दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन
खोटाङ, जेठ १६ । बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो ।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त अयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा उक्त आयोजना निर्माण गर्...









