कोरोना नियन्त्रणका लागि पत्रकारसँग समन्वय गर्न सम्बद्ध निकायलाई महासंघको अपिल
खोटाङ, माघ ६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पत्रकारसँग आपसमा समन्वय गर्न जिल्लाका सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूर्ण रूपमा पालना गर्न गराउनको लागि सञ्चार माध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने वातावरण निर्माणका लागि महासंघले आग्रह गरेको हो । पत्रकार महासंघका जिल्ला अध्यक्ष दीलिप खत्रीले आज एक अपिल जारी गर्दै साझा प्रयासबाट मात्रा कोरोना नियन्त्रण सम्भव रहेकाले सबै पक्षलाई पत्रकारसँग सहकार्य र समन्वय गर्न आग्रह गर्नुभएको हो ।
जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, सर्वसाधारण लगायतमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने वातावरण निर्माण गर्न उहाँको आग्रह छ । महामारीको यस कठिन परिस्थितम...









