दुई पूर्व प्रअबीच वडाध्यक्षमा चुनावी प्रतिस्पर्धा
✍️पवन खड्का
खोटाङ, वैशाख २० । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको वराहपोखरी गाउँपालिका–१ को वडाध्यक्षमा दुई जना पूर्व प्रधानाध्यापकहरू चुनावी मैदानमा छन् । साविकको वडा नं.–५, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयका पूर्व प्रअ ढकबहादुर कार्की र साविकको वडा नं.–४, वालिङटार, पोखरीस्थित शंखेश्वरी माध्यमिक विद्यालयका पूर्व प्रअ शिवकुमार श्रेष्ठबीच वडाध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो । कार्कीलाई नेपाली कांग्रेस र श्रेष्ठलाई नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार उठाएको हो ।
२७ वर्ष शिक्षण पेशामा आबद्ध रही अवकाशको समय नजिकिँदै गर्दा प्रअबाट राजीनामा दिएर २०७४ सालको स्थानीय तह निर्वाचनबाट राजनीतिमा प्रवेश गर्नुभएका कार्की यस क्षेत्रका परिचित व्यवसायी पनि हुनुहुन्छ । नेपाली कांग्रेसबाटै गत निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहनुभएका कार्की नेकपा एमालेका टंककुमार मगरसँग ९३ मतल...









