरवार्ता)

एक वर्ष भित्रमा खानेपानी समस्याको अन्त्य हुन्छ : मेयर विमला राई (अन्तरवार्ता)

Banner News 3, अन्तरवार्ता, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भइरहेको खानेपानीको समस्या एक वर्ष भित्रमा समाधान हुने मेयर विमला राईले बताउनुभएको छ । हाल नगरपालिकाका अधिकांश ठाउँमा खानेपानीको समस्या रहेको छ । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको सात वडामा खानेपानीको समस्या समाधान गर्न बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गरिएको छ । तर सम्झौता समय नाघिसक्दा पनि कामले पुर्णता पाएको छैन् । उक्त आयोजनाबाट तीन हजार ७५६ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ । हाल अलपत्र जस्तै बनिरहको खानेपानी योजना सम्पन्न गर्न मन्त्रलायदेखि सम्बन्धित सबै निकायमा कुरा गरिरहेको र एक वर्ष भित्र काम सम्पन्न हुने मेयर राईले बताउनुभयो । ‘नगरपालिका भित्र सञ्चालन भइरहेको बृहत् पम्पिङ खानेपानी आयोजनासँगै अन्य खानेपानी योजनाहरु पनि सञ्चालन भइरहेका छन् । त्यी सबै योजना चाडै सम्पन्न हुन्छ, त्यसपछि नगरपालिका...
महिलाको राजनीति प्रतिनिधित्वका लागि सञ्चारकर्मीको भूमिका विषयमा कार्यशाला गोष्ठी

महिलाको राजनीति प्रतिनिधित्वका लागि सञ्चारकर्मीको भूमिका विषयमा कार्यशाला गोष्ठी

Banner News 3, ताजा अपडेट, समाचार, समाज
कात्तिक, १ । महिलाको राजनीति प्रतिनिधित्वका लागि सञ्चारकर्मीको भूमिका विषयमा पाँच जिल्लाका पत्रकारसँग कार्यशाला गोष्ठी गरिएको छ । सोही विषयमा कार्य गरिरहेको दलित महिला केन्द्र नेपाल (cdwn) ले प्रदेश नम्बर एकका पाँच जिल्लाका पत्रकारसँग मंगलबार बिराटनगरको रत्न होटलमा गोष्टि गरेको हो । खोटाङ, ओखलढुंगा, मोरङ, सुनसरी र झापा गरी पाँच जिल्लामा (cdwn) ले महिलाहरुलाई राजनीतिमा निरन्तरता दिन र प्रतिनिधित्व गर्न भूमिका खेलिरहेको केन्द्रिय उपाध्यक्ष लक्ष्मी परियारले बताउनुभयो । पाँच जिल्लाको ३९ पालिकामा काम गरिरहेको संस्थाले सोही क्षेत्रका १५ जना पत्रकारसँग छलफल गरेको हो । कार्यक्रममा महिलालाई राजनीतिमा रहिरहन एवं नेतृत्व स्थानमा पुग्न सञ्चार माध्यमले कस्तो भूमिक खेल्न सकिन्छ भन्ने विषयमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले प्रस्तुति दिनुभयो । उपस्थित पत्रकारहरुले महिलाको राजनीति...

थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती भएको छ । सडकको बीचबाट बाहिर कटाएको ढल फुट्दा सवारी साधन वारपार गर्न र हिड्डुल गर्न समस्या भएको स्थानीयले बताएका छन् । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजाल बताउनुहुन्छ । ढल निर्माण गर्नेदेखि प्राविधिकसम्मको कम्जोरीको कारण निर्माण भएको २ वर्षमै ढल फुटेको स्थानीय राधिका आचार्यको आरोप छ । ढल निर्माण गर्दैगर्दा स्थानीयहरुको असन्तुष्टि रहेको पाइएको छ । धान, कोदो लगायतका उब्जा हुने ठाउँमा ढल कटाइदा स्थानीयले असन्तुष्टि जना...
खोटाङमा अरिङगालको टोकाइबाट एकको मृत्यु

खोटाङमा अरिङगालको टोकाइबाट एकको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २८ । अरिङगालको टोकाइबाट खोटाङमा एक युवकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २६ वर्षीय बिनोद ठटालको आज अरिङगालको टोकाइबाट मृत्यु भएको हो । आज बिहान ७ बजे बाटोमा हिड्ने क्रममा गोलाबाट निस्केको अरिङगालले टोक्दा उनको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उनीसगै हिड्दै गरेका सोही ठाउका २५ वर्षीया सर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सर्मिला भने उपचारपछि घर फर्केका छ्न, नैनसिंको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।...
जिल्ला अस्पताल : शल्यक्रिय मार्फत प्रसूति गराउन एक महिना पछि पुनः सुरु

जिल्ला अस्पताल : शल्यक्रिय मार्फत प्रसूति गराउन एक महिना पछि पुनः सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २७ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया मार्फत प्रसूति गराउन एक महिना पश्चात पुनः सुरु भएको छ । कर्मचारी बिरामी भएको भन्दै अस्पतालले भदौ २६ गते बन्द गरेको सेवा असोज २७ गते (आज) बाट पुनः सञ्चालनमा ल्याएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि उक्त सेवा बन्द गरिएको अस्पतालले जनाएको थियो । कर्मचारी अभावमा सेवा बन्द भएको सूचना अस्पतालले प्रकाशन गरेपनि आकस्मिक रुपमा आएका बिरामीहरुको उपचार गर्दै आएको अस्पतालका प्रमुख डक्टर नितु लामाले बताउनुभयो । आजबाट भने नियमित सेवा सुरु भएको उहाँको भनाइ छ ।...
खोटाङ : प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा ८/८ जना, प्रदेशसभा ‘ख’ मा ६ जना चुनाव भिड्दै

खोटाङ : प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा ८/८ जना, प्रदेशसभा ‘ख’ मा ६ जना चुनाव भिड्दै

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २६ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा खोटाङको ३ पदकालागि २२ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा ८/८ जना, प्रदेशसभा ‘ख’ मा ६ जना चुनावी मैदानमा उत्रिएका हुन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामवली अनुसार जिल्लामा २२ जना उम्मेद्वारहरु कायम रहेका हुन् । प्रतिनिधि सभामा ९ जनाको उम्मेद्वारी दर्ता भएकोमा पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सर्वधन राईले दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएसँगै ८ जनाको प्रतिस्पर्धा हुने भएको हो । जिल्लाबाट प्रतिनिधिसभामा गठबन्धनबाट (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’, नेकपा एमालेबाट विशाल भट्टराई, जनता समाजवादी पार्टी(जसपा)बाट डा. कृष्णकुमार राई ‘केके’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट भोजराज बस्नेत, मङ्गोल नेशनल अर्...
केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्दै

केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्दै

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २५ । खोटाङको केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश स्तरीय छनोटमा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीलाई पुरस्कृत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष समिर राईका अनुसार प्रदेश छनोटको विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार खेलाडीहरुको प्रोत्साहनका लागि कुनै खेलकुद कार्यक्रमको अवसर पारेर पुरस्कृत गरिने राईको भनाइ छ । प्रदेश स्तरीय छनोटमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका दिर्पा बस्नेतले एथलेटिक्स र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका मोहन राईले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकै नविन र्राइले किङ फाईटमा र महिला भलिबलमा केपिलासगढी गाउँपालिका–७ सुङदेलका शिखा कोयी राई, केपिलासगढी ग...