Saturday, April 18News That Matters

Banner News 3

रावाबेसी गाउँपालिका : नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्याको अन्त्य

रावाबेसी गाउँपालिका : नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्याको अन्त्य

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
  राजकुमार भट्टराई(सरगम) खोटाङ, चैत १० । खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रका नागरिकको नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्या अन्त्य भएको छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमको दुई वटा टावर सञ्चालनमा आएसँगै सो क्षेत्रका नागरिकको समस्या अन्त्य भएको हो । खार्पा र दुबेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘आकाशको फल आँखा तरी मर’ भन्ने नेपाली उखान जस्तै भएको स्थानीय बताउँछन् । टेलिकमले ढिला गरी टावर सञ्चालनमा ल्याएपनि अहिले गाउँपालिकावासीको मुहारमा खुशी छाएको छ । गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गर्दा लामो प्रतिक्षा पश्चात टावर सञ्चालनमा आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । छ वटा वडा रहको गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रका नागरिक यसअघि मोबाइलम...
एमालेले निरंकुश गतिविधि गरेको भन्दै गठबन्धन दलद्वारा जन्तेढुंगा गाउँपालिकामा भोलि बन्द आह्वान

एमालेले निरंकुश गतिविधि गरेको भन्दै गठबन्धन दलद्वारा जन्तेढुंगा गाउँपालिकामा भोलि बन्द आह्वान

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत १० । गठबन्धन आबद्ध दलले भोलि खोटाङको जन्तेढुंगा गाउँपालिकामा बन्द आह्वान गरेका छन् । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले निरङ्कुश गतिविधि गरेको भन्दै गठबन्धन आबद्ध दलले संयुक्त विज्ञप्ति जारी गर्दै बन्द आह्वान गरेका हुन् । नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले २०७४ सालको स्थानीय तह निर्वाचनबाट गाउँपालिकामा बनेको एमाले सरकारले नयाँ ढंगको निर्वाचित निरंकुशता प्रदर्शन गरेकाले त्यसविरुद्ध भोलि बिहान १० बजे चिसापनी बजारमा विरोध प्रदर्शन गर्न लागिएको बताउनुभयो । उक्त सरकारले पाँच वर्षको अवधिमा इतर पार्टीका सामान्य मतदाता समेतलाई साधारण मजदुरीदेखि हरेक सेवा सुविधाबाट वञ्चित गराएको आरोप गठबन्धन दलले लगाएका छन् । आफ्नो दल आबद्धलाई मात्र उपभोक्ता समितिमा राखेर कमिसन माग्ने करारका कर्मचारी मार्फत घुसखोरी गरी चरम भ्रष्टचार गर्ने, जनतामा त्रास फैलाउने, स...
दिक्तेल रुपाकोट मझुवागढीका आठ वटा माविमा बाल क्लब गठन

दिक्तेल रुपाकोट मझुवागढीका आठ वटा माविमा बाल क्लब गठन

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ वटा माध्यमिक विद्यालयमा विद्यालयस्तरीय बाल क्लब गठन गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका समस्या विद्यार्थी आफैँले पहिचान र समाधान गर्न सकून् भन्ने उद्देश्यसहित नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा बाल क्लब गठन गरिएको हो । चैत ६ गतेबाट सुरु भएको क्लब गठन अभियान अन्तर्गत हालसम्म नगरपालिकाको १५ मध्ये ७ वटा वडाका माध्यमिक विद्यालयमा क्लब गठन सम्पन्न भएको नगरस्तरीय युवा सञ्जालका अध्यक्ष घनश्याम ढकालले जानकारी दिनुभयो । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ नारासहित सञ्चालन भइरहेको बाल क्लब गठन अभिायनको नेतृत्व ढकालले नै गरिरहनुभएको छ । नगरपालिकामा रहेका २१ वटा माध्यमिक विद्यालयमध्ये हालसम्म आठ वटा विद्यालयमा विद्यालयस्तरीय क्लब गठन भइसेकेको हो । नगरपालिकाभिरका माध्यमिक विद्यालयमा बाल क्लब गठन गर्ने वार...
खोटाङका राजनीतिक दल निर्वाचन केन्द्रित, नेताहरु नागरिकका घरआँगनमा

खोटाङका राजनीतिक दल निर्वाचन केन्द्रित, नेताहरु नागरिकका घरआँगनमा

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, चैत ९ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने निश्चित भएसँगै खोटाङका राजनीतिक दलहरु निर्वाचन केन्द्रित भएका छन् । निर्वाचन आफ्नो पक्षमा पार्नका लागि केन्द्रिय स्तरका नेताहरु जिल्लामा ल्याउनेदेखि राजनीतिक दलहरु गाउँ केन्द्रितमा सक्रिय भएका हुन् । कांग्रेसले देशैभर संगठन सुदृढीकरण अभियान चलाइरहेको छ । जसअन्तरगत कांग्रेसले खोटाङमा टोल समिति गठनलाई तिव्रता दिदै जिल्लाका नेता कार्यकर्ता गाउँ केन्द्रित भएका छन् । स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेससँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) लगायतका पार्टीका नेता कार्यकर्ता पनि गाउँ टोलमा भेटिन थालेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबाट प्रदेश एकका मन्त्री भएका रामकुमार राई र राजन राई नेता कार्यकर्तासँग गाउँमा देखिन्छन । नेपाल सरकारका प्रधानमन्त्री समेत रहनु भएका नेप...
जनताको सुरक्षा गर्न प्रहरी बनेकी खोटाङकी उर्मिला ‘जनता’बाटै मारिइन्

जनताको सुरक्षा गर्न प्रहरी बनेकी खोटाङकी उर्मिला ‘जनता’बाटै मारिइन्

Banner News 3, ताजा अपडेट, समाज
चैत ७ । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् । २६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् । तर उनी जसको सेवा गर्छु र जसलाई शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बनेकी थिइन्, उनीहरुकै आवेगबाट मारिइन् । घर परिवार आफन्त र साथीसंगीका आँखा चिसो बनाउँदै उनी सदाका लागि अस्ताइन् । प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत श्रेष्ठ मोरङको लेटाङ–५ मा भएको झडपमा परेर मारिइन् । होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो । विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि ...
खोटाङमा पनि म्यादी प्रहरी भर्ना थालियो, ११ सय ४७ जना छनोट हुने

खोटाङमा पनि म्यादी प्रहरी भर्ना थालियो, ११ सय ४७ जना छनोट हुने

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा पनि म्यादी प्रहरी भर्ना प्रक्रिया थालिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले आजदेखि म्यादी प्रहरीका लागि आवेदन लिन सुरु गरेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर शाहका अनुसार आजदेखि चैत ११ गतेसम्म आवेदन लिइनेछ । आवेदन खुलेको पहिलो दिन नै आवेदन दिनेको भीड लागेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त, सामान्य लेखपढ गर्न जान्ने नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा १ प्रति नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र ५ प्रति पासपोर्ट साइजको फोटो पनि पेश गर्नुपर्ने प्रहरी निरीक्षक शाहले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मी, नेपाल...
खोटाङ : ५ सय सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन

खोटाङ : ५ सय सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन

Banner News 3, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले फागुन महिनमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरिएका ५ सय वटा सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीका अनुसार उक्त महिना सबैभन्दा बढी १ सय ९२ वटा मोटसाइकल कारबाहीमा परेका छन् । यस्तै कार–जीप–भ्यान १ सय ७२, टयाक्टर ६८, ट्रक ४६, बस १०, अटो–टेम्पो ८ र टिप्पर ४ वटालाई कारबाही गरिएको छ । मादक पदार्थ सेवन गरी चलाइएका ४, बिना लाइसेन्सका ६९, साथमा कागजात नबाकेका २ सय ८८, लापरबाही गरी चलाइएका १ सय ३६ र बिना रुट अनुमति चलाइएका ३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी इन्चार्ज खत्रीले जानकारी दिनुभयो । ती सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।...
१५ दिनमा हलेसी मन्दिरको आम्दानी ४ लाख ४३ हजार

१५ दिनमा हलेसी मन्दिरको आम्दानी ४ लाख ४३ हजार

Banner News 3, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १५ दिनको अवधिमा ४ लाख ४३ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको छ । फागुन १६ देखि ३० गतेसम्मको अवधिमा उक्त रकमको भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार उक्त अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ३ लाख ३३ हजार ३ सय ५०, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४१ हजार ६ सय ५, बसाहाथान दान पेटिकाबाट ५० हजार ९ सय ७५ र गणेश मन्दिरको दान पेटिकाबाट १३ हजार ३ सय आम्दानी भएको छ । यस्तै ढ्याक्के सटहीबाट ४ हजार रुपैयाँ जम्मा भएको सूचना केन्द्रले जनाएको छ । आम्दानीको रकमबाट बिजुली, पानी, शिवरात्री मेला व्यवस्थापनमा खटाइएका अस्थायी कर्मचारीको तलब भत्ता, शिव–पार्वती थानमा गहना पहि-याउँदा, नौमती बाजा बजाएको पारिश्रमिक, शान्ति सुरक्षा खर्च, भेटी ...
शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत ५ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुर स्थित शारदा माध्यमिक विद्यालयलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त भएको छ । रु २ लाख २५ हजार मूल्य बराबरको विद्यालयमा प्रयोग हुने डेस्क बेन्च लगायत अन्य फर्निचर निशुल्क प्राप्त भएको प्रधानाध्यापक हर्कबहादुर कार्कीले जानकारी दिनुभयो । रावाबेसी गाउँपालिकामा जन्मिएर हाल राजधानी काठमाडौमा रहनु भएका जीवन पोखरेल, मणि नेपाल र नरेश न्यौपानेले संयुक्त रुपमा सो सामाग्री निशुल्क विद्यालयलाई प्रदान गर्नुभएको हो । तीन जनाले विद्यालयलाई प्रदान गर्नुभएको फर्निचर सामुदायिक सिकाइ केन्द्र हौंचुरले निशुल्क ढुवानी गरिदिएको प्रधानाध्यापक कार्कीले बताउनुभयो ।...
छापडाँडास्थित किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति

छापडाँडास्थित किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ०३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, छापडाँडास्थित एक किराना पसलमा आगलागी भएको छ । बिहिबार बिहानको राति २ बजेतिर स्थानीय ३५ वर्षकी सरिता राउतको किराना पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । आगलागीबाट जस्ता र काठले बनेको एक तल्ले पसलसहित पसलभित्रका सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय हलेसीबाट परिचालित प्रहरी टोली र स्थानीयको सक्रियतामा बिहानको राति २ः४५ बजे पूर्ण रूपमा आगो निभाइएको छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।...