जालपा लफडामा दलहरूको विज्ञप्तिबाजी : गठबन्धन भन्छ टंक राई कुटिए, एमाले भन्छ पूर्ण राई
खोटाङ, जेठ १२ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा बुधबार राति भएको आक्रमणको घटनामा दलहरू विज्ञप्तिबाजीमा उत्रेका छन् । गठबन्धन दल र नेकपा एमालेले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको दोष एकअर्कालाई लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयु्क्त विज्ञप्ति जारी गरेर माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राईमाथि सांघातिक आक्रमण भएको बताइरहँदा एमालेले भने टंकसहितको संलग्नतामा एमाले जालपा वडा कमिटी सदस्य पूर्णबहादुर राईमाथि आक्रमण भएको दाबी गरेको छ ।
‘...केही अराजक उच्छृंखल व्यक्तिद्वारा गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएकोप्रति हामी घोर भत्र्सना एवं निन्दा गर्दछौँ,’ नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘...









