आसन्न निर्वाचनमा खोटाङबाट कसले बाजी मार्ला ? यस्तो छ पार्टीहरुको अवस्था
राजकुमार सरगम
खोटाङ, भदौ १५ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकीदै गर्दा केही नेता गाउँ पस्न थालेका छन् भने केही नेता सहर छिरेका छन् । चुनावको समयमा मात्र गाउँ आउनेहरु अहिले जनतालाई अनुहार देखाउन आइपुगेका छन् । गाउँमै बस्नेहरु टिकट आफ्नो पक्षमा पार्न ठुला नेता फकाउन सहर पसेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टी (एस)ले दुवै सभामा खोटाङबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारकालागि नाम सिफारिस गरिसकेको छ । तीन ठुला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले पनि उम्मेद्वारको नाम सिफारिस गर्ने तयारी गर्दै छ । केही समय अगाडि भएको स्थानीय तहको निर्वाचनले तताएको गाउँघर सेलाएको थियो । अहिले पुनः चोकमा, चिया पसलमा, चोतारोहरुमा निर्वाचनका कुराहरु हुन थालेका छन् । मानिसहरुको भेटघाट बाक्लीएको छ । राजनीतिक दलहरुले बैठक निरन्तर गरिरहेका छने भने मत आफ्नो पक्ष...









